Main Menu

Tuesday, April 24th, 2018

 

आणविक हतियार प्रयोगको खतरा बढ्दो- संयुक्त राष्ट्रसंघ

वैशाख ११, जेनेभा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताएका छन् । राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि संगठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार आजको विश्वमा आवश्यक रहेको भन्ने भनाइप्रति विमति राख्दै भने, “चाहेर वा नचाहेर पनि आणविक हतियार प्रयोगको खतरा बढ्दो छ ।” आणविक प्रसार निरोध सम्झौताको प्रारम्भिक समीक्षा बैठकमा बोल्दै उनले भने, आणविक हतियारको आवश्यकता र उपयोगिता रहेको भन्ने दावीहरू बढ्न थालेका छन् जसले आणविक हतियारको प्रयोगको खतरालाई थपिदिएको छ । विश्वका नौ आणविक राष्ट्रहरूमध्ये बेलायत, चीन, फ्रान्स, रूस र संयुक्त राज्य अमेरिका गरी पाँच राष्ट्र परमाणु प्रसार निरोध सन्धि संगठनकापूरा पढ्नुहोस्


बिचार/विश्लेषण

सही मूल्यको खोजीमा पारिजात

(पारिजात  नेपालमा प्रगतिवादी साहित्यीक आन्दोलनका मात्र होइनन् बरु मार्क्सवादी साहित्यका नै सबभन्दा उँचा  खम्वा हुन्। शारीरिक अशक्तताको वाबजुद जीवनको अन्तिम क्षणसम्म पनि गरीखाने श्रमिक जनताको पक्षमा र  सम्पूर्ण शोषण, उत्पीडन, अन्याय-अत्याचारबिरुद्ध कलम चलाएका  सुप्रसिद्ध साहित्यकार पारिजातसँग लामो समयसम्म साहित्यीक र बैचारिक सहकार्य गरेका समालोचक निनु चापागाईंले उनको जीवनको  आरोह अवरोहलाई समेटी तयार पारेको सामग्री पारिजातको पच्चीसौं स्मृति वर्षको अवसरमा यहाँ प्रस्तुत गरिन्छ ।- सम्पादक) पारिजातसित अभिन्नजस्तै भएर बितेका २९ वर्षको अवधिमा पारिजातका सम्बन्धमा मैले सँगालेका राम्रा, नराम्रा घटना र स्मृतिहरू अनगिन्ती छन् । पारिजात आजको निनु चापागाईंमा विद्यमान थोरै साहित्यिक र केही राजनीतिक जुन व्यक्तित्व छ त्यसलाई प्रोत्साहित गर्ने रपूरा पढ्नुहोस्


पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

वैशाख ११, पथरी, मोरङ मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ । स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए । वडाका जनप्रतिनिधिको समेत उत्साहजन उपस्थितिबीच भएको कार्यक्रममा २ र १० नम्बर वडामा १०, १० जना र ३ नम्बर वडामा छ जनाको स्वास्थ्य परीक्षण भएको छ । स्थानीय सरकारले यस्तो खालको काम थालेकोमा वडावासीले अनौठो खुशी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, कानको जाँच, अक्सिजनको मात्रा, नाडीको गति, स्वासप्रश्वास दर, शरीरको तापक्रम, तौलकोपूरा पढ्नुहोस्


बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

वैशाख ११, चितवन नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकलपूरा पढ्नुहोस्


सौर्य ऊर्जाबाट थोपा सिँचाइ

वैशाख ११, बनियानी, झापा झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी तरकारी उत्पादन गरिरहेका किसानलाई लक्षित गरेर यो प्रविधि भित्र्याउन लागिएको हो”, उनले भने, “यसको परीक्षण प्रदर्शनी पनि गरिसकेका छौँ ।” किसानलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत अनुदान र किसानको ४० प्रतिशत लागत सहभागितामा यो प्रविधि उपलब्ध गराइने भट्टराईले जानकारी दिए । योपूरा पढ्नुहोस्