Main Menu

Thursday, April 5th, 2018

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो

२२ चैत, काठमाडौँ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) का लागि उक्त मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड (एलएमडब्लु) बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कोरियन कम्पनलीले डिएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले लामो समयसम्म प्रतिवेदन अनुरुपका कार्य अघि बढाउनपूरा पढ्नुहोस्


मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गरिने

guardians-agree-fee-hike-movement

२२ चैत, काठमाडौँ प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले लिएको चर्को शुल्क खारेज गर्न माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले सरकारले तोकेको मापदण्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्कवृद्धि खारेज गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अधिकारसम्पन्न र प्रभावकारी अनुगमन समिति बनाई मापदण्डविपरीत शुल्क लिने विद्यालयलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गरिएको जानकारी दिए । विद्यार्थी संगठनले शिक्षा ऐन (२०२८) को नवौं संशोधन खारेज गरी दशौ संशोधनको प्रक्रिया अघि बढाउन पनि माग गरेकापूरा पढ्नुहोस्


वैशाख ९ मा पार्टी एकता हुन्छ : प्रचण्ड

२२ चैत, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए । “अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि एकताको कुरा टुङ्गााएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ”, अध्यक्ष प्रचण्डले भने, “त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं ।” कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारीपूरा पढ्नुहोस्