Main Menu

Sunday, April 29th, 2018

 

कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ सर्वसम्मत पारित

वैशाख १६, सुर्खेत कर्णाली प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५’ सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले १३ गते विनियोजन विधेयक सभामा प्रस्तुत गरेका थिए । प्रस्तुत विधेयकमाथि बैठकमा तीन दिनसम्म दफावार छलफल भयो । बजेटका विषयमा सांसदहरुबाट आएका प्रश्न तथा जिज्ञासाको आर्थिक मामिलामन्त्री ज्वालाले आज २०औँ  बैठकलाई सम्बोधन गर्दै उनीहरुलाई पारित गर्न अनुरोध गरेसँगै विधेयक सर्वसम्मत पारित भएको हो । सम्बोधनका क्रममा उनले भने, “म जनता र जनप्रतिनिधिको कठघराबाट रहेकाले बजेटबाट कहीँकतैको जिल्ला वा स्थान विशेष छुटेमा सके यतिबेला नसके आगामी बजेटबाट सम्बोधन गर्नेछु ।” यो बजेटबाट सरकारको कार्यान्वयनकोपूरा पढ्नुहोस्


पहिलो चरणमा करीब साढे चार लाख विद्यार्थी भर्ना

वैशाख १६, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो । दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराए । पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले विद्यार्थीलाई भर्ना गराएका थिए । प्रधानमन्त्री ओलीले मुगुमा ठिन्लेका साँवु लामालाई विद्यालय भर्ना गरी अभियान सञ्चालन गरेका थिए । प्रवक्ता अर्यालले पहिलो चरणमा चारपूरा पढ्नुहोस्


चेपाङ गाउँमा पुस्तकालय बनाउन १ लाख सहयोग

वैशाख १६, रत्ननगर, चितवन चितवनको विकट क्षेत्र कोराकस्थित चेपाङ बालबालिका अध्ययन गर्ने थाकलटार माध्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गर्न प्रवासबाट रु एक लाख सहयोग प्रदान गरिएको छ । चितवन समाज जापानद्वारा रकम संकलन गरी पुस्तकालयलाई रु एक लाख सहयोग गरिएको चितवन समाज जापानका निवर्तमान अध्यक्ष सरोज कँडेलले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेका असहाय, विपन्न तथा बाढी र भूकम्प प्रभावितहरुलाई सहयोग गर्दै आएको समाजले चेपाङ वस्तीका बालबालिकाको शैक्षिक अध्ययनका  लागि सहयोग गरेको हो । यसअघि यो समाजले पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २७ र २८ का बाढी प्रभावितहरुका लागि १० घर निर्माण गरिसकेको छ । जापानमा बस्ने नेपालीहरुबाट संकलनपूरा पढ्नुहोस्


गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज

वैशाख १६, नवलपरासी पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् । लिवर्ड नेपालको सहकार्यमा स्थापना गरिएको उक्त बैंकमा स्थानीय जातका विभिन्न प्रजातिका करीब ९१६ प्रकारका बीउ राखिएको छ । विसं २०६८ मा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैंकले २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा आठ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माणपूरा पढ्नुहोस्


राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

वैशाख १६, राजविराज करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान सञ्चालनमा ल्याइने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष अरुण प्रधानले बताए । विसं २०१६ मा तत्कालीन यातायात मन्त्री स्व गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थल लामो समयदेखि अलपत्र रहँदै आएको थियो । सप्तरीवासीको बहुप्रतिक्षित योजनाका रुपमा रहेको यो विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा मोटर चल्नेबाटो निर्माणपूरा पढ्नुहोस्


भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन-प्रधानमन्त्री

वैशाख १६, बुटवल प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए । प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूतिपूरा पढ्नुहोस्


एक चक्की सिटामोलको रु सात, किन्न बाध्य दुर्गमका बिराम

वैशाख १६, बझाङ औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नसक्दा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् । “ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर (अहेब)ले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर सिलिप लेखी दिएपछि एक चक्की सिटामोलको रु सातका दरले किनेर औषधि खाए,” दहबगरका उकेश बोहराले भने । उनले भने, “बिरामीले चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरु समयमा कहिल्यै औषधि पाउँदैनन्, अरु समयमा सधैँ किनेर लिनुपर्छपूरा पढ्नुहोस्