Main Menu

Friday, May 25th, 2018

 

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

जेठ ११, रोल्पा मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ । शिशुको जन्म दिएपनि रेखदेख नगरेपछि आफूहरुको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले बताएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेवारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरुले खोजी गरिरहेको आमा समूहका अध्यक्ष मीना घर्तीले जानकारी दिनुभयो । शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरीपूरा पढ्नुहोस्


दलित विद्यार्थी भर्ना नलिनेविरुद्ध मुद्दा

जेठ ११, बनियानी, झापा दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो । “जातीय विभेद गर्ने गुरुकूलका अध्यक्ष र प्राचार्यलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छौँ”, उत्पीडित अधिकार मञ्च झापाका सचिव सागर पोर्तेलले भन्नुभयो, “झापाकै अन्य गुरुकूलमा दलित विद्यार्थी राम्ररी अध्ययन गरिरहेका छन्, तर यहाँ विभेद गरियो ।” दलित विद्यार्थी भर्नापूरा पढ्नुहोस्


जनप्रतिनिधिको एकवर्ष -रत्ननगरमा ‘कल्चरल भिलेज’ बनाइने

जेठ ११, रत्ननगर, चितवन चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ । विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भन्नुभयो, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।” रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरमा ‘कल्चरल भिलेज’(साँस्कृतिक ग्राम) निर्माणका लागि आवश्यक प्रक्रियापूरा पढ्नुहोस्


प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन

जेठ ११, नगरकोट प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बिहीबार भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्नुभएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भवीन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुग्नुभएको समयमा अस्पतालको अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख झालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले स्वागत गर्दै अस्पतालको अवलोकन भ्रमण गराउनुभएको थियो । अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल सरकारी–निजी सहकारीको उत्कृष्ट नमूना भएको भन्दै अस्पतालमा आउने क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको बताउनुभयो । “क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भर्ना गर्न शय्या नपाउँदा दैनिक ३०–४० जना बिरामीलाई फर्काउनुपर्नेपूरा पढ्नुहोस्


घट्दै प्रसूति सेवा लिने महिला

जेठ ११, ललितपुर सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ । अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुभयो । अस्पतालमा अहिले सामान्यबाहेक अरु सेवा छैन । अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण छैन । नेपाल सरकारले लागू गरेको ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएका ठाउँमा २४ घण्टे सेवा उपलब्ध हुनुपर्छ । उहाँ भन्नुहुन्छ, “जनशक्तिको कमीले गर्दा हामीले गर्न गाह्रो भएको छ ।” अस्पतालमा जम्मा सातजना मात्रै कर्मचारी रहेका छन् । प्रत्येक महिना १६\१७ जनासम्म बिरामी सेवा लिन आइरहेका छन् । योपूरा पढ्नुहोस्


इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

जेठ ११, मंगलबारे, इलाम पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो । पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाउनु भएको थियो । प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउने यहाँका पर्यटन व्यवसायीले आशा लिएका छन् । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने बताइएको छ । इलाममा अब यसैसम्बन्धी कम्पनी खोलेर काम अघि बढाइने वताइएको छ । यहाँ प्याराग्लाइडिङ उडेपछि पर्यटकीय नगरपूरा पढ्नुहोस्