Main Menu

Tuesday, May 22nd, 2018

 

विकासका निम्ति सुशासन अपरिहार्य छ-गृहमन्त्री थापा

जेठ ८, सुर्खेत गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक विकासका निम्ति सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आइपुग्नुभएका गृहमन्त्री थापाले पत्रकारहरुसँगको भेटघाटमा यो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा प्रभाव पर्नेगरी विभिन्न क्षेत्रमा सिण्डिकेट (एकाधिकार) छ, सरकारले त्यसलाई तोड्ने अभियान बनाएको छ ।” उहाँले थप्नुभयो, “देशमा व्याप्त सबैखाले सिण्डिकेटको अन्त्य र सामाजिक अपराध नियन्त्रण नगरेसम्म मुलुकको विकास र समृद्धि असम्भव छ ।” सुशासनका निम्ति विकास, स्थायित्व र दिगो शान्ति आवश्यक रहेको उहाँको भनाइ थियो । एक फरक प्रसंगमा गृहमन्त्री थापाले एमाले र माओवादी केन्द्रबीचको एकता नेपालको इतिहासमापूरा पढ्नुहोस्


प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ – प्रधानमन्त्री

जेठ ८, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताउनुभएको छ । संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताउनुभयो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गर्नुभयो । परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग बहुमत प्राप्तपूरा पढ्नुहोस्


जगदीशपुर तालमा बेग्लै रौनक

जेठ ८, रुपन्देही पानीको सतह घटेको छ, पाहुना चराको चाप निकै कम छ तर पनि जगदीशपुर तालमा आज बेग्लै रौनक देखिएको छ । स्थानीय भाषा, संस्कृति झल्काउने विभिन्न झाँकीले गुञ्जयमान भएको जगदीशपुर ताल र आसपासको क्षेत्रमा स्थानीयको उत्साहले २५ औँ अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको महत्वलाई बढाएको छ । प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कपिलवस्तु नगरपालिका– ९ स्थित निग्लीहवा, र जगदीशपुर तालमा आयोजना गरेको कार्यक्रममा बेग्लै रौनक देखिएको हो । सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले रामग्रामदेखि कपिलवस्तुको तिलौराकोटसम्म मनोरेलको अवधारणा अध्ययन गर्न चिनियाँ टोली इच्छुक भएको जानकारी दिँदै प्राचीन तिलौराकोट पर्यटकीय आर्कषणको केन्द्र बनाउन सकिन्छ भन्नुभयोपूरा पढ्नुहोस्


दक्षिण भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

जेठ ८, केरला, भारत दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो । मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्यु भएको छ भने दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।” विगत २४ घण्टामा निपाको सङ्क्रमण भएका कुनै नयाँ विरामी अस्पतालमा आएको जानकारी छैन, उहाँले भन्नुभयो । मङगलबार बिहान प्राणघातक निपा भाइरसको सङ्क्रमण भै कोझिकोडे मेडिकल कलेज अस्पतालमा उपचाररतपूरा पढ्नुहोस्


पाकिस्तानमा तातोहावाका कारण ६५ को मृत्यु

जेठ ८, इस्लामाबाद पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ । उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मङ्गलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडारुपमा तातो हावा चलेको छ । यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् ।पूरा पढ्नुहोस्


तीन वर्षपछि सञ्चालनमा हुनमानढोका दरबार संग्रहालय

जेठ ८, काठमाडौँ तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि नासलचोकमा रहेको संग्रहालय बन्द थियो । संग्रहालय रहेको भवन भूकम्पले पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक चीजबीज संग्रह गरिएको स्थल बन्द भएको हो । हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको पुरातत्व विभागले जनाएको छ । संग्रहालय रहेको भवन बन्न अझै तीन वर्षभन्दा बढी लाग्ने भएकाले दरबारको ढुकुटीमा अस्थायी रुपमा हेर्ने व्यवस्था मिलाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । नासल चोकको दक्षिणी र पश्चिमी लङ एवम् दाखचोकमा संग्रहालयपूरा पढ्नुहोस्


जनप्रतिनिधिहरुले कानूनी अध्ययन र जिम्मेवार हुनुपर्ने

जेठ ८, हेटौँडा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका जनप्रतिनिधिमा कानूनी ज्ञानको अभाव र भावनामा बढी छ भने निजामती कर्मचारीमा कानूनी अध्ययनमा बढी र भावनामा शून्य हुँदा स्थानीय तहमा सुशासन र विकास निर्माण कार्यमा अवरोध उत्पन्न हुने गरेको बताउनुभएको छ । आज हेटौँडामा आयोजित प्रदेश समन्वय परिषद् (बैठक) भेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पण्डितले स्थानीय जनप्रतिनिधि र निजामती कर्मचारीबीच सहकार्य गर्दै जनताको चाहनाअनुरुप दिगो विकासका लागि जिम्मेवार भएर कानूनको पालना गर्दा स्थानीय तहमा अनियमित कार्यलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयद्वारा आव २०७५\७६ का लागि ३पूरा पढ्नुहोस्


नेपाली पुस्तकमा अझै राखिएनन् शुद्ध शब्द

जेठ ८, काठमाडौँ नेपाल पज्ञा–प्रतिष्ठानले २०७३ चैतमै शुद्धीकरण गरेको नेपाली शब्द विद्यालयमा पढाइ हुने नेपाली विषयको पुस्तकमा सुधार भएको छैन । साना कक्षाका पुस्तकमा अशुद्ध शब्द राखिँदा बाल मनोविज्ञानमा यही सही हो भन्ने भान परेको छ । प्रकाशन गृहले विसं २०७३ अघिकै संस्करणका पुस्तक बेचिरहँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । ती पुस्तकमा शुद्धलाई ‘शुद्ध’ लेखिएको छ । यस्ता गल्ती पृष्ठैपिच्छे छन् । धेरै शब्द गल्ती लेखिएको छ । भाषा बचाऊ अभियानका अभियानकर्मी चुडामणि गौतम शैक्षिक सत्र २०७४ मै नयाँ संस्करण निकाल्न अनुरोध गरेको बताउनुहुन्छ । प्रकाशकले अर्बौँको लगानी डुब्छ भनेर अझै शब्द शुद्धीकरण नगरेको उहाँ सुनाउनुहुन्छ ।पूरा पढ्नुहोस्


चीनसँग शैक्षिक सहकार्यबारे छलफल

जेठ ८, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्बीच आज भएको भेटवार्तामा दुई देशबीच शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ । उहाँहरूबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समयसीमा र एकरुपता कायम गर्दै अगाडि बढ्ने योजना रहेको बताउनुभयो । विश्वविद्यालयहरूमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रवृत्ति, विद्यालय पुनःनिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनियाँ सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री पोखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमणबाट शिक्षा क्षेत्रकोपूरा पढ्नुहोस्


जनतासम्म गणतन्त्रको सकारात्मक सन्देश पुर्याउनुपर्छ -राज्यमन्त्री बास्कोटा

जेठ ८, काठमाडौँ सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा उहाँले जनतासम्म गणतन्त्रको महत्वको सकारात्मक सन्देश प्रवाह गर्ने ढंगले प्रचारप्रसारको तयारीको व्यवस्थापन मिलाउन मातहतका निकायलाई सुझाव दिनुभयो । विसं २०६५ जेठ १५ गते संसद्बाट नेपाललाई संघीय गणतन्त्र मुलुक घोषणा गरिएको थियो । राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो– “गणतन्त्र जनताको व्यवस्था हो, सरकारको होइन, परम्पराभन्दा अलि पृथक र सिर्जनशील ढंगले गणतन्त्र सम्बन्धी विषयवस्तु प्रस्तुत होस् ।” गणतन्त्रपछि समाजले गरेको उपलब्धि,पूरा पढ्नुहोस्