Main Menu

Monday, May 14th, 2018

 

तोली स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र सिटामोलसमेत छैन

वैशाख ३१, बाजुरा बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ । स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन् । सात जनाको दरबन्दी रहेको हाल स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत हुनुहुन्छ । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले जानकारी दिनुभयो । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिका केन्द्रको १० मिनेटको दूरीमा छ । स्वास्थ्यकर्मी नहुँदा उपचारसहित प्रसुति सेवासमेत प्रभावित भएकोे छ । बिहान बेलुका एकैजनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमापूरा पढ्नुहोस्


प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी नेकपा समूहले आफ्ना कार्यकर्ता छुटायो

वैशाख ३१, त्रिपुराकोट, डोल्पा नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो । आज बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा उक्त दलका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रजपूरा पढ्नुहोस्


विश्वग्राम

आज पनि इन्डोनेसियामा आतंककारी हमला

वैशाख ३१, सुराबिया, इन्डोनेसिया इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीनवटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चारजनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । तर, सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन् । विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइतेपूरा पढ्नुहोस्


सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदा सार्वजनिक गर्ने

वैशाख ३१, काठमाण्डौं नेपाल सरकार, शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठक सम्पन्न भएको छ । शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको बैठकमा बिद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौंदामाथि बृहत छलफल भएको थियो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदका सदस्यहरुको सहभागिता रहेको सो बैठकले परिषदका सदस्यहरुबाट प्राप्त सुझावलाई समेटेर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदालाई थप परिस्कृत गरी सम्बन्धित सबै सरोकारवालाको राय सुझावको लागि सार्वजनिक गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको संविधानको मर्म, संघीय शासन व्यवस्था अनुसार पाठ्यक्रमको विकासपूरा पढ्नुहोस्