Main Menu

Friday, April 20th, 2018

 

विपन्नको उपचारमा सघाउन कोषको स्थापना

वैशाख ७, बाबियाचौर, म्याग्दी ओमकुमारी शान्ति कोष म्याग्दीले स्थापना गर्न लागेको अक्षयकोषका लागि जापानबाट रु पाँच लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । गरिब तथा विपन्नको उपचारका लागि सघाउन सो संस्थाले रु डेढ करोडको अक्षयकोष स्थापना गर्न लागेको हो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा संकलित रु पाँच लाख १३ हजार ४०० मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष रामबहादुर खड्का, मोना जापानका उपाध्यक्ष इन्दिरा गर्वुजा, सल्लाहकार यामबहादुर खड्काले बिहीबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरे । कोषमा रु ५० लाख रहेको र रु ५० लाख सहयोग घोषणा भएको कोषका सचिव लोकेश पुनले जानकारी दिए । विसं २०७१ मा स्थापनापूरा पढ्नुहोस्


बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी

वैशाख ७, काठमाडाैं बेलायत नेपाल प्रज्ञा परिषद्को हालै भएको निर्वाचनमा आगामी चार वर्षका लागि डा कृष्ण अधिकारीको नेतृत्वमा तीनजना मुख्य कार्यकारी पदाधिकारीको निर्विरोध चयन भएको छ । महासचिवमा लण्डन स्कूल अफ इकोनोमिक्सकी डा पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा फ्रेजर सग्देन निर्वाचित भएका छन् । परिषद्ले आयोजना गरेको १६ औँ नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) को सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेको साधारणसभामा निवर्तमान अध्यक्ष प्रो डेविड गेल्नरले निर्वाचनको नतिजा सार्वजनिक गरेका थिए । यसअघि परिषद्को कोषाध्यक्षमा डा सेलेन हिटन (श्रेष्ठ) रहेकी थिइन् । अक्सफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य रपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक

वैशाख ७, हेटौँडा प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् । उनले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक क्षेत्रलाई राजनीतिबाट मुक्त तुल्याउनुपर्छ भने । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेश नं ३ अन्तर्गतका १३ जिल्लामा सडक यातायात, कृषि, स्वास्थ्य, खानेपानी र शिक्षाको विकासका कार्यक्रम र बृहत् योजनालाई कार्यान्वयन गर्ने लक्ष्य बताए । सो अवसरमा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न स्थानीयपूरा पढ्नुहोस्


मापदण्ड विपरीत क्रसरः क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

७ वैशाष, मेलम्ची सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । इन्द्रावती नदी किनारमा क्रसरले बनाएका असंख्य खाल्डामध्येको एउटामा बालकको मृत्यु भएको स्थानीयले बताए । घटनापछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । शव परीक्षणको लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मापदण्ड विपरीत क्रसर सञ्चालन मेलम्चीको इन्द्रावती नदीपूरा पढ्नुहोस्


दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

७ वैशाष, टोकियो, जापान जापानको दक्षिणी हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ । साइतोले टेलिभिजनमार्पत् गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामूखी विस्फोट भएको यो पहिलो घटनापूरा पढ्नुहोस्


मालिन्दो एयरको विमान दुर्घटनाबाट जोगियो

७ वैशाष, काठमाडौँ  काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ । जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो । अहिले विमानस्थल बन्द छ । रनवेबाट उक्त विमान हटाएपछिपूरा पढ्नुहोस्


उपकरणबिना नै सुत्केरीको शल्यक्रिया

७ वैशाख, दुनै, डोल्पा डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । १५ शैय्या क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पातल डोल्पाले जानकारी दिएको छ । जिल्ला अस्पताल डोल्पामा सामग्री अभाव र फिजिसियन डाक्टर नभएका कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाका लागि आवश्यक सामग्री एवं उपकरणबिनानै शल्यक्रिया गरिने सूचना आधिकारी तारा बोहराले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति र उपकरण नभएकाले जिल्ला अस्पतालका अन्तरंग कक्षका कर्मचारीको सहयोग र अनुभवका आधारमा शल्यक्रिया गरिन्छ । जिल्ला अस्पतालमा भनेअनुसार उपकरण रपूरा पढ्नुहोस्