Main Menu

Friday, May 11th, 2018

 

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

२८ वैशाख, रत्ननगर, चितवन चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु २ करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए । “अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण संकलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमापूरा पढ्नुहोस्


हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच एकता : प्रचण्ड

वैशाख २८, बर्दिवास नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता बितेका निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले हिजो यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।” अध्यक्ष प्रचण्डले “एकतामा संसय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं” भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताउनुभयो । नेकपा एमालेकापूरा पढ्नुहोस्


पारिजात सृजन सम्मान पोखरेललाई

वैशाख २८, काठमाडौं यस वर्ष पारिजात  सृजन सम्मान -२०७४ बाट वरिष्ठ समालोचक डि.आर.पोखरेललाई प्रदान गरिएको छ । वि.स. २०११ सालमा ओखलढुङ्गाको बितलब, रुम्जाटारमा जन्मिनु भएका डिल्लीराम पोखरेल नै साहित्यकार डि.आर.पोखरेल हुनुहुन्छ । हाल चितवनको भरतपुरमा बसेर साहित्य सिर्जनामा लागिरहनु भएका पोखरेलका समालोचना, निबन्ध, जीवनी, संस्कृति आदि विषयमा एक दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् । सुप्रसिद्ध साहित्यकार पारिजातका सम्पूर्ण रचनाहरु अध्ययन गरेर समालोचनाको पूर्ण कृति सिर्जना गर्ने उहाँ नै एक्लो समालोचक हुनुहुन्छ । हरेक वर्षझैं यस वर्ष पनि पारिजात स्मृति केन्द्रले ‘पारिजात सृजन सम्मान’ पुरस्कार प्रदान गर्ने क्रममा हिजो उहाँलाई सो सम्मानबाट सम्मानित गरिएको हो । पारिजात स्मृति केन्द्रका वर्तमान अध्यक्षपूरा पढ्नुहोस्


भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

वैशाख २८, जनकपुरधाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ । भारतको पटनाबाट सिधै जनकपुरधाम आउनुहुने भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा तीन वटा हेलिप्याडको निर्माण गरिएको छ । भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उहाँको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्दैछ । जनकपुर विमानस्थलमा भारतीयपूरा पढ्नुहोस्