Main Menu

Tuesday, May 8th, 2018

 

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

वैशाख २५, भीमदत्तनगर वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिए । निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी थप सुविधायुक्त बनाउनसमेत बजेट आएको उनले बताए । निकुञ्जभित्र यसअघि विभिन्न सयमा गरेर करीब एक दर्जन ताल निर्माण भइसकेका छन् । “चालू आवमा ६ वटा ताल खनिँदैछन् ।” उनले भने, “कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ ।” शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी करिब दुई दर्जन ताल छन् । शुक्लाफाँटापूरा पढ्नुहोस्


बिचार/विश्लेषण

मार्क्स र मार्क्सवाद

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो र त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो । यो कमाउधन्दा बढिरहँदा फ्रान्सेली क्रान्तिताकापूरा पढ्नुहोस्


धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

वैशाख २५, चितवन भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु परेको छ । उनीहरुले समयमा टिकट नपाउने समस्या समेत झेल्दै आएका छन् । धावन मार्गको पूर्वतर्फ मापदण्ड विपरीतका संरचना निर्माण भएका कारण हाल रहेको धावनमार्गको पूरै प्रयोग गर्न विमान चालकले सकिरहेका छैनन् । एक हजार २०० मिटरपूरा पढ्नुहोस्


वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

वैशाख २५, काठमाडौँ श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले बताए । “मन्त्रालयले समन्वयात्मकरुपमा सम्बन्धित मुलुकका राजदूतावास र सरकारसँग वैदेशिक रोजगारीका लागि काम गर्छ,” घिमिरेले भने, “रोजगारीका लागि नेपाली युवालाई कुण्ठित गर्न भने सरकारले खोजेको होइन ।” वैदेशिक रोजगार नेपालको बाध्यता भएको भन्दै उनले पूर्व राजदूतहरुसँगको छलफलबाट सरकारले जाँचबुझ निर्देशिकाको निचोड निकालेको जानकारी दिए ।


कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

वैशाख २५, सुर्खेत कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल पारिवारिक स्वास्थ्य सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार १० जिल्लाका ३६ प्रतिशत मात्रै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गरेका छन् । प्रदेशमा ७३ प्रतिशत गर्भ जाँच गराउन स्वास्थ्य संस्थामै पुगे पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा नजाने गरेको मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । गर्भवती जाँच र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा जाने क्रममा आशातीत सुधारपूरा पढ्नुहोस्


द्वन्द्वकालीन बलात्कार पीडितलाई परिपूरणमा प्राथमिकता

वैशाख २५, काठमाडौँ सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन समयमा भएका बलात्कार तथा यौनजन्य हिंसा पीडित महिलाको परिपूरणलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । आयोगले अन्य खालका पीडितले राहतस्वरुप दुईपटक रु पाँच\पाँच लाख राज्यबाट पाइसकेको अवस्थामा बलात्कार र यौनजन्य हिंसा पीडितले हालसम्म कुनै पनि राहत वा परिपूरण नपाएको हुँदा सो कामलाई प्राथमिकता दिएको हो । आयोगका सदस्य मञ्चला झाले भनिन्, “तत्कालीन राज्य र विद्रोही दुवै पक्षका पीडितसँग सुझाव लिइरहेका छौँ, निकै चुनौतीपूर्ण अवस्थामा पीडित महिला छन्, परिपूरणको चाँडो व्यवस्था हुनुपर्नेमा मेरो पनि जोड छ ।” द्वन्द्वकालमा बलात्कारजस्तो जघन्य अपराधका पीडक खुलेआम आनन्दपूर्वक जीवन बिताइरहेका छन् । तर, पीडित महिलाको घरबारपूरा पढ्नुहोस्


प्रत्येक पटक गर्भ जचाउँने महिलालाई अण्डा वितरण

वैशाख २५, वालिङ, स्याङ्जा स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए । “गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो”, नगर प्रमुख खनालले भने, “अर्कोतर्फ पौष्टिक आहाराको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।” गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येकपूरा पढ्नुहोस्