Main Menu

Thursday, May 17th, 2018

 

सभा गृहमा एमाले-माओवादी मिली नेकपा गठनको घोषणा हुँदै

जेठ ३, काठमाडौँ आज विहीवार साँझ ५ बजे राजधानीको सभागृहमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र एकता भई गठन भएको ‘नेपाल कम्युनिष्ट पार्टी’ को सार्वजनिक घोषणा हुँदैछ । पत्रकार सम्मेलन गरी गर्न लागिएको सो घोषणा सभामा सहभागी हुन अहिले त्यहाँ ठूलो सङ्ख्यामा पत्रकारका साथै सर्वसाधारणको घुईंचो लाग्दैछ । यसअघि आजै पार्टी एकताको प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमालेपूरा पढ्नुहोस्


विवाहको खर्च कटाएर गुणस्तरीय शिक्षाको लागि १० लाख सहयोग

जेष्ठ ३, काठमाडौँ अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख टिच फर नेपाल शैक्षिक अभियानलाई सहयोग गरेका छन् । करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानमा सहयोग गरेका हुन् । विगत केही वर्षदेखि टिच फर नेपालको काम नियालिरहेका शाक्यले भने, “टिच फर नेपाललाई सहयोग गर्ने मेरो ठूलो सपना थियो । शिक्षामा क्षेत्रमा सहयोग गर्दा धेरै विद्यार्थीको जीवन परिवर्तन हुने महसुस गरेर यो सहयोग गरेका हौँ ।” नेपाल र अमेरिकाका उत्कृष्ट भनिएका स्कुल र विश्वविद्यालयमा अध्ययन गरेका शाक्यले गुणस्तरीय शिक्षाको महत्व व्यक्तिगत रूपमा आफूले नै अनुभूतपूरा पढ्नुहोस्


राष्ट्रिय वन अतिक्रमणको चपेटामा

जेठ ३, वीरगञ्ज बसाइँसराई तथा बढ्दो जनसंख्याका कारण बारामा रहेको राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्दै आएको छ । बारा जिल्ला वन कार्यालयका अनुसार विगत ३५ वर्षयता भूमाफियाको चपेटामा करीब रु एक खर्ब ५० करोड मूल्य बराबरको १८ हजार बिघा राष्ट्रिय वन अतिक्रमण गरी सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् । जिल्लाको अमलेखगञ्ज, चकरी, डम्बरपुर, रतनपुरी, सिगोल, लाल, निजगढ, बाघभैरब, कोलबी, बोधबन, मधुवन, जैतापुर, कक्डी, डकाहा, डुबरबोना, सिमरालगायत ठाउँमा रहेको राष्ट्रिय वन मासेर अतिक्रमण गरी मानिसहरु बसोबास गर्दै आइरहेको हुन् । विसं २०३२ देखि राष्ट्रिय वनमा अतिक्रमण शुरु भएर २०६२÷६३ को जनआन्दोलनसम्म आईपुग्दा व्यापक मात्रामा राष्ट्रिय वन अतिक्रमण भएको उल्लेख गर्दै जिल्लापूरा पढ्नुहोस्


अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा (जनकपुर–अयोध्या) अनिश्चितकालको लागि थन्कियो

जेठ ३, महेन्द्रनगर, धनुषा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् । गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट रपूरा पढ्नुहोस्


सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यालयसँग २७ बुँदे सम्झौता

जेठ ३, भक्तपुर सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका ४० सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र नगर प्रमुखबीच सम्झौता भएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरिएको बताउँदै संविधानले विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएपछि यो अधिकार कार्यान्वयनको शिलशिलामा सामुदायिक विद्यालयहरुमा खस्ँिकदै गएको शैक्षिक गुणस्तर सुधार्नका लागि अभियान शुरु गरेको बताउनुभयो । उक्त नगरपालिकाभित्र नौ माध्यमिक र ३१ आधारभूत विद्यालय गरी ४० वटा सामुदायिक विद्यालय छन्पूरा पढ्नुहोस्


आलुको मूल्य नपाएपछि किसान चिन्तित

जेठ ३, बनेपा काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् । यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउनुहुन्छ । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयाे, “आलुखेतीबाट खासै फाइदा भएन, गरेको लगानी धानखेतीबाट उठाउने गरेको छु ।” खोपासीका किसान सविना श्रेष्ठ उचित मूल्य नपाउँदा मारमा परेको बताउनुहुन्छ । “खेती नै यही हो, मूल्य नपाउँदा मारमा परेका छाैँ,” उहाँले भन्नुभयो । किसानले आलु प्रतिधार्नीपूरा पढ्नुहोस्


भारतीय नहर थुनेर आन्दोलनमा उत्रने चेतावनी

जेठ ३, नवलपरासी पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकाैं आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका हुन् । गण्डक सम्झौताको मर्मअनुरुप भारतले काम नगरिदिएका कारण पश्चिम नवलपरासीका साविक १३ गाविस क्षेत्रका बालीनाली सबै डुबानमा पर्ने कारणले त्यहाँका किसान नोक्सानी व्यहोर्न बाध्य छन् । मागप्रति बेवास्ता गरे आफूहरु संघर्षमा उत्रन बाध्य हुने गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दूधनाथ गुप्ताले बताउनुभयो । क्षतिपूर्ति दिलाउनका लागि २०६५ जेठमा भारतमा सिँचाइका लागि पानीपूरा पढ्नुहोस्


संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी हुने अध्यक्ष यादवको भनाइ

जेठ ३, विराटनगर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताउनु भएको छ । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो । संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उहाँले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रुपमा लिने जानकारी दिनुभयो । नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम्पूरा पढ्नुहोस्


मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

जेठ ३, काठमाडौँ सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । श्रममन्त्री गोकर्णराज विष्टले आज पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन, परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रु १२५, मलेसियन दूतावासमा एकीकृत सेवा (ओएसस)का नाममा लिइने दुई हजार ८०० र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजारपूरा पढ्नुहोस्


कामपाको खरिद र शिक्षा नियमावली राजपत्रमा सार्वजनिक

जेठ ३, काठमाडौँ काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक खरिद नियमावली, २०७४ र विद्यालय शिक्षा नियमावली, २०७४ राजपत्रमार्फत सार्वजनिक गर्नुभएको छ । कामपाले बुधबार आयोजना गरेको कार्यक्रममा सार्वजनिक खरिद ऐन, २०६३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान र व्यवस्थामा प्रतिकूल नहुने गरी स्थानीय सरकारले प्राप्त गरेको अधिकारको प्रयोग गरेर यी नियमावलीहरु प्रमुख शाक्यले सार्वजनिक गर्नुभएको हो । प्रमुख शाक्यले काठमाडौँका नागरिकले अपेक्षा गरेको विकास पद्धति र सहभागितामूलक विकासबाट समृद्धि प्राप्त गर्न नियमावलीहरु आधार हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ज ले दिएको आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाईपूरा पढ्नुहोस्