Main Menu

Monday, April 23rd, 2018

 

आजबाट नगरपालिकाका काम सञ्चालन, जनप्रतिनिधिद्वारा सुरक्षाको मा

वैशाख १०, भक्तपुर मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ उनकै निवासमा भएको साङ्घातिक हमलाको विरोध गर्दै बन्द गरिएको नगरपालिकामा आजबाट काम सञ्चालन भएको छ । मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै नगरपालिकाका काम ठप्प पार्ने निर्णय गरेको थियो । यद्यपि सधैँ काम रोक्दा सेवाग्राही मर्कामा पर्ने भएकाले सेवाग्राहीलाई ध्यानमा राख्दै आजबाट नगरपालिकाको काम नरोक्ने निर्णय सहित सबै नगरपालिकाले काम सञ्चालन गरेको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै जनप्रतिनिधिको सुरक्षापूरा पढ्नुहोस्


वैशाख अन्तिम साता घलेगाउँ महोत्सव

वैशाख १०, लमजुङ दक्षिण एशियाकै नमूना गाउँको रुपमा चिनिएको घलेगाउँमा यही वैशाख अन्तिम साता १९औँ घलेगाउँ महोत्सव हुने भएको छ । घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिले यसअघि जस्तै वैशाख २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो । सोमबार सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको थियो । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले घलेगाउँलेले विगत १९ वर्षदेखि महोत्सव गर्दै आएको छ । विगतका महोत्सवले गाउँको प्रवद्र्धनमा सहयोग पुगेको भन्दै अबको महोत्सवले भने आर्थिक समृद्धिको सन्देश दिने आयोजकले जनाएको छ । घलेगाउँमा विकास भएको ग्रामीण पर्यटनबाट गाउँको आर्थिक समृद्धि भएको भन्दै यो सन्देशपूरा पढ्नुहोस्


नारायणी नदी सफाइ अभियान दशौँ हप्तामा

वैशाख १०, चितवन, स्थानीय युवाको सक्रियतामा फागुन ७ गतेबाट शुरु भएको नारायणी नदी सफाइ अभियान आज दशौँ हप्तामा आइपुगेको छ । यो अवधिमा यस क्षेत्रका प्रदेश सांसद, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल हुँदै आज नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसहित नेता तथा कार्यकर्ता पनि सफाइ अभियानमा जुटेका छन् । सफाइका क्रममा श्रेष्ठले चितवनको प्रमुख शहर नारायगढ र सँगै बग्ने नारायणी नदी जिल्लाको सौन्दर्य भएको भन्दै यसलाई बचाई राख्नुपर्ने बताए । उनले नदी सुन्दर बनाएर रमणीय स्थलका रुपमा विकास गर्न यो अभियान सार्थक हुने बताए । अभियानमा सहभागी कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले नारायणगढ बचाउनका लागिपूरा पढ्नुहोस्


निकारागुवामा सरकारविरोधी आन्दोलन चर्कंदो

सामाजिक सुरक्षा सुधारको कदमहरु फिर्ता

वैशाख १०, मानागुवा, निकारागुवा निकारागुवामा सामाजिक सुरक्षा सुधार सम्बन्धी नयाँ कानूनको विरोध भई हिंसात्मक प्रदर्शनमा परिणत भएपछि राष्ट्रपति डानियल ओर्टेगाले यस कदमहरूलाई फिर्ता लिएका छन् । ओर्टेगाले आन्दोलनकारीहरुलाई वार्तामा आउन आग्रह गर्दै हिंसा रोक्न अपिल गरेका हुन् । तर प्रदर्शनको नेतृत्व गर्दै आएका नेताहरूले भने सरकारले विपक्षीहरूमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् । गत बुधवार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा भएपछि सुरु भएको हिंसात्मक प्रदर्शनमा विद्यार्थीहरूको समेत सहभागीता रहेको थियो । निकारागुवामा भएको यस प्रदर्शनको क्रममा २५ व्यक्ति मारिएका अधिकारवादी समूहहरूले जनाएका छन् । अन्ततः राष्ट्रपति डानियल ओर्टेगालाई सरकारले गरेको सामाजिक सुुधारको सबै निर्णय फिर्तापूरा पढ्नुहोस्


पार्टी एकता घोषणा हुनमात्रै बाँकी – मन्त्री थापा

वैशाख १०, चितवन, गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन्  । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताए । संयोजन समितिले मिति तोक्न मात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रष्ट्याए । “जनयुद्धको भूमिकालाई संलेषण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको संरचना कस्तो हुने भन्ने विषय पनि टुंगिइसकेको छ ।” उनले भने, “बाँकी टुङ्ग्याउनु पर्ने विषय छैन । छिट्टै नै एकताको घोषणा हुन्छ ।” नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कापूरा पढ्नुहोस्


टेम्पो चलाएर मासिक ५० हजार कमाइ

वैशाख १०, सुरुङ्गा, झापा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्केका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन् । बीस महिनाअघि स्वदेश फर्केका उनी अहिले टेम्पो चलाउन व्यस्त छन् । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उनी टेम्पो गुडाउछन् । टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाइ गरिरहेका छन् । पहिले नै यो काम थालेको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उनलाई लाग्ने गर्दछ । पुनः विदेशपूरा पढ्नुहोस्


मनाङको मौलिक तिर पर्व सकियो

वैशाख १०, मनाङ मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथा अर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष नयाँपनका साथ मेथा ध्वाज्याङ अर्थात् (तिर) पर्व मनाउने गर्दछन् । मेथा पर्व गाउँभरिका युवा, वृद्ध सबै एकै ठाउँमा भेला भएर एक सातासम्म मनाउने यो पर्व पछिल्लो समय पाँच दिनसम्म मनाउने गर्दछन् । बुधबारबाट शुरु भएको तिर पर्व आइतबार सकिएको होपूरा पढ्नुहोस्


समृद्धिको आधार पर्यटन प्रवद्र्धन – मन्त्री बस्नेत

बैशाख १०, काठमाडौं वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया ग्रुपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरे । उनले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताए । सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्छ भने । पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोसपूरा पढ्नुहोस्


विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

१० वैशाष, टोक्यो विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् । उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बनेका थिए । ‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघिपूरा पढ्नुहोस्


एडिबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

१० वैशाष, कञ्चनपुर एशियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । रु. ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन् । आयोजनाका इञ्जिनियर छविलाल पनेरुका अनुसार फोहरमैला व्यवस्थापन क्षेत्रका लागि माटो जाँचको कार्य अगाडि बढेको छ । माटोको तहको जाँचसँगै पानीको सतहबारे जाँच गर्नका लागि ३ वटा बोरिङ गाड्ने कार्य पूरा भएको छ । फोहरमैला व्यवस्थापन क्षेत्रका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । “सडक निर्माणका लागि ट्राफिक सर्भे र डिसिपिटीको कार्य पूरा भई विस्तृत डिजाइन गर्नेपूरा पढ्नुहोस्