Main Menu

Tuesday, April 10th, 2018

 

सोलारले झलमल्ल सिंहदरबार

चैत्र २७, काठमाडौँ मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो । करीब रु. ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ । सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँगपूरा पढ्नुहोस्


‘वैशाख ९ गते पार्टी एकता’

चैत्र २७, पोखरा नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् । एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताए । एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उनले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राखे । केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिए । नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उनले राष्ट्रियपूरा पढ्नुहोस्


आउने भयो मेलम्ची, सुरुङ छिचोलियो !

चैत्र २७, काठमाडौँ   बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७.५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको ७.५ किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानी मन्त्रीलगायत विशिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ निर्माण सकिएको घोषणा गरिनेछ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो परियोजनाको सुरुङ निर्माण कार्य सन् २००८ देखि शुरु भएको हो । खानेपानी मन्त्री बिना मगरले आज मन्त्रालयमापूरा पढ्नुहोस्


श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

२७ चैत, धनगढी प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गरेको श्वेतपत्रको आगामी कार्यदिशामा प्रदेशमा आधुनिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्न विशेष योजना कार्यान्वयन गरिने उल्लेख छ । यस्तै राष्ट्रिय गौरवका आयोजनाको निर्माणलाई तीव्रता दिन पहल गर्ने, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने, प्रदेशको उच्च आर्थिक वृद्धिदर हासिल गर्न दिगो विकास कायम गर्न अल्पकालीन,पूरा पढ्नुहोस्


अर्मेनियाका प्रधानमन्त्रीद्वारा राजीनामा

२७ चैत, येरेभ्यान, अर्मेनिया अर्मेनियाका प्रधानमन्त्री करेन कारापेट्यानले सोमबार पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति अर्मेन सार्कस्यानले बुझेको अर्मेन प्रेस समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा जनाएको छ । अर्मेनियाको संविधानका अनुसार नयाँ राष्ट्रपतिको चयनसँगै बहालवाला प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्छ । त्यसपछि प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म पुराना मन्त्रीहरु नै मन्त्रिपरिषद्को सदस्यका रुपमा कायमै रहने जनाइएको छ । अर्मेनियामा बहालवाला प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएको छ । यही अप्रिल १७ तारिखका दिन अर्मेनियाले नयाँ प्रधानमन्त्री पाउने अधिकारीहरुले बताएका छन् । संसद्ले नयाँपूरा पढ्नुहोस्


आजदेखि सिंहदरबारमा सौर्य बत्ती

२७ चैत, काठमाडौँ मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको १ मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । २ वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो । करीब रु. ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विदुत् प्राधिकरणको ग्रिडमा जोडिनेछ । सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँगपूरा पढ्नुहोस्


चर्को शुल्क लिनेलाई कारवाही हुन्छः महानगर

guardians-agree-fee-hike-movement

२७ चैत, काठमाडौँ  तीन विद्यार्थी संगठनले निजी विद्यालयको चर्को शुल्कवृद्धि तत्काल रोक्न माग गर्दै देशभरका ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै त्यसलाई रोक्न माग गरी आज एकसाथ ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । सोअनुसार आजै काठमाडौँं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै शाक्यले चर्को शुल्क लिने विद्यालयको अनुगमन भइरहेको र मापदण्डभन्दा बढी लिने विद्यालयलाई कारवाही गरिने बताए । ‘‘कक्षा १ को भर्नामै लाखौंँ रकम असुलिएको सुन्नमा आएको छ’’, उनले भने,‘‘हामी त्यस्ता चर्कोपूरा पढ्नुहोस्


मध्य कालीगण्डकी जलविदुत् आयोजना निर्माणको तयारी

२७ चैत, बाबियाचौर, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविदुत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाइ गरेको थियो । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत्गृह सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको जानकारी गराइएको थियो । चार हजार १०० मिटर सुरुङ रहने आयोजनाको विदुतगृहदेखि फोरबेको उचाइ ११५ मिटर हुने जनाइएको छ । प्रतिवेदन तयार पारेर स्वीकृत भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विदुत्पूरा पढ्नुहोस्


प्रादेशिक र स्थानीय तहमा गुणस्तरीय शिक्षामा जोड दिइनु पर्ने

२७ चैत, पोखरा प्रादेशिक र स्थानीय तहमा शिक्षासम्बन्धी ऐन कानून निर्माण गर्दा सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक, अभिभावक र व्यवस्थापन समितिलाई उत्तरदायी बनाउने खालको हुनुपर्नेमा सोमबार यहाँ आयोजित एक अन्तर्कृया कार्यक्रमका वक्ताले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा आयोजित संघीयतामा शिक्षा विषयक प्रदेशस्तरीय अन्तर्कृया कार्यक्रममा मुलुक र जनताको समृद्धिका लागि गुणस्तरीय शिक्षाको अपरिहार्य रहेकोमा वक्ताले जोड दिएका हुन् । संविधानले व्यवस्था गरेअनुरुप सम्पूर्ण शिक्षालाई सामुदायीकरण गर्न चुनौती रहेको उल्लेख गर्दै वक्ताले पिछडिएको वर्ग र समुदायलाई लक्षित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको नीतिको खाँचो अौँल्याएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सल्लाहकार डा. बाबुराम अधिकारीले विद्यालय शिक्षापूरा पढ्नुहोस्