Main Menu

Saturday, April 28th, 2018

 

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

वैशाख १५, ललितपुर एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको विद्यालयले जनाएको छ । अभिभावकलाई मेरो विद्यालयमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताए । उनले भने, “तर हामीले उहाँहरुलाई अनुरोध गरिरहेका छौँ ।” भर्ना अभियान चलिरहँदा विद्यालय भने शिक्षित अभिभावकलाई लक्षित गर्न लागेको छ । आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावकका सन्तान बढिरहेको विद्यालयले जनाएको छ । शिक्षित अभिभावकले सन्तान सामुदायिक विद्यालयमापूरा पढ्नुहोस्


नौमुठे गाई संरक्षणका अभावमा लोप हुने अवस्थामा

वैशाख १५, अछाम विश्वको सबै भन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । प्रदेश नं ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टादेखि जुरो सम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीले नौमुठ्ठे गाई भन्ने गरेको जिल्ला पशुसेवा कार्यालय अछामका पशु चिकित्सक झनकदत्त ढुंगानाले बताए । ‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिन्छ, केही गाई पोखराको गाईभैंँसी फाराममा पनि पालिएका छन् उनले भने, “लोपोन्मुख प्रजाति भएकाले यसको बीर्य संकलन गर्ने उद्देश्यले, पशुपूरा पढ्नुहोस्


इटहरीमा आगलागी

वैशाख १५, इटहरी सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका स्थितिमा एकाएक विद्युत् चुहिएर आगो सल्किएको थियो । ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन् । आगलागी भएर तत्काल करीब ५०० मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवापूरा पढ्नुहोस्


बिचार/विश्लेषण

माओवादी–एमाले एकता, कम्युनिस्ट आन्दोलनमा तरलता

नेपाली क्रान्तिमा पछिल्लो समय गणतन्त्रको सपनालाई पूरा गर्ने तहसम्म विकसित भई शक्तिशाली भएको कम्युनिस्ट शक्ति ‘माओवादी’ हो भन्ने कुरामा फरक मत राख्नुपर्ने कुनै कारण छैन । गणतन्त्रसम्मको यात्रा पूरा गरिसकेपछि ‘माओवादी’ पार्टीमा फुट आई अहिले त्यो शक्ति बिभिन्न नाउँका माओवादी घटकहरुमा बिभाजित छ । मूल नेतृत्व पंक्ति र आकारको हिसाबले सबभन्दा ठूलो घटक नेकपा (माओवादी केन्द्र) नै अहिले मुख्य माओवादी शक्ति हो । तर, यो शक्ति अहिले अत्यन्त अन्यौलको स्थितिमा छ । यही अन्यौलताभित्र नै उसले हिजो आफूहरुले नै पश्चगामी शक्तिको रुपमा परिभाषित गरिसकिएको एमाले शक्तिसँग पार्टी एकता गर्ने पहल गरिरहेको छ । सम्भवतः निकट भविष्यमै त्यो एकता पनि भइहाल्नेपूरा पढ्नुहोस्


बलात्कारविरुद्ध महिला

वैशाख १५, बर्दिवास महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ । जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गाउँ बस्तीमा थालेको सचेतना अभियानमा महिलाहरु लागेका छन् । मुख्य केन्द्र, बजार, सामुदायिक भवन र अन्य सार्वजनिकस्थलमा आयोजित बलात्कारविरुद्धको सचेतना कार्यक्रममा अपेक्षित महिला सहभागिता हुँदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । “हामीले जिल्लाका सबै स्थानीय तहका मुख्य केन्द्रमा बलात्कार घटनाविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छौँ” जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले भने, “यस्ता कार्यक्रममा महिलाको सक्रिय सहभागिताले उत्साहित भएका छौँ ।” अभियानमापूरा पढ्नुहोस्


नमूना उच्च प्रविधियुक्त नर्सरी

वैशाख १५, काँकडभिट्टा झापा मेचीनगर–९ का एक युवकले रु ११ लाखभन्दा बढीको लगानीमा उच्च प्रविधियुक्त नर्सरी तयार गरेका छन् । विसं २०६९ मा विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले मेचीनगरमै पहिलो पटक एक कट्ठा जग्गामा सो नर्सरी तयार गरेका हुन् । उप्रेतीले डिएन्डडी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूलको नर्सरी व्यवसाय गर्दै आएका छन् । खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार गरिएको सञ्चालक उप्रेतीले बताए । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणमा करीब रु १२ लाख खर्च भएको छ । त्यसमध्ये जिल्ला कृषि विकास कार्यालयपूरा पढ्नुहोस्