Main Menu

Monday, May 7th, 2018

 

पार्टीको नाममा व्यक्ति : होच्याउने र दङ्ग पर्ने प्रवृत्ति

माओवादी पार्टी एमालेमा विलय हुन जाँदै गरेको अहिलेको अवस्थामा नेपालमा कम्युनिस्ट आन्दोलन नै त विसर्जन हुँदैछैन भन्ने संशय भइरहेको बेला मार्क्सवादका जन्मदाता दुईमध्ये एक कार्ल मार्क्सको द्वीशताव्दीऔं जन्मदिनको अवसर पारी नयाँ ढङ्गको कम्युनिस्ट आन्दोलन सुरु गर्ने उद्घोष गर्दै गत मे ५ मा एक नयाँ कम्युनिस्ट सङ्गठन जन्म भएको छ– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल । माओवादी केन्द्रभित्र लामो समयदेखि आन्तरिक रुपमा बैचारिक तथा साँस्कृतिक सङ्घर्ष चलाउँदै आएका युवा नेताहरु आहुती, जागृत रायमाझी र बलराम तिमल्सिनालगायतकाहरु, क्रान्तिकारी माओवादीका बिदुर खरेललगायतकाहरु, एमालेकी धनकुमारी सुनारलगायतकाहरु र अन्यमा माले पार्टीकाहरु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी पार्टीबाट फुटेर बनाइएको) काहरु र पार्टीगत रुपमा स्वतन्त्र बस्दै आएकापूरा पढ्नुहोस्


न्यूनतम पारिश्रमिक कार्यान्वयनमा पत्रकारको जोड

वैशाख २४, पोखरा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विषयमा आइतबार यहाँ आयोजित अन्तक्र्रियामा न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सञ्चारगृहको अनुगमन आवश्यक भएकोमा जोड दिइएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिद्वारा आयोजित अन्तक्र्रियामा वक्ताले अझै पनि कतिपय सञ्चारमाध्यममा पत्रकारले न्यूनतम पारिश्रमिक पनि प्राप्त गर्न नसकेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सरकारले निर्धारण गरेअनुसार न्यूनतम पारिश्रमिकबाट कोही पनि पत्रकार वञ्चित हुन नहुनेमा जोड दिँदै पत्रकारको श्रम शोषण हुनबाट रोक्नुपर्ने धारणा राखे। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउन सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आउनु अपरिहार्यपूरा पढ्नुहोस्


सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो

वैशाख २४, सल्लेरी, सोलुखुम्बु सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताए । आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन् । मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म छ हजार माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांशपूरा पढ्नुहोस्