Main Menu

Wednesday, May 9th, 2018

 

महिलालाई स्वदेशमै रोजगारी

वैशाख २६, विराटनगर सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ । प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य शुरु गरेको हो । सुलभ समाधान प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न १६ वटा कामका लागि प्रशिक्षित घरेलु महिला कामदार उपलब्ध गराउने जानकारी दिइयो । न्यूनतम शुल्कमा मासिक तथा दैनिक रुपमा हाउस मेड, भान्साको कार्य र अन्य सेवा प्रवाहका लागि दक्ष एवम् प्रशिक्षित कामदार उपलब्ध गराउने सो संस्थाका अध्यक्ष तेजराज कोइरालाले बताउनुभयो ।पूरा पढ्नुहोस्


विभिन्न अध्यादेश स्वीकृत

वैशाख २६, काठमाडौँ संघीय संसद्, प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ लाई बहुमतले स्वीकृत गर्यो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ र ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ((पहिलो संशोधन) अध्यादेश २०७५’ लाई बहुमतले स्वीकृत गर्यो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो अध्यादेश सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । बैठकले कानून, न्याय, तथा संसदीय मामिलामन्त्री तामाङद्वारा प्रस्तुत ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियपूरा पढ्नुहोस्


कृषि उपज बजारिकरणको जिम्मा नगरपालिकाले लिने

वैशाख २६, फलेवास, पर्वत किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ । फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो । “किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अण्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ” फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले भन्नुभयो, “अब वस्तु बिक्रीको समस्या हुन्न ।” चालु आवमा फलेवास नगरपालिकाले रु दुई करोड ५० लाख बराबरको किसानलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरेको छ । फलेवास नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ र कार्कीनेटा तरकारी उत्पादनको पकेट क्षेत्र हो । शंकरपोखरी, कुर्घा, लिमिठाना र कार्कीनेटामा दूध उत्पादन पर्याप्त मात्रामापूरा पढ्नुहोस्


सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता

वैशाख २६, काठमाडौँ सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजिआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज सभामुख महरासँग भेटवार्ता गरेको हो । त्यस अवसरमा सभामुख महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताउनुभयो । “नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ”, उहाँले भन्नुभयो, “जनता–जनता बीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।” नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षापूरा पढ्नुहोस्


प्रहरी वृत्त थिमि घेराउ

वैशाख २६, भक्तपुर मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको ¥याली तथा प्रदर्शनपछि प्रहरी वृत्त थिमि घेराउ गरिएको हो । मध्यपुरथिमि बालकुमारीबाट शुरु भएको विरोध ¥याली, दुईपोखरी, बाहाखा बजार, नगदेश परिक्रमा गर्दै प्रहरी वृत्त थिमि पुगेर घेराउ गरेको छ । प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनसँग भेट गरी आक्रमणकारीलाई तत्काल पक्राउ गर्न मागपूरा पढ्नुहोस्


इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर के पर्छ भन्ने विषयमा विश्वव्यापी चर्चा सुरु

वैशाख २६ , वासिङ्टन अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो । हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै अमेरिकाले अलग भएको घोषणा गरेको समाचारमा जनाइएको छ । अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरु फ्रान्स, इरान, जर्मीनी र बेलायतबीच सन् २०१५ मा शान्तिको पक्षमा भन्दै सो सम्झौता भएको थियो । यस सम्झौताबमोजिम इरानले परमाणु कार्यक्रम रोक्ने सहमति भएको थियो । इरानले परमाणु कार्यक्रम रोक्ने र अरु शक्ति राष्ट्रहरुले उमाथि लगाइएका परमाणुसम्बन्धीपूरा पढ्नुहोस्


सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड

वैशाख २६, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताउनुभएको छ । आज बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो,‘‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ । त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’’ उहाँले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वासपूरा पढ्नुहोस्


कुमाल समुदायको परम्परागत लोक संस्कृति लोप हुँदै

वैशाख २६, रामपुर, पाल्पा कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ । दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउनुहुन्छ । पुरानो लोक संस्कृति नयाँ पुस्ताले अवलम्बन नगर्दा समुदायबाटै लोप हुँदै गएकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । “अहिलेका युवाले पुरानो संस्कृति सिक्न खोज्दैनन््, पुराना गीत गाउने र नाच्ने व्यक्ति मरेर गएपछि संस्कृति पनि हराउन पुग्यो” उहाँले भन्नुभयो । रामपुर नगरपालिका–६ को तिलकपुर क्षेत्रमा करीब २२५ घरपरिवार कुमाल समुदायको बसोबास छ । तर यहाँका कुमाल समुदायकापूरा पढ्नुहोस्


द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न-‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

वैशाख २६, काठमाडौँ रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका छन् । रोल्पा सदरमुकाम लिवाङमा भेटिएका उनले भने, “मेरो बाबालाई अपहरण गरी बेपत्ता पारियो, पछि उहाँलाई मारियो भन्ने छ, उहाँको अवस्थाबारे कसैले खोजिदियोस्, खोजेर सहयोग गरोस् भन्ने आशा गरेको छु ।” रोल्पाका धनबहादुर रोकाया मगर रेडियो नेपालको क्षेत्रीय प्रसारण सुर्खेत केन्द्रमा खाममगर भाषाको समाचार वाचन गर्थे । आफ्नो गृह जिल्लाको सदरमुकाम लिवाङमा रहेको परिवार भेटेर सुर्खेत फर्कंदा उनी २०५९ साउन १९ गते प्यूठानको जलुकेबाट तत्कालीन माओवादीको अपहरणमा परे । अपहरण गरेको छपूरा पढ्नुहोस्


सेनापीडित महिलाले अझै न्याय पाउन सकेनन्

वैशाख २६, चितवन चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको छ । तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उनले बताए । महासंघको अगुवाइमा नेपाली सेनाको मध्यपृतना हेटौँडामा निवेदन दिएका ५७ जनामध्ये २७ जनालेपूरा पढ्नुहोस्