Main Menu

Monday, April 9th, 2018

 

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

२६ चैत, काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । उनका अनुसार मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भई आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढेको बताएका थिए । उनले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गरे । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसनपूरा पढ्नुहोस्


दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

२६ चैत, ललितपुर घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ । श्रीमानसँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताए । प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको १ साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उनी भन्छन्, “कति त नियमित जस्तै वर्षौँदेखि यहाँ आइरहेका घटना पनि छन् ।” महिला हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्छ । श्रीमानले कुटेको, खान नदिएको, बाहिर अर्की श्रीमती राखेको, सन्तानलाई बेवास्ता, विवाह र जन्मदर्ता नगराएकोे लगायतका समस्या लिएर महिला आउनेपूरा पढ्नुहोस्


राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पाको खदाङ

२६ चैत, त्रिपुराकोट, डोल्पा विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको ९ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको हो । आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाड खदाङ श्रीविण्डे चिप्लेभिर खण्डको ९ किलोमिटर सडकखण्डको विधिवत् उद्घाटन गरिएकोे थियो । उक्त सडकखण्डको उद्घाटन गरेसँगै रुकुम डोल्पा सिमाना त्रिवेणी बजारदेखि खदाङसम्म जिप ट्र्याक्टरलगायत यातायातका साधन सञ्चालनमा ल्याइएको छ । करोपगाड, खदाङ र श्रीविण्डे हुँदै चिप्लेभिरसम्मको सडक उद्घाटनपूरा पढ्नुहोस्


काष्ठमण्डप पुनःनिर्माणमा सरकार उदासीन

२६ चैत, काठमाडौँ काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक, मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै शुरु भएको छैन । अभियानले काष्ठमण्डप पुनःनिर्माणका लागि २०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै विश्व सम्पदा संरक्षण मापदण्डअनुरुप समुदायको स्वामित्वमा पुनःनिर्माण हुनुपर्ने सो अभियानका अध्यक्ष बैकुण्ठ मानन्धरले आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारी निकाय, सरोकारवाला, विज्ञहरु र समुदायसँगको अन्तक्रियामा जनस्तरबाटै सम्पदाको पुनःनिर्माण गर्ने निष्कर्ष निकालिएको मानन्धरले बताए । सातौँ शताब्दीमा निर्मित काष्ठमण्डपको जनस्तरबाटै पुनः निर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा पुनः निर्माण गर्न सक्षमपूरा पढ्नुहोस्