Thursday, May 31st, 2018
अख्तियारी प्राप्त नहुँदा शिक्षाका काम प्रभावित
जेठ १७, जाजरकोट जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् । समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन—२०७४ अनुसार २०७४ चैत २८ गते पछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन भइरहेका आव ०७४\०७५ का कार्यक्रम अख्तियारी नहुँदा प्रभावित भएका हुन् । रकम निकासा नहुँदा विद्यालय भवनको काम अघि बढाउन समस्या भएको भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताउनुभयो । कार्यालयमा धाउन थालेको महिना दिन भइसक्यो तर अहिलेसम्म अख्तियारी आएको छैन भन्दैपूरा पढ्नुहोस्
पर्यटन विकासमा होटलको महत्व -मन्त्री अधिकारी
जेठ १७, काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताउनुभएको छ । पर्यटकीयस्थल ठमेलमा स्थापना भएको ‘नेपाली घर’ नामक होटलको बुधबार उद्घाटन गर्दै मन्त्री अधिकारीले होटलले पाहुनालाई अत्याधुनिक सुविधाका साथै नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले करीब चार वर्षमा निर्माण सम्पन्न भएको पाँचतले अत्याधुनिक होटलमा अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे सरहका सुविधा उपलब्ध रहेको बताउँदैपूरा पढ्नुहोस्
खेतबारीमा पोटास र फोस्फोरसको कमी
जेठ १७, दाङ दाङ जिल्लाका किसानको खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ । बुधबार भएको उपमहानगरस्तरीय निःशुल्क माटो परीक्षण शिविरमा किसानले ल्याएको खेतीयोग्य जमिनको माटो चेकजाँच गर्दा सो कमी पाइएको जिल्ला कृषि विकास कार्यालयका माटोविज्ञ दिगम्वर यादवले बताउनुभयो । “अधिकांश जमिनमा पोटासको मात्रा न्यून र फोस्फोरसको मात्रा ७५ प्रतिशत देखिएको छ, खेतीयोग्य जमिनमा पोटास र फोस्फोरस हाल्नुपर्ने देखिएकोछ” उहाँले भन्नुभयो । एकीकृत मलखाद व्यवस्थापन र अम्लीयपनाको सुधार स्वस्थ बाली उत्पादन र कृषि व्यवसायीकरणको आधार भन्ने मूल नाराका साथ दुई दिनसम्म शिविर आयोजना गरिएको थियो । तुलसीपुर उपमहानगर कृषि विकास शाखाले तुलसीपुरमा आयोजना गरेको शिविरमा ११४ जना किसानलेपूरा पढ्नुहोस्