Main Menu

May, 2018

 

नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

जेठ १७, भक्तपुर यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोहमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको हो । यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी भएको छ, गोप्य रुपमा सक्कली लाइसेन्स बनाइदिन्छु भनेर परीक्षार्थीसँग रकम उठाउँदै आएको अभियोगमा प्रहरी वृत्त थिमिबाट खटिएर गएका प्रहरीले ट्रायल सेन्टरबाटै काभ्रेपलाञ्चोक पाँचखाल – ६ बस्ने वर्ष ५० का प्रेम अधिकारीलाई पक्राउ गरेकोपूरा पढ्नुहोस्


सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

जेठ १७, बैतडी गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उहाँले भन्नुभयो । “सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ”, उहाँले बताउनुभयो । उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्नपूरा पढ्नुहोस्


तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

जेठ १७, तेह्रथुम तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५\७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्याङलुङ नगरपालिकाका लागि रु २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा रु २१ करोड २७ लाख, छथर गाउँपालिकामा रु २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा रु २० करोड ३५ लाख बजेटपूरा पढ्नुहोस्


अख्तियारी प्राप्त नहुँदा शिक्षाका काम प्रभावित

जेठ १७, जाजरकोट जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् । समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन—२०७४ अनुसार २०७४ चैत २८ गते पछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन भइरहेका आव ०७४\०७५ का कार्यक्रम अख्तियारी नहुँदा प्रभावित भएका हुन् । रकम निकासा नहुँदा विद्यालय भवनको काम अघि बढाउन समस्या भएको भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताउनुभयो । कार्यालयमा धाउन थालेको महिना दिन भइसक्यो तर अहिलेसम्म अख्तियारी आएको छैन भन्दैपूरा पढ्नुहोस्


आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

जेठ १७, खजुरा बाँके बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन् । अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत् कार्यालयले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ । आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा बढीपूरा पढ्नुहोस्


पर्यटन विकासमा होटलको महत्व -मन्त्री अधिकारी

जेठ १७, काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताउनुभएको छ । पर्यटकीयस्थल ठमेलमा स्थापना भएको ‘नेपाली घर’ नामक होटलको बुधबार उद्घाटन गर्दै मन्त्री अधिकारीले होटलले पाहुनालाई अत्याधुनिक सुविधाका साथै नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले करीब चार वर्षमा निर्माण सम्पन्न भएको पाँचतले अत्याधुनिक होटलमा अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे सरहका सुविधा उपलब्ध रहेको बताउँदैपूरा पढ्नुहोस्


उपत्यकामा साइबर अपराधका घटना बढ्दो

जेठ १७, काठमाडौँ काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् । साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । “विभिन्न सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेरपूरा पढ्नुहोस्


चितुवाको आक्रमणबाट महिला गम्भिर

जेठ १७, राजविराज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घाइते सरदारको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।


दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

जेठ १७, बुटवल रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ । अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारीपूरा पढ्नुहोस्


खेतबारीमा पोटास र फोस्फोरसको कमी

जेठ १७, दाङ दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ । बुधबार भएको उपमहानगरस्तरीय निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको जिल्ला कृषि विकास कार्यालयका माटोविज्ञ दिगम्वर यादवले बताउनुभयो । “अधिकांश जमिनमा पोटासको मात्रा न्यून र फोस्फोरसको मात्रा ७५ प्रतिशत देखिएको छ, खेतीयोग्य जमिनमा पोटास र फोस्फोरस हाल्नुपर्ने देखिएकोछ” उहाँले भन्नुभयो । एकीकृत मलखाद व्यवस्थापन र अम्लीयपनाको सुधार स्वस्थ बाली उत्पादन र कृषि व्यवसायीकरणको आधार भन्ने मूल नाराका साथ दुई दिनसम्म शिविर आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगर कृषि विकास शाखाले तुलसीपुरमा आयोजना गरेको शिविरमा ११४ जना किसानलेपूरा पढ्नुहोस्