Main Menu

Monday, May 21st, 2018

 

विज्ञान

विज्ञान चिन्तनका वैज्ञानिक स्टेफेन हकिङ

शिर्षक पढ्दा कसैलाई अचम्म लाग्ला । सबै वैज्ञानिक विज्ञान चिन्तनका त हुन्छन् नै हकिङको सन्दर्भमा नै त्यस्तो किन भनिएको होला भन्ने कसैलाई लाग्ला । यस्तो लाग्नु स्वभाविक छ । तर, यथार्थ सुन्ने हो भने अर्को अचम्म लाग्ने कुरो पनि छ, त्यो हो कैयौं वैज्ञानिकहरु विज्ञान सम्मतभन्दा पनि मान्यतामा आधारित भएर चिन्तन गर्ने गर्छन् । अमेरिकाको एउटा नामी विश्वविद्यालयबाट विद्यावारिधि गरेका एक नेपाली वैज्ञानिकले मलाई एउटा घटना सुनाए । उनी भन्छन्, ‘एक अमेरिकी बायोफिजिसिस्टले डार्विनको विकासवादी सिद्धान्तलाई कहिल्यै नमान्ने बताए, किनकि विकासवादी सिद्धान्त बाइबलको मान्यताविरोधी छ’ । उनले अर्काे रमाइलो कुरा पनि सुनाए कि बेलायत त डेमोक्रेटिक मुलुक हो र त्यहाँपूरा पढ्नुहोस्


श्रीलङ्कामा भारी वर्षा र हुरीका कारण पाँचको मृत्यु सात वेपत्ता

जेठ ७, कोलोम्बो, श्रीलङ्का श्रीलङ्कामा विशाल हुरीसँगै आएको भारी वर्षाका कारण पछिल्ला दुई दिनमा कम्तीका पाँच जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका यहाँको विपद् व्यवस्थापन केन्द्रले सोमबार अद्यावधिक गरेको विवरणमा जनाइएको छ । वर्षाका कारण पूर्वी त्रिन्कोमाली जिल्लामा पाँच जनाले ज्यान गुमाएको केन्द्रले पुष्टि गरेको छ । आँधीका कारण कम्तीमा नौ हजार नागरिक प्रभावित भएका छन् भने मौसम विज्ञान विभागको आगामी दिनमा थप वर्षा हुने चेतावनीपछि सयौँ परिवारलाई उनीहरूको घरबाट सुरक्षितस्थलतर्फ जान निर्देशन दिइएको छ । विभागका प्रवक्ता प्रदीप कोदिप्पिलीका अनुसार श्रीलङ्काका पाँच प्रमुख नदीहरूको प्रवाह खतराको विन्दूभन्दा माथि पुगेपछि नदी किनारामा भएका वस्तीका नागरिकलाई सुरक्षित उच्च तहमापूरा पढ्नुहोस्


फेवा–रारा अभियान सम्पन्न

जेठ ७, पोखरा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको आयोजनामा पोखराको पर्यटकीयस्थल फेवाताल र मुगुस्थित नेपालकै सबैभन्दा ठूलो रारा ताललाई पर्यटकीय रुपमा जोड्ने अभियानका साथ फेवा–रारा अभियान सम्पन्न भएको छ । फेवा र रारातालबीचको पर्यटकीय साझेदारीमा सहयोग पुर्याउने उद्देश्यका साथ गत वैशाख ३१ गतेदेखि यही जेठ ६ गतेसम्म अभियान सञ्चालन गरिएको महासंघका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघ नेतृत्वको टोलीले फेवा र रारा तालमा भएका गतिविधिका साथै रारा फेवाको यात्रामा पर्यटकलाई आइपर्ने कठिनाइसमेतलाई स्थलगत रुपमा अध्ययन अवलोकन गरेको छ । अभियानबाट नेपालले उपलब्ध प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गरेमा आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने स्पष्ट आधार प्राप्त भएकोपूरा पढ्नुहोस्


खाद्य सुरक्षाका लागि रु एक अर्बको सम्झौता

जेठ ७, काठमाडौँ वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बीच जलवायु परिवर्तनका असरबाट जोखिममा परेका समुदायको खाद्य सुरक्षा र कृषिका लागि आयोजना सम्झौतामा आज हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट सहसचिव डा रामप्रसाद लम्साल र डब्लुएफपीका देशीय प्रतिनिधि पिप्पा ब्राडफोर्डले हस्ताक्षर गर्नुभयो । चार वर्षमा सम्पन्न हुने उक्त आयोजना मुगु, कालीकोट र जुम्लाका सात गाउँपालिकामा लागू हुने र झण्डै रु एक अर्ब खर्च गरिनेछ । सो अवसरमा वनमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका विद्यमान स्रोतसाधनको बहुआयामिक परिचालन र उपयोगबाट खाद्य संकट समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले साझेदार संस्थालाई सम्बन्धित समुदायसमक्ष प्रभावकारी रुपमा कार्यक्रम लैजान सुझाव दिँदैपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

जेठ ७, काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ । मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो । विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा सेवाको शुभारम्भ भएको घोषणा गर्दै एयर ट्राफिक व्यवस्थापनमा गम्भीर भएर काम गर्न सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो । “हाम्रो उद्देश्य विमानस्थल २१ घण्टा हुँदै २४ घण्टा सञ्चालन गर्ने हो, हाललाई २१ घण्टा पूर्णरुपमा सञ्चाल हुनुपर्छ, उड्डयन सेवालाई चुस्त र प्रभावकारी तुल्याउन सबै निकाय सकारात्मक र समन्वयात्मक ढंगले परिणाम निक्लनेगरीपूरा पढ्नुहोस्


दुई कोरियाबीचका बैठकहरु ठप्प, सैन्य अभ्यासको अन्त्य नभएसम्म बैठकमा नबस्ने उत्तर कोरियाको अडान

जेठ ७, सोल उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले दक्षिण कोरियालाई सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न विगतदेखि नै आग्रह गरिरहेको छ । तर सो सैन्य अभ्यास जारी रहेको छ । यही मे १६ मा दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो । त्यसपछि अर्काे बैठककापूरा पढ्नुहोस्


भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

जेठ ७, कानपुर, भारत उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बतइएको छ । बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ । हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्येपूरा पढ्नुहोस्


चट्याङ लागेर १२ जनाको मृत्यु

जेठ ७, किगाली, रुवाण्डा रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ । दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन् । सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार जानकारी दिएका छन् । आइतबार बिहान ८ बजेतिर ४५ उक्त खेतमा कार्यरत कैयौँ किसानलाई चट्याङ लागेको थियो । आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको बताइएको छ । उक्त स्थानमा गत महिनामात्र पनि चट्याङमा परी कैयौँको ज्यान गएको थियो । सो स्थानमा गतवर्ष पनि यसरी चट्याङ लागेर केही मानिसकोपूरा पढ्नुहोस्


राष्ट्रिय हित प्रवद्र्धनः विदेश नीतिको लक्ष्य

जेठ ७, काठमाडौँ सरकारले देशको वैदेशिक नीति राष्ट्रिय हित संरक्षण र प्रवद्र्धनमा केन्द्रित रहने स्पष्ट गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वैदेशिक नीति पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व एवं राष्ट्रिय हित र न्यायमा आधारित हुने बताउनुभयो । विदेशस्थित नेपाली नियोगलाई राष्ट्रिय हित, पर्यटन विकास, निर्यात र लगानी प्रवद्र्धनका लागि क्रियाशील तुल्याइने बताउँदै उहाँले सरकारले विश्वका विभिन्न देशमा रहेका नेपाली नियोगको आवश्यकता, औचित्य र प्रभावकारिताको पुनरवलोकन पनि गर्ने जानकारी दिनुभयो । संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाइने तथा संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्कोपूरा पढ्नुहोस्


पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने

जेठ ७, काठमाडौँ सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५\७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गर्नुभयो । आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने र दिगो विकासको लक्ष्य पूरा गरिने उल्लेख गर्दै उहाँले कृषि, ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकका रुपमा अगाडि बढाइने बताउनुभयो । सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारका रुपमा विकास गरिने, प्रमुख शहरलाई हरित शहरमा विकास गरिर्ने, जैविक विविधताको संरक्षण तथापूरा पढ्नुहोस्