Main Menu

Wednesday, April 18th, 2018

 

चुनाव चिन्हको विषय टुंगिएको छैन – अध्यक्ष दाहाल

वैशाख ५ , चितवन  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताए । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए । दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट्याए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उनले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताए । उनले भने, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।” त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभरपूरा पढ्नुहोस्


त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने

वैशाख ५, नुवाकोट निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका उपप्रबन्धक इ. सत्यराम ज्याख्वाले जानकारी दिए । “फाउण्डेशन बनाइएकामध्ये ६४ वटामा तार जोड्ने काम सकिएको छ ।” ज्याख्वाले भने, “मातातीर्थस्थित केन्द्रीय प्रसारण लाइन पु¥याउन भूमिगत प्रसारण लाइनका लागि एक किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेकोपूरा पढ्नुहोस्


वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

 वैशाख ५, रत्ननगर, चितवन चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् । हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ । बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते अवस्थामा, मान्छे खान बानी लागेको र बच्चासँग भएको बाघ बढी रिसाहा हुन्छ । यस्ता बाघसँग टाढै बस्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका एकजना संरक्षण अधिकृत ऋषिराम सुवेदी बताउंछन् । वन्यजन्तुको आनीबानीबारे बताउँदै सुवेदीले भने, “बाघले जहिले पनि पछाडि या अगाडिबाट घाँटीमै आक्रमण गर्छ, नजिक नजाने, नजिस्काउने, हल्ला नगर्ने, देखेपछिपूरा पढ्नुहोस्


रसुवामा सुरक्षा व्यवस्था थप मजबुत बन्दै

वैशाख ५, रसुवा सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक-एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ । स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका कारण प्रहरीचौकीमा सुरक्षा जनशक्ति अपुग भएमा जिल्लास्तरबाट तुरुन्तै थप मद्दत पठाउनसमेत सहज हुँदै गएको बताइएको छ । रसुवामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ११ प्रहरीचौकी रहेका र जनघनत्व संवेदनशीलतालाई मध्यनजर राखी यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । पर्यटकीयपूरा पढ्नुहोस्


सम्पादकीय

यातायातमा सिन्डिकेट एकाधिकारको अन्त्य : सकारात्मक कदम

कानुनी रुपले यातायातमा व्यवसायीहरुले सिन्डिकेट बनाई एकाधिकार व्यापार गर्न नपाइने व्यवस्था २०४९ सालमै गरिएको हो । तर, व्यावहारिक रूपमा भने सार्वजनिक यातायातमा देशभर अझै सिन्डिकेट प्रणाली जारी छ । यसलाई तोडेर अगाडि बढ्ने कदम अहिले सरकारले जुन साहस गरेको छ, त्यो आम यातायात व्यवसायी र यात्रुवर्गका लागि सकारात्मक कुरो हो । पुँजीवादमा एकाधिकारवादको सुरुवात पहिलो विश्वयुद्धपछाडि नै भएको मानिन्छ । विश्व बजारमा एकाधिकार बनाउने होडमा नै दोश्रो विश्वयुद्ध सुरु भएको हो । विश्व अर्थतन्त्रमा एकाधिकारवादले पुँजीजिवी वर्गलाई बलियो बनाएन । त्यसैले दोश्रो विश्वयुद्धपछि उनीहरुले मिलेर विश्वबजार कब्जा गर्ने नीति बनाए । त्यसकै परिणाम स्वरुप विश्व बैंक, विश्व व्यापार संघ आदिपूरा पढ्नुहोस्