Main Menu

Friday, April 13th, 2018

 

होटललाई सफा राख्न अनुगमन टोलीको सुझाव

चैत ३०, दाङ जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिए । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो । “होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भने । त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । कतिपय शौचालय दुर्गन्धित भई प्रयोग गर्नसक्ने अवस्थामा नरहेको पाइएको थियो भने कतिपय होटलमा खाना पकाउने र भाडापूरा पढ्नुहोस्