Main Menu

April, 2018

 

आज बुद्ध जयन्ती मुलुकभर मनाइँदै

वैशाख १७, काठमाडौं प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । आज वैशाख शुक्ल पूर्णिमाको दिन शान्तिका अग्रदुत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र निधनको दिन हो । संयोगै भएपनि तीनै महत्वपूर्ण घटना एउटै तिथिमा पर्नुलाई अर्थपूर्ण रुपमा लिने पनि गरिन्छ । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । छ वर्षको कठिन मेहनत (तपस्या)पछि ३५ वर्षका उमेरमा उनलाई इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व अर्थात् ज्ञान प्राप्ति भयोपूरा पढ्नुहोस्


बैतडीमा औलोको २९ जना बिरामी

१७ वैशाख, बैतडी प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ । पछिल्लो ३ वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन् । उनले भने “विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो ।” चालू आव ती क्षेत्रमा अहिलेसम्म २९ जना औलोका बिरामी फेला परिसकेका छन् । गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोपूरा पढ्नुहोस्


प्रधानमन्त्री ओली शान्ति र्यालीमा सहभागी

१७ वैशाख, लुम्बिनी प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन् । लुम्बिनीबाट शुरु भएको शान्ति र्यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए । र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए । त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए । आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री आज नै काठमाडौँ फर्कने कार्यक्रम छ ।


ओझेलमा परेको महभिर झरनामा पूर्वाधार निर्माण शुरु

१७ वैशाख, बाबियाचौर, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु. ५ लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु भएको छ । ८० वटा ग्यावियन भरेर पर्खाल लगाई २ मिटर गहिरो पोखरी बनाउने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सदस्य हेम गर्बुजाले बताए । पोखरी बनाएपछि झरना थप आकर्षक देखिने सदस्य गर्बुजाले बताए । आगामी वर्ष रेलिङ, पार्किङस्थल र प्रतिक्षालय निर्माण गर्ने योजना रहेको छ । झरनादेखि करीब ५० मिटरपूरा पढ्नुहोस्


आश्रम स्थापना

वैशाख १७, नवलपरासी पूर्वी नवलपरासीको कावासोतीमा अपांगता भएका व्यक्तिलाई लक्षित गरी आश्रम स्थापना गरिएको छ । देशका कुनै पनि ठाउँमा रहेका अपांगता भएका व्यक्तिले आश्रय लिन पाउने गरी कावासोती नगरपालिका–८ मा अपांगता आश्रम स्थापना गरिएको हो । मौलाकालिका अपांग सेवा संस्थाद्वारा सञ्चालित सो आश्रमबाट अपांगता भएका व्यक्तिलाई निकै सहजता हुने अपेक्षा गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार रोक्काले बताए । कूल ५० जना क्षमताको आश्रमबाट शिक्षा, स्वास्थ्य, खानेपानीलगायत अन्य आधारभूत सेवामा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य संस्थाको रहेको छ । दम्राइ खोलामा पक्की पुल पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ३ र ४ (सर्दी)मा अवस्थित दम्राइ खोलामा पक्की पुल निर्माण शुरुपूरा पढ्नुहोस्


वाह्य चक्रपथले नेवाः जाति विस्थापित हुने भय

वैशाख १७, कीर्तिपुर गत शनिवार वैशाख १५ गते कीर्तिपुरमा भएको एक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले अहिले निर्माणका लागि तयारी अवस्थामा रहेको वाह्य चक्रपथ नाम दिइएको काठमाडौंको दोश्रो चक्रपथले कहिँ उपत्यकाका आदिवासी नेवाः जातिलाई विस्थापित त गर्ने होइन भन्ने आशङ्का व्यक्त गरे । स्थानीय ‘किपू नगर मण्डप श्री कीर्ति विहार’ मा आयोजित सो अन्तर्क्रिया ‘नागरिक संवाद केन्द्र’ को आयोजनामा भएको थियो । उक्त अन्तर्क्रियामा वाह्य चक्रपथ निर्माणका लागि भनी काठमाडौं विकास प्राधिकरणले चाँडै नै जग्गा अधिग्रहण गर्न लागेको जानकारी दिँदै त्यस विषय स्थानीय नेवाः जातिको जीवन र अस्तित्वसँग सरोकारको विषय भएकोले अन्तर्क्रियाको कार्यक्रम आयोजना गरिएको कुरा आयोजकहरुले बताए । कार्यक्रममा उक्त आयोजनाका लागिपूरा पढ्नुहोस्


कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ सर्वसम्मत पारित

वैशाख १६, सुर्खेत कर्णाली प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५’ सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले १३ गते विनियोजन विधेयक सभामा प्रस्तुत गरेका थिए । प्रस्तुत विधेयकमाथि बैठकमा तीन दिनसम्म दफावार छलफल भयो । बजेटका विषयमा सांसदहरुबाट आएका प्रश्न तथा जिज्ञासाको आर्थिक मामिलामन्त्री ज्वालाले आज २०औँ  बैठकलाई सम्बोधन गर्दै उनीहरुलाई पारित गर्न अनुरोध गरेसँगै विधेयक सर्वसम्मत पारित भएको हो । सम्बोधनका क्रममा उनले भने, “म जनता र जनप्रतिनिधिको कठघराबाट रहेकाले बजेटबाट कहीँकतैको जिल्ला वा स्थान विशेष छुटेमा सके यतिबेला नसके आगामी बजेटबाट सम्बोधन गर्नेछु ।” यो बजेटबाट सरकारको कार्यान्वयनकोपूरा पढ्नुहोस्


पहिलो चरणमा करीब साढे चार लाख विद्यार्थी भर्ना

वैशाख १६, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो । दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराए । पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले विद्यार्थीलाई भर्ना गराएका थिए । प्रधानमन्त्री ओलीले मुगुमा ठिन्लेका साँवु लामालाई विद्यालय भर्ना गरी अभियान सञ्चालन गरेका थिए । प्रवक्ता अर्यालले पहिलो चरणमा चारपूरा पढ्नुहोस्


चेपाङ गाउँमा पुस्तकालय बनाउन १ लाख सहयोग

वैशाख १६, रत्ननगर, चितवन चितवनको विकट क्षेत्र कोराकस्थित चेपाङ बालबालिका अध्ययन गर्ने थाकलटार माध्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गर्न प्रवासबाट रु एक लाख सहयोग प्रदान गरिएको छ । चितवन समाज जापानद्वारा रकम संकलन गरी पुस्तकालयलाई रु एक लाख सहयोग गरिएको चितवन समाज जापानका निवर्तमान अध्यक्ष सरोज कँडेलले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेका असहाय, विपन्न तथा बाढी र भूकम्प प्रभावितहरुलाई सहयोग गर्दै आएको समाजले चेपाङ वस्तीका बालबालिकाको शैक्षिक अध्ययनका  लागि सहयोग गरेको हो । यसअघि यो समाजले पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितहरुका लागि १० घर निर्माण गरिसकेको छ । जापानमा बस्ने नेपालीहरुबाट संकलनपूरा पढ्नुहोस्


गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज

वैशाख १६, नवलपरासी पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् । लिवर्ड नेपालको सहकार्यमा स्थापना गरिएको उक्त बैंकमा स्थानीय जातका विभिन्न प्रजातिका करीब ९१६ प्रकारका बीउ राखिएको छ । विसं २०६८ मा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैंकले २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा आठ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माणपूरा पढ्नुहोस्