Main Menu

Friday, May 18th, 2018

 

काफल बेचेर कापी कलमको खर्च

जेठ 4, डडेल्धुरा सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका छन् । भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जगंली फल काफल, कोइराल र अमला बेच्नेको ताति नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइखर्चको समेत जोहो गर्ने गरेका छन् । विद्यालय समयपछि बालबालिका प्रायः सो व्यवसायमा लाग्ने गरेका छन् । काफल बिक्रीपूरा पढ्नुहोस्


नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

जेठ ४, तुलसीपुर, दाङ दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तीमध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप छन् । ट्राफिक नियम विपरीत चलाएका सवारी साधनलाई कारबाही गर्दा रु ४३ लाख २३ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिनुभयो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अनुसार, आर्थिक वर्ष २०७३÷७४ मा आठ हजार ४१६ वटा सवारी साधन कारबाहीमा परेकापूरा पढ्नुहोस्


मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

जेठ ४, काठमाडौँ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो । नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेवि संघ मूल्यवृद्धिको विरोधमा उत्रिएको बताउनुभयो । “आयल निगम कमिसनमा होइन पारदर्शी रुपमा चल्नुप¥यो,”–उहाँले भन्नुभयो । नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । यसैबीच नेविसंघले आजै नेपाल आयलपूरा पढ्नुहोस्


सिद्धार्थ राजमार्ग एकतर्फी खुला

जेठ ४, बुटवल सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । गएराति पहिरो खसेको ठाउँ पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा गत आइतबार पनि पहिरो खसेर दुई दिन सडक अवरुद्ध भएको थियो । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधनपूरा पढ्नुहोस्


तालपोखरामा पानी सुक्दै गएपछि डुंगा बन्द

जेठ ४, रामपुर, पाल्पा खडेरी यामसँगै रामपुरको तालपोखरामा पानी सुक्दै गएपछि अहिले डुंगा सञ्चालन बन्द गरिएको छ । डुंगा सञ्चालनकै कारण तालपोखरा क्षेत्रमा भरिभराउ हुने पर्यटक हिजोआज डुंगा सञ्चालन बन्द भएपछि यो क्षेत्र सुनसान बनेको छ । कृत्रिम ताललाई विकास गरेर फेवातालको झल्को दिने तालपोखरामा सञ्चालन हुँदै आएको डुंगा पानीको अभावमा बन्द गरिएको हो । रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको तालपोखरामा डुंगा सञ्चालनमा आएपछि पर्यटकको ह्वात्तै आकर्षण बढेको थियो । दिनहुँ सयौँको संख्यामा तालपोखरामा डुंगा सयर गर्नेको चहलपहल बढेको थियो । अहिले पानीको अभावमा डुंगा सञ्चालन कार्य बन्द गरिएको छ । यहाँ स्थानीय कुला, नहरको पानीबाट डुंगा सुचारुपूरा पढ्नुहोस्


वन्यजन्तु जोगाउन ‘ताल मर्मत र घाँसेमैदान व्यवस्थापन

जेठ ४, रत्ननगर, चितवन पूर्वी चितवनको पर्यटकीय क्षेत्र कुमरोजमा वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ । गर्मी बढेसँगै वनजंगल सुख्खा हुने र तालतलैया सुक्ने हुँदा वन्यजन्तु प्रभावित हुनसक्ने भएकाले तालतलैयाको मर्मत गरी पानीको व्यवस्थापन गर्न थालिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । कुमरोज मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिंगे गैँडा, बाघ, भालु, चित्तल, जरायोलगायत दुर्लभ वन्यजन्तुको वासस्थान छ । तालतलैया, घोल र घाँसे मैदान भएन भने वन्यजन्तुले वासस्थान फेर्ने भएकाले तालतलैया संरक्षण र घाँसेमैदान व्यवस्थापनमा ध्यान दिइएको सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङ बताउनुहुन्छ । यसका लागि वनको आन्तरिक स्रोतबाटपूरा पढ्नुहोस्


केरा खेतीमा रु दश लाखको क्षति

जेठ ४, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पु¥याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् । १३ हजार ५४५ वर्गमिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । ऋण निकालेर केरा खेती गरेको थिएँ, उहाँले भन्नुभयो, “सबै हुरीबतासले उडाएर लगेपछिपूरा पढ्नुहोस्


एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

जेठ ४, फलेवास, पर्वत पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर कामीसहित ७३ वृद्धवृद्धालाई ब्लाङ्केट प्रदान गरी सम्मानित गरिएको हो । उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, पर्वतका उपप्रमुख यमकुमारी रानाले वृद्धवृद्धालाई वडा कार्यालयले गरेको सम्मानको प्रशंसा गर्नुभयो । रानाले वृद्धवृद्धाले समाजका लागि धेरै योगदान पुर्याएको प्रसंग औँल्याउँदै उहाँहरुको त्यो योगदानको कदर गरेर हामीले माया ममता दिनुपर्ने बताउनुभयो ।पूरा पढ्नुहोस्


गुर्जा–ढोरपाटन पदमार्ग निर्माण शुरु

जेठ ४, बेनी, म्याग्दी म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट गुर्जा हुँदै नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने छोटो र सजिलो पदमार्ग निर्माण भएपछि पर्यटक तथा पश्चिम म्याग्दीका दर्जनौँ गाउँका बासिन्दालाई सुविधा हुने भएको छ । धौलागिरि गाउँपालिकाले रु १५ लाख तथा स्थानीयवासीको रु एक लाख ५० हजार जनश्रमदानमा पहिलो चरणमा गुर्जादेखि रुघाचौरसम्मको पदमार्ग बनाइने गुर्जाका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले जानकारी दिनुभयो । “पदमार्गमा स्थानीयवासीले समेत श्रमदान गरेका छन् । एक वर्षभित्र ढोरपाटनसम्म पु¥याउनेछौँ”, छन्त्यालले भन्नुभयो । उहाँले बागलुङ, म्याग्दी र रुकुमसम्म फैलिएको आरक्षको भ्रमणमापूरा पढ्नुहोस्


भ्यासेक्टोमी शिविरमा सेवाग्राही नै आएनन्

जेठ ४, तेह्रथुम जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपछि टोली रित्तै फर्किएको छ । फेदाप गाउँपालिकाको सिम्लेस्थित स्वास्थ्य चौकीमै आयोजना गरिएको पुरुष स्थायी बन्ध्याकरण अर्थात भ्यासेक्टोमी शिविरमा बिहीबार कोही पनि सेवाग्राही आएनन् । सन्तानको रहर पुगेका दम्पतीमध्ये पुरुषमा स्थायी बन्ध्याकरणका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर निःशुल्क भ्यासेक्टोमी शिविरको आयोजना गरेको छ । तर शिविरमा एकजना पनि सेवाग्राही भने आएका छैनन् । परिवार नियोजनको स्थायी साधन भ्यासेक्टोमीपूरा पढ्नुहोस्