Main Menu

Saturday, April 21st, 2018

 

मिथ्या प्रेमको कथा ! [कविता]

बलराम तिमल्सिना ‘विप्लव’ अराजक जवानीको उत्ताउलो चकचक बोकेर यौन अनुरोधको हतारो झुठ्ठा वाचा कसमहरू मोलमोलाई र घुर्की सस्ता प्रतिवद्धताको थुप्रो सहरभरि छ्यापछ्याप्ति छ अचेल मिथ्या प्रेमको महामारी ! मलाई लेखिदिन मन छ अँधेरा गल्लीका भित्ताहरूमा होटेलका टेवुलहरूमा पार्कका गेटहरूमा वाइकका पछिल्ला सिटहरूमा स्कुल कलेजका पाटीहरूमा यस्तो जरुरी सुचना – मिथ्या प्रेम जीवनको लागि हानिकारक छ ! रोटीको चिन्ता छैन भोटोको चिन्ता छैन माटोको मतलव छैन बाटोको मतलव छैन छ त के केवल मतलामा ओठको कुरा मौकामा छक्का हान्ने कुरा टुक्रा-टुक्रा पारेर शिर पुछार नङ्ग्याएर नारी शरीरलाई टुक्रा टुक्राको महिमामण्डन गर्दै लोभ्याउने र फसाउने कुरा बजार भाऊ खुव चर्किएको अचेल योपूरा पढ्नुहोस्


अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

(ईस्वीको गत वर्ष अर्थात् सन् २०१७ मा विश्वभरका कम्युनिस्ट एवं वैज्ञानिक समाजवादी पक्षधरहरुले सन् १९१७ अक्टोबरमा सम्पन्न ‘रुसी अक्टोवर क्रान्ति’को शतवार्षिकी मनाए । महान् लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीको अगुवाईबाट सम्पन्न भएको उक्त क्रान्ति मार्क्सवादले सैद्धान्तिक रुपमा प्रस्तुत गरेको वैज्ञानिक समाजवादी क्रान्तिको पहिलो व्यवहारिक सफलता थियो । त्यस क्रान्तिले मानव समाजमा विद्यमान वर्गीय शोषणलाई अन्त्य गर्ने साम्यवादी बाटो तय गर्न सर्वहारा श्रमिक वर्गले पुँजीवादलाई फाल्न र राज्यसत्ता आफ्नो हातमा लिई वैज्ञानिक समाजवाद स्थापना गर्न सक्दछ भन्ने मार्क्सवादी सिद्धान्तलाई व्यवहारिक रुपमा पुष्टि गरेको थियो । रुसी अक्टोबर समाजवादी क्रान्तिपछि नै संसारभर पुँजीवादबिरुद्ध क्रान्तिको लहर चलेको थियो । नेपालमा पनि सो रुसी अक्टोबरपूरा पढ्नुहोस्


जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण सुचारु

वैशाख ८, काठमाडौँ रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ । पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गएिको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । आचार्यले भने, “अबको केही दिनभित्रै पुनःनिर्माणका क्रममा प्रयोग भएको सबै निर्माणका सामग्री हटाइने छ र आगामी जेठ १ गतेदेखि निर्माणको काम शुरु गर्ने गरी कामपाका पदाधिकारीबीच छलफल भइसकेको छ ।” परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियोपूरा पढ्नुहोस्


‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैन– गृहमन्त्री थापा

वैशाख ८, काठमाडौँ गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारेका छन् । शुक्रबार गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उनले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । उनले भने, “हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ, सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ ।” गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ ।