Main Menu

Thursday, May 3rd, 2018

 

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

वैशाख २०, सोल प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनामा सातले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक अस्त्र बिहीन बनाउन सम्भव भएको बताएका थिए । रियलमिटर नाम दिइएको उक्त सर्वेक्षणमा सहभागीमध्येका ७१.४ प्रतिशतले यस्तो बताएका जनाइएको छ । दक्षिण कोरियाका ५०१ जना नागरिकलाई सो सर्वेक्षणमा संलग्न गराइएको उक्त सर्वेक्षण संस्थाले जनाएको छ । उक्त सर्वेक्षणको परिणाम बुधबार सार्वजनिक गरिएको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका करिब ९० प्रतिशत सदस्यहरुले पनि कोरियालीपूरा पढ्नुहोस्


लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

वैशाख २०, काठमाडौँ नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद भएको हो । संस्थानले धनगढीबाट ४४ हजार ६१७ क्वीन्टल, राजापुरबाट एक हजार ९४६क्वीन्टल महेन्द्रनगरबाट एक हजार १८८ क्वीन्टल, नेपालगञ्जबाट १३ हजार १०८ क्वीन्टल, लहानबाट ५६ हजार ७५२ क्वीन्टल, जनकपुरबाट चार हजार १५४ क्वीन्टल , वीरगञ्जबाट २९ हजार ९९८क्वीन्टल, विराटनगरबाट नौ हजार ९९५क्वीन्टल र विर्तामोडबाट १९पूरा पढ्नुहोस्


दाङमा सार्वजनिक यातायात बन्द

वैशाख २०, दाङ यहाँका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताए । सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले आजदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन् । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताए । “भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन्, त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौँ,” डायल इञ्चार्जपूरा पढ्नुहोस्


नासुको भरमा भेरी नगरपालिका

वैशाख २०, जाजरकोट यहाँको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ । आफूभन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन् । नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तरका कर्मचारी छन् । ती अधिकृतस्तरका कर्मचारीले नायब सुब्बालाई हाकिम मान्नुपर्ने बाध्यता आइपरेको छ । नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत रामप्रसाद शर्मा सरुवा भएर जिल्लाबाहिर गएपछि रिक्त रहेको उक्त पदमा कार्यालयकै नायब सुब्बा तुलाराम गिरीलाई कामु कार्यकारी अधिकृत तोकिएको हो । नगरपालिकामा उपसचिवस्तरको कार्यकारी प्रमुखको दरबन्दी रहने व्यवस्था छ तर नगर प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो स्वार्थअनुकूलका अधिकृत नपाएपछि दुई तहपूरा पढ्नुहोस्


शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का

वैशाख २०, नवलपरासी पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले उचित रणनीति अघि बढाएर शैक्षिक गुणस्तरीयता प्रदान गर्न नसक्ने शिक्षकको हकमा पाउँदै आएको सेवा सुविधासमेत रोक्का गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिए । वास्तविक नतिजाअनुसार तीन सय १५ जना विद्यार्थीमध्ये कक्षा ८ मा यसबर्ष चारजना मात्र विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले जानकारी दिएपूरा पढ्नुहोस्


ऐतिहासिक ढुङ्गेधाराको संरक्षण

वैशाख २०, बाबियाचौर, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् । आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रुपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय बासिन्दाले “सुनधारा” नामाकरण गरेको ऐतिहासिक सम्पदाको संरक्षण गरिएको वडा सदस्य हर्कबहादुर पुर्जाले जानकारी दिए । पित्तल धातु लेपन गरेर गाई र साढेको अनुहार आकार भएको दुईवटा धाराबाट पानी खस्ने बनाइएको छ । ट्यांकी निर्माण, धाराको भित्ता र भूइँमा टायल बिछ्याएइको छ । गुजुमुञ्ज ढुंगे घरको बाक्लो बस्ती रहेको घराम्दी गाउँकोपूरा पढ्नुहोस्


अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

वैशाख २०, रोल्पा रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् । बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह गरिरहेको एक जोडीलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरी कानूनी उपचारसमेत थालनी गरेको छ । रोल्पा नगरपालिका– २ का १७ वर्षीय राजकुमार खड्काले सोही नगरपालिका–१ हरिगातिनाकी १७ वर्षीया किशोरीसँग बालविवाह गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । स्थानीय बालविवाह न्यूनीकरण सञ्जालले उमेर नपुग्दै विवाह नगर्न पटकपटक सम्झाउँदासमेत नमानेपछि प्रहरीमा उजुरी गरिएको थियो ।पूरा पढ्नुहोस्


विद्यालयले अशोकलाई निःशुल्क पढाउने

वैशाख २०, पथरी, मोरङ पछिल्लो समय युट्युव तथा सामाजिक सञ्जालमा भाइरल बनिरहेका मोरङको उर्लाबारीका अशोक दर्जीलाई निःशुल्क १० कक्षासम्म पढाउने कागजी सहमति भएको छ । उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले अशोकलाई होस्टलसहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको हो । उर्लाबारीका समाजसेवी पूर्ण वाइवा, समाजसेवी किशोर श्रेष्ठ, विवेक हिङमाङलगायत स्थानीयको उपस्थितिमा अशोकका बुबा पूर्ण दर्जी, आमा ललिता दर्जी र विद्यालयका सञ्चालक दीपक न्यौपानेबीच यस्तो सहमति भएको हो । अशोकलाई चाहिने सम्पूर्ण सामग्री पनि स्कूलले नै उपलब्ध गराउने पनि सहमति भएको छ । यसैगरी, अशोकसँगै उनका दुईजना बहिनीलाई पनि १० कक्षासम्म पढ्ने वातावरण स्कूलले मिलाउने सहमति भएको छ । बहिनीलाई भनेपूरा पढ्नुहोस्


एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

वैशाख २०, जाजरकोट बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ । अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ । स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनुपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने कानूनी प्रावधान छ । अस्पताल प्रशासनले उनलाई कारबाहीका लागि सम्बन्धित निकायमापूरा पढ्नुहोस्


जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिनेः पर्यटन मन्त्री

२० वैशाख, चरिकोट जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउने पहल गर्ने बताएपछि स्थानीयबासी झनै उत्साहित बनेका हुन् । दोलखाको खरिढुंगामा एक गैरसरकारी संस्थाले निर्माण गरेको विद्यालय भवन उद्घाटनका क्रममा दोलखा आएका अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनको सम्बन्धमा स्थलगत निरीक्षण गरेका हुन् । जिरी विमानस्थलको धावनमार्ग नजिकै भएको छोटो अन्तर्क्रियापूरा पढ्नुहोस्