Main Menu

Tuesday, May 29th, 2018

 

पिसाब संकलन गरी तरकारीखेती

जेठ १५, बझाङ खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् । थलारा गाउँपालिका–६ का हर्कबहादुर विष्टले खेर गएको मान्छेको पिसाब संकलन गरी भाडाको जग्गामा तरकारीखेती गर्न थाल्नुभएको हो । मान्छेको पिसाब खेर गएको छ, खेर गएको पिसाबलाई संकलन गरेर आफूले एक वर्षदेखि संकलन गरी तरकारीमा प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । हर्कबहादुरले भन्नुभयो अरुले छिछी र दुर्दुर गर्छन् तर मैले विद्यालय, क्याम्पस र बैठक गोष्ठी हुने ठाउँमा पिसाब संकलन गर्ने चर्पीमा प्लाष्टिक जर्किन राख्ने गरेको छु । गाउँमा बसेर आत्मनिर्भर हुने उद्देश्यले सात वर्षदेखि सप्रोस नेपालमा जागिर गर्दै आएको भए पनि आफूले जागिर छोडेर तरकारीखेतीमा लागेकोपूरा पढ्नुहोस्


मन्त्रिपरिषद्वारा बजेट स्वीकृत

जेठ १५, काठमाडौँ सरकारले आगामी आर्थिक वर्ष २०७५\७६ का लागि तयार गरिएको आयव्ययको अनुमान स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्ययसहित बजेट संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आज आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को आजको दोस्रो बैठकमा टेबुल गर्नुहुनेछ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋणपूरा पढ्नुहोस्


जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु

जेठ १५, डडेल्धुरा आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । जीपमा ११ जना सवारमध्ये सात जना घाइते भएकामा दुई जनालाई उपक्षेत्रीय अस्पतालबाट अन्यत्र उपचारका लागि सिफारिस गरी पठाइएको छ भने अन्य पाँच जनाको उपक्षेत्रीय अस्पताममा नै उपचार भइरहेको अस्पतालले जनाएको छपूरा पढ्नुहोस्


स्टाफ कलेजलाई संघीयताको अध्ययन केन्द्र बनाइने

जेठ १५, काठमाडौँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)लाई ‘संघीयताको अध्ययन केन्द्र’का रुपमा विकास गर्न थालिएको छ । मुलुक भर्खरै संघीयतामा प्रवेश गरेसँगै सोबारे जानकारी दिनका लागि अध्ययन केन्द्रका रुपमा विकास गर्न थालिएको प्रतिष्ठानका उपकार्यकारी निर्देशक खेमराज पुँजालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले अध्ययन केन्द्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक कामसमेत शुरु गरिसकेको छ । अध्ययन केन्द्रका रुपमा विकास गरिसकेपछि प्रतिष्ठानमा संघीयतासम्बन्धी सम्पूर्ण जानकारी राखिनेछ । “हाम्रो मुलुकमा संघीयता पहिलो अभ्यास हो । त्यसैले सबैलाई यसको बारेमा थाहा नहुुन सक्छ”, उहाँले भन्नुभयो, “त्यसैले जो कोहीलाई पनि संघीयताबारे जानकारी दिनका लागि हामीले प्रतिष्ठानलाई अध्ययनका रुपमा विकास गर्नका थालेका हौँ ।” अध्ययनपूरा पढ्नुहोस्


आयोगले उपत्यका खानेपानी लिमिटेडलाई छलफलमा बोलायो

जेठ १५, काठमाडौँ उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग गरिएको तस्बीर राष्ट्रिय समाचार समिति (रासस) मार्फत सार्वजनिक भएपछि सोधखोज शुरु भएको छ । खानेपानी महसुल निर्धारण आयोगले जेठ १४ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेखी पानी चोरी भएको सम्बन्धमा छलफलका लागि बुधबार बोलाएको अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताउनुभयो । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने वाग्मतीको पानी गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा मूल पाइपबाटै ड्रिल गरी वितरण गरिएको छ । नगरपालिका– २ र ४ जोड्ने कोलमती खोलामा ड्रिल गरी पानी बस्तीमा वितरणका लागि लगिएको तस्बिर राससबाट जेठ १३ गते आइतबार सार्वजनिक भएको थियो । यो तस्बिर अनलाइनपूरा पढ्नुहोस्


‘समृद्धिका लागि दलहरु एक ठाउँमा उभिनुपर्छ’

जेठ १५, काठमाडौँ विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि सम्पूर्ण दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् । गणेशमान सिंहको स्मृति र गणतन्त्र स्थापनाको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित “संविधानको गतिशीलता र राजनीतिक दलको भूमिका” विषयको एक गोष्ठीमा ती नेताले दलहरु आपसमा मिल्दा मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन सम्भव भएको भन्दै अब मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान जारी भई कार्यान्वयनको चरणमा रहे झै वर्तमान सरकार पनि अग्नि परीक्षामापूरा पढ्नुहोस्


कटानसंगै विरुवा रोपेर वन व्यवस्थापन

जेठ १५, धनकुटा एक सय चालिस वर्ष पुरानो सल्लेरी वनको रुख कटान गरी नयाँ बिरुवा रोपेर वन व्यवस्थापन गरिएको छ । जिल्ला वन कार्यालयका अनुसार सदरमुकामस्थित धनकुटा नगरपालिका ६ नं वडामा रहेको सल्लेरी वनको पुराना रुख कटान पछि नयाँ बिरुवा रोपिएको हो । गतवर्ष पनि जिल्ला वन समन्वय समितिले बैठकले पनि पुराना रुख काटेपछि नयाँ बिरुवा रोप्ने निर्णय गरी काम शुरु गरेको थियो । राणाकालीन समयमा रोपिएको सल्लेरी वनको रुख व्यवस्थापन गर्ने कार्ययोजना अन्तर्गत गत वर्ष ७९ वटा रुख कटान गरिएको थियो भने यस वर्ष ४९ वटा रुख कटान गरिएको छ । वन व्यवस्थापन कार्ययोजनाअनुसार यसवर्ष २०० सल्लाका बिरुवासमेत रोपिएकोपूरा पढ्नुहोस्


सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

जेठ १५, सल्लेरी, सोलुखुम्बु सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ । सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ । वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोहीपूरा पढ्नुहोस्


छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

जेठ १५, बनियानी, झापा भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ । गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । चापागाईंमाथि जातीय छुवाछूत गरेको किटानी जाहेरी परेको थियो । प्रहरीले शनिबार राति नै गुरुकूलका शिक्षक राजन पौडेललाई पक्राउ गरे पनि असम्बन्धित भनी सोधपुछपछि छाडिदिएको थियो । गुरुकूलको शनिबार आयोजित विशेष साधारणसभाले विद्यार्थी भर्ना गर्ने निर्णय गरिसकेको छ ।


प्रदेश २ मा तत्काल विश्वासको मत लिनु नपर्ने

जेठ १५, महेन्द्रनगर, धनुषा प्रदेश २ मा लालबाबु राउत नेतृत्वको सरकारलाई अहिले तत्काल विश्वासको मत लिनु नपर्ने स्थिति देखिएको छ । प्रदेश २ का सभामुख सरोज यादवले गठबन्धन दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत माग्नु पर्ने स्थिति आउने बताउनुभयो । सभामुख यादवले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राउत नेतृत्वको गठबन्धन तत्काल नढल्ने बताउनुभयो । उहाँका अनुसार कानूनतः सरकार बाहिर रहेका दलले समर्थन फिर्ता लिँदा कुनै असर पर्दैन । सभामुख यादवले भन्नुभयो, “राजपाले पनि समर्थन फिर्ता लिएको भए मुख्यमन्त्रीले विश्वासको मत लिनुपथ्र्यो तर, अहिले त्यो अवस्था छैन । राजपा सरकारपूरा पढ्नुहोस्