Main Menu

Saturday, April 7th, 2018

 

वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षाभत्ता

चैत २४, फलेवास, पर्वत  पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० लाख भन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सदरमुकाम कुस्मामा रहेको बैंकमा पुगेर रकम लिन बुढाबुढीलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए । कुस्मामा रहेको गण्डकी विकास बैंकको शाखा कार्यालयमा वृद्धवृद्धा र एकल महिलाको बैंक खाता खोलिएकोपूरा पढ्नुहोस्


भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट तथा गान्धीप्रति श्रद्धाञ्जलि

चैत २४, नया‌ँदिल्ली, भारत राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरे । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए । सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकामा प्रम ओलीलाई बधाई दिए । उनले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिए। यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत(गार्ड अफ अनर) प्रदान गरे । प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्र्रद्धाञ्जलि  राजकीय भ्रमणमा रहएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रतिपूरा पढ्नुहोस्


गोरखकाली रबर उद्योग खुलाउन माग 

खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता

चैत २४, पोखरा प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका छन् ।  बाग्लुङका प्रदेशसभा सदस्य पियारी थापाले जनता बरेङ गाउँपालिका वडा नं ५ बाग्लुङमा खानेपानी लिनका लागि दुई तीन घण्टासम्म बोकेर ल्याउन बाध्य भएकाले समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराए । कास्कीकी पुष्पा केसीले महिला हिंसा रोकथामका साथै हिंसापीडित महिलाई पुनःस्थापना गरिनुपर्नेमा जोड दिँदै महिला सरकारी कर्मचारीलाई ९८ र शिक्षिकालाई ६० दिन प्रसूति विदा दिने गरी गरिएको विभेद अन्त्य गर्न र ठाउँ ठाउँमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्ने बताए । कास्कीकैपूरा पढ्नुहोस्