Main Menu

Sunday, April 22nd, 2018

 

पर्यटक लोभ्याउँदै घुम्टे

वैशाख ९, बागलुङ, गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतका अनुसार वर्षेनी हजारौँ पर्यटकले घुम्टे चढ्ने गरेका छन् । विगतमा वैशाख पूर्णिमामा मात्र मेला लाग्ने घुम्टेमा विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ समेत हुँदै आएको छ । पर्यटन प्रवद्र्धनका गतिविधिले पर्यटकको आगमन पनि बढेको अध्यक्ष बस्नेतको भनाइ थियो । “पदमार्गलगायतका पूर्वाधारका काम रपूरा पढ्नुहोस्


छाउगोठः जनावरभन्दा देवताकै डर

वैशाख ९, जाजरकोट, जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । “ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो ।” गीताले जस्तै जुनीचाँदेका महिला र युवतीले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । “छुई हुँदा घरभित्रै बस्यो भने तपूरा पढ्नुहोस्


एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

वैशाख ९, काठमाडौँ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गरेका छन् । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गरेका छन् । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले प्रगतिशील र देशभक्त जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । वर्ग, संघर्ष र विचारधारात्मक संघर्षको लामो शृृङ्खला एवंपूरा पढ्नुहोस्


एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न ः माओवादी केन्द्र

वैशाख ९, काठमाडौँ, नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताए । दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भने, “यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।” प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारेपूरा पढ्नुहोस्


बालबालिकालाई दिवा खाजा व्यवस्था

वैशाख ९, बुटवल, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय आज गरेको हो । बैठकले कक्षा १ देखि ५ सम्मका विपन्न वर्गका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि मापदण्ड बनाउने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई खाजा बाकस उपलब्ध गराउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र उनीहरुको स्वास्थ्यलाई समेतपूरा पढ्नुहोस्


जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, रु ५७ लाख संकलन

वैशाख ९ सुर्खेत, जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु. ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् । स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए । “कर्णाली प्रदेशका जुम्ला, सुर्खेत र जाजरकोटमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्ला नै अगाडि रहेको छ,” मेडिकल रेकर्डर बुढाले भने । उनका अनुसार जुम्लाको कूल एक लाख आठ हजारपूरा पढ्नुहोस्


संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइँदै

वैशाख ९, काठमाडौँ नेकपा (एमाले)  र नेकपा (माओवादी केन्द्र)ले  आज आइतबार संयुक्त रुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउँदैछन् । सो कुराको जानकारी दुबै पार्टीले हिजै छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशमा ल्याएका हुन् । सो सन्दर्भमा रिपोर्टर्स क्लबले हिजो काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा एमाले नेता केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नचाहने शक्तिहरु चलायमान भएको भए पनि त्यो पूरा नहुने बताए । नेता बडालले वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि समय अभावका कारण केही दिन पछि धकेलिएको बताए । मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा प्रधानमन्त्री दृढ रहेको उल्लेख गर्दै उनले अहिले प्रधानमन्त्रीको कामको विरोध गर्नेभन्दा प्रशंसा गर्नेपूरा पढ्नुहोस्


लेनिनको मृत्युमा एक कैन्टाटा [कविता]

१. जुन दिन लेनिन रहनु भएन भन्छन , शवको हेरविचारमा खटिएका एक सैनिक आफ्ना साथीहरूलाई: म ठ्याक्कै भन्न सक्तिनथें यसमा  म भित्र गएँ र उनको कानमा चिच्याएँ : ‘इलिच शोषक आँउदैछ’ उनी हल्लिएनन् पनि तब मैले बुझें कि उनी मरिसकेछन् २. जब कुनै असल मान्छे जान चाहन्छन् त तपाईं कसरी उनलाई रोक्न सक्नुहुन्छ ? उनलाई अहिले उनको किन खाँचो छ भन्नुहोस् यही तरिका हो उनलाई रोक्ने  ३. र,  के कुराले लेनिनलाई जानबाट रोक्न सक्थ्यो ? ४. ती सैनिकले सोचे जब उनले शोषक आउंदै छ भन्ने सुन्नेछन् जतिनै विरामी भए पनि उठ्नेछन् सायद उनी वैशाखी टेकेर आउनेछन् सायद उनले बोकेर ल्याउनपूरा पढ्नुहोस्


सम्पादकीय

सन्दर्भ लेनिन र नेकपाको स्थापना दिवस : विश्वले नयाँ युगको लेनिन खोजिरहेछ

सन् १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलतापछि विश्वमा लेनिनको चर्चा त व्याप्त भयो भयो, मुख्य कुरो के भयो भने त्यसअघिको समयसम्म विश्वमा हालीमुहाली गरिरहेका पुँजीजिबी वर्गको चाहिँ लेनिनको नामैबाट सातो जान थाल्यो । त्यसको उल्टोमा विश्वका श्रमिक वर्गमा भने लेनिनको नाम आउनासाथ उत्साह, उमङ्ग र ऊर्जा उत्पन्न हुन थाल्यो । मजदुर मात्र होइन किसान, उत्पीडित जाति, क्षेत्र सबै ठाउँका गरीखाने वर्गहरुमा लेनिनको नामले पे्ररणाको भाव सञ्चार हुन थाल्यो । हुन पनि शोषित र उत्पीडित श्रमिक जनताले लडेर पुँजीजिबी वर्गको हातमा रहेको राज्यसत्ता आफ्नो हातमा लिन सकिन्छ र त्यसपछि नै समाजबाट शोषणको प्रथालाई निमिट्यान्न पार्ने प्रक्रिया आरम्भ गर्न सकिन्छ भन्नेपूरा पढ्नुहोस्