Friday, April 27th, 2018
आफ्नो गाउँको मुहार फेर्दै महिला
वैशाख १४, जितपुर, कपिलवस्तु कपिलवस्तु नगरपालिका–६ माथिल्लो बर्मेली गाउँका महिलाले आफ्नो गाउँको मुहार फेर्न दुई वर्षदेखि कस्सिएर लागेका छन् । ती महिलाले आफ्नो गाउँलाई सुन्दर र रमणीय बनाउन विभिन्न सूचकहरु आफैँ तयार गरेका छन् । गाउँका सबैजनाको सहमतिमा आफ्नो गाउँलाई रमणीय बनाउन समूहमार्फत दर्जनभन्दा बढी सूचक तयार पारेका उनीहरूले विसं २०७२ माघमा एक समूह गठन गरेर काम थालेका आमाहरूले आफैँ छलफल गरी गाउँलाई कसरी नमूना बनाउन सकिन्छ भनेर सरसफाइ, शिक्षा, आयआर्जन, स्वास्थ्य र वकालत क्षेत्रलाई मुख्य सूचक बनाएका हुन् । “अघिल्लो वैशाखदेखि सघन रूपमा नमूना गाउँको अभियान चलाएका थियौँ, सदस्य तुल्सी थारूले–भनिन्, “यसपछि भने परिवर्तन देखिन थाल्यो ।” गाउँभर ३०पूरा पढ्नुहोस्
भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित
वैशाख १४, सुर्खेत ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यो नाराले भने सुर्खेत वीरेन्द्रनगरभित्रका विद्यालयमा भर्ना हुन आएका सयौँ विद्यार्थीलाई सम्बोधन गर्न सकेको छैन । हिमाली जिल्लाबाहेक नेपालभरि नयाँ शैक्षिक सत्र शुरु भएसँगै भर्ना अभियान जारी छ तर भर्ना अभियान अवधिमै सुर्खेत वीरेन्द्रनगर उपत्यकामा सयौँ बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित भएका छन् । विशेषगरी बालबालिका भर्ना अभियान भोलि वैशाख १५ गतेसम्म छ । तर सुर्खेत उपत्यकाभित्रका नाम चलेका विद्यालयलाई बालबालिका भर्ना गर्ने चटारोबाट उम्कन पाएजस्तो लागिरहेको छ । अर्कोतर्फ आफूले चाहेको सरकारी विद्यालयमा भर्ना हुन नपाउँदा आवासीय विद्यालयबाटपूरा पढ्नुहोस्
पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ
वैशाख १४, बर्दिवास ‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ (काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु) । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनरवाको मुसहर जातिको बसोबास बाहुल्यताको दलित बस्तीकी फूलपति सदा बिहीबार छोरी काजलसँग भन्दै थिईन्, “आब पढ जेबे नई, त तहुँसब सुन्तली सन् बड्का आद्मी बन्बे’ (अब पढ्न जान थालेपछि तिमीहरु पनि सुन्तली (हास्यकलाकार कुञ्जना घिमिरे) जस्तै ठूलो मान्छे बन्छौ) । झण्डै १५० घर मुसहर रहेका मनरवामा बिहीबार फूलपतिमात्र नभएर नैनी, अमरिका, शिवरङियाँ र पारोवतिसहितका त्यस बस्तीका अरु आमा पनि आफ्ना सन्तानलाई चाँडै स्कूल पु¥याएर नाम लेखाएपछि छोराछोरी ठूलो मान्छे बन्ने सपना सँगाल्दैपूरा पढ्नुहोस्
विज्ञान
अन्धविश्वास चिर्न वैज्ञानिक संस्कार
नेपाली समाज अझ पनि किंवदन्तीबाट मुक्त हुनसकेको छैन । वैज्ञानिक समुदाय, विज्ञान अध्यापन हुने विद्यालयहरु र विश्वविद्यालय लगायतका प्राज्ञिक संस्थाको सर्वोपरी जिम्मेवारी यही रहनेछ कि तिनले वैज्ञानिक संस्कारको उज्यालो छरुन्, न कि मौनता साँधेर अन्धविश्वासलाई प्रश्रय दिइरहुन् । विज्ञान आर्थिक समृद्धिको इञ्जिन हो । आफ्नो परिवेश र प्रकृतिको गहन अवलोकनबाट विज्ञानका सिद्धान्त तयार हुन्छन्, ती सिद्धान्त व्यावहारिक प्रयोगमा आउँदा प्रविधि बन्दछन्, प्रविधिको प्रयोग आर्थिक विकासको सोपान बन्दछ । योभन्दा बढी विज्ञानको योगदान सामाजिक रूपान्तरणमा छ । जीव विकासको सिद्धान्त चार्ल्स डार्विन, (सन् १८५९) ले हजारों वर्षदेखि एकाधिकार जमाएको सृष्टिवादलाई पाखा लगाइदियो र मानिसलाई उसको पुर्खा चिनाइदियो । वैज्ञानिक चिन्तनले जेलिएकापूरा पढ्नुहोस्
कालाजग्रा पर्यटन पदमार्ग निर्माण
वैशाख १४, बाजुरा बाजुराको बडीमालिका नगरपालिका–७ मा पर्ने कालाजग्रा जानका लागि पर्यटन पदमार्ग निर्माण गरिएको छ । नगरपालिकाभित्र रहेको पर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रमा आउने पर्यटकलाई सहजरुपमा आवतजावत गर्नका लागि पदमार्ग निर्माण गरिएको कालाजग्रा संरक्षण समितिका अध्यक्ष लोकेन्द्रबहादुर रोकायाले बताएका छन् । कालाजग्राको फेदीमा परापूर्वकालदेखि रहिआएको गुफाताल अवस्थित छ । उक्त गुफाताल माथि देवीको मन्दिरमा गएर रमाउनका लागि हराभरा फाँट प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । पर्यटकीय पदमार्गको करीब डेढ घण्टापछि विभिन्न दृश्य अवलोकन गर्न सकिन्छ । कालाजग्रा क्षेत्रमा रहेको वनमा चिर कालिजसमेत पाइने गरेको अध्यक्ष रोकायाले बताए । बडीमालिका नगरपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा निर्माण भएको बडीमालिका नगरपालिकापूरा पढ्नुहोस्
कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा
वैशाख १४, पाल्पा रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । आर्थिकरुपमा अतिविपन्न कुमाल समुदायका बालबालिका कक्षा छाडेर श्रम गर्न जान थालेपछि विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरी बालबालिकालाई विद्यालयमा टिकाउन खोजिएको हो । नयाँ शैक्षिकसत्रमा बाल कक्षादेखि कक्षा ८ सम्म १२९ बालबालिका विद्यालयमा भर्ना भएका छन् । बालकक्षामा २०, कक्षा १ मा १६, कक्षा २ मा १०, कक्षा ३ मा १८, कक्षा ४ मा १४, कक्षा ५ मा १३, कक्षा ६ मा १३ कक्षा ७ मापूरा पढ्नुहोस्