Main Menu

Sunday, May 13th, 2018

 

दाङमा क्षयरोगी बढे

वैशाख ३०,  तुलसीपुर, दाङ दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् ।  जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी थपिने गरेका छन् ।  डट्स प्रविधिबाट बिरामीलाई ६ महिना सम्मको उपचार हुने भएकाले पुराना बिरामी निको हुँदै जाने र नयाँ बिरामी थपिँदै जाने भए पनि बर्षेनी एक हजार २०० को संख्याभन्दा पनि बढी बिरामी उपचारका लागि थपिने गरेको पनि अधिकृत कवँरले जानकारी दिनुभयो । उहाँका अनुसार यस रोगबाटपूरा पढ्नुहोस्


दुईवटा भारतीय ट्रकमा आगजनी

वैशाख ३०, मलेखु, धादिङ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती,पूरा पढ्नुहोस्


भरतपुरमा बम विस्फोट

वैशाख ३०, रत्ननगर, चितवन चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताउनुभयो । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उहाँले बताउनुभयो । विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ ।


आन्दोलनका कारण मिटर रिडिङमा समस्या

वैशाख ३०,  नवलपरासी पूर्वी नवलपरासीको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ । ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर रिडिङमा समस्या भएको हो । कावासोती वितरण केन्द्रअन्तर्गत रहेका झण्डै २० जना मिटर रिडर आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएपछि केन्द्रअन्तर्गत रहेका विभिन्न क्षेत्रका सेवाग्राहीको मिटर रिडिङमा समस्या भएको छ । दैनिक ज्यालादारीमा काम गर्दै आएका मिटर रिडरहरुले आफूहरु स्थायी दरबन्दी कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्युत् वितरण केन्द्र कावासोतीले मिटर रिडिङका लागि आवश्यक दरबन्दी नभएपछि ज्यालादारीमा मिटर रिडरपूरा पढ्नुहोस्


महेन्द्रनगरबाट छुटेको बस दुर्घटना : पाँच जनाको मृत्यु

वैशाख ३०,  भीमदत्तनगर कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको राससले जनाएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन भने बसमा रहेका २१ जना घाइते भएका छन । घाइतेमध्ये पाँच जनालाईपूरा पढ्नुहोस्


बिचार/विश्लेषण

विकास र समृद्धि : पुँजीवादकै चिहान बन्छ, बनाइनु पर्छ

लोकतन्त्र, विकास र समृद्धिको नारा वा कार्यक्रम पुँजीवादको जन्मकालदेखि नै रहँदै आयो । पुँजीवादको मुख्य ध्येय भनेको पुँजीपति वर्गले उद्योग व्यवसायमा वस्तु तथा माल उत्पादन गर्ने र त्यसको बजार निर्माणका लागि भौतिक पूर्वाधार निर्माण गर्नु हो । माल बजारमा बिक्री गरी नाफा कमाउनु नै पुँजीपति वर्गको एक मात्र स्वार्थ हो । यसका लागि प्राकृतिक स्रोत–साधन दोहन गर्ने, त्यसलाई उद्योगसम्म ल्याई पुर्याउने र त्यहाँबाट वस्तु उत्पादन गरी मालको रुपमा बजारमा पुर्याई बिक्री वितरण गर्नका लागि पुँजीपति वर्गलाई हरेक क्षेत्रमा स्वतन्त्रता र पूर्वाधारको विकास जरुरी हुन्छ । त्यसैले राज्यसत्ता आफ्नो हातमा आइसकेपछि उसले लोकतन्त्रको प्रत्याभूति र विकास निर्माण गर्ने गर्छ । यहाँपूरा पढ्नुहोस्