Main Menu

Sunday, May 20th, 2018

 

नेकपा केसमा तत्कालीन एमालेबाट ४२ जना टुङ्गो

जेठ ६, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य हुनुहुन्छ । त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी(नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँपूरा पढ्नुहोस्


बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

जेठ ६, चितवन कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आज बिहानदेखि रगतको नमूनासमेत लिन शुरु गरेको छ । मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण देखिएको छैन भन्दै उहाँले सर्नसक्ने भएकाले उच्च सतर्कताका लागि आग्रह गरिएको बताउनुभयो । बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ । प्राविधिक टोलीलेपूरा पढ्नुहोस्


साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

जेठ ६, पोखरा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो । वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदैपूरा पढ्नुहोस्


प्याराग्लाइडिङका लागि पहल

जेठ ६, मंगलबारे, इलाम पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आउनुभएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो । पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका १० वटै स्थानीय तहबाट प्याराग्लाइडिङका लागि जोड दिन पहल भइरहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसायी रहनुभएकी राईको पहलमा इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट यसको परीक्षण उडान गरिएको छ । प्याराग्लाइडिङको सम्भाव्यताबारे जनप्रतिनिधि, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सञ्चारकर्मीसँग उहाँले छलफलसमेत गर्नुभएको छ । आठदेखि ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ गर्न सकिन्छ । यसका लागि हावाको तेज बहाव चाहिन्छपूरा पढ्नुहोस्


ग्रामीण क्षेत्रको यातायातमा कठिनाइ

जेठ ६, ताप्लेजुङ गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट झण्डै सय मिटर तल झरेको थियो । अघि–अघि गुडिरहेको ट्र्याक्टर पनि सो ट्रकको ठक्करबाट एकै समयमा पल्टिन पुग्यो । “बर्षाकै कारण कच्ची सडक हिलाम्मे भएर गाडी पल्टियो, गाडी किन्दैको ऋण तिरिसक्या छैन, अहिले लाखौँ खर्चिएर मर्मत गरिरहेको छु, सायद बाटो राम्रो भएको भए यो हालत हुने थिएन”, ट्रक धनी आम्बेगुदिनका खगेन्द्र कुवँरले भन्नुभयो । बर्षाभर जिल्लाको ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएर साँघुरो र हिलाम्मे हुने भएकाले बर्षेनी सवारीपूरा पढ्नुहोस्


स्वास्थ्य भक्तपुर अभियान शुरु

जेठ ६, नगरकोट रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो । स्वस्थ रहनका लागि हरेक मानिसले वर्षमा एक पटक कम्तीमा स्वास्थ्य जाँच गराउनुपर्नेमा समस्या भएपछि मात्रै गराउने प्रचलन रहेकाले आफ्नो स्वास्थ्यका बारेमा हरेक मानिस सजग रहनुपर्छ भन्ने चेतना जगाउनका लागि स्वस्थ भक्तपुर अभियान शुरु गरिएको बताउनुभयो । एक महिनासम्म चल्ने अभियानअन्तर्गत चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र चाँगुनारायण – ४ मा इवामुरा अस्पतालको सहयोगमा, सूर्यविनायक – ७पूरा पढ्नुहोस्


विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

जेठ ६, गाईघाट, उदयपुर केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ । पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाध्यमिक विद्यालयमा यस वर्षको नयाँ शैक्षिकसत्रमा अंग्रेजी माध्यममा भर्ना हुने विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना कार्य बन्द गर्नु परेको छ । विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिकसत्रमा वैशाख महिनाभित्र झण्डै एक हजार विद्यार्थीले अंग्रेजी माध्यममा विभिन्नपूरा पढ्नुहोस्