Main Menu

Thursday, April 19th, 2018

 

दीपक मनाङे पक्राउ

वैशाख ६,  काठमाडौँ नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । ‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाली दिएको घटनामा पुनरावेदन अदालत, पाटनबाट पाँच वर्ष कैद सजाय हुने गरी फैसला भएको थियो । उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालतसमेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागिसकेको छ । मनाङेको खोजीका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिसपूरा पढ्नुहोस्


पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने

वैशाख ६, वीरगञ्ज सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद रजकले जिल्लामा सात हजार ५९२ बालबालिका मात्रै विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गरे । उनका अनुसार पर्सा जिल्लामा ११ हजार २११ जना बालबालिका विद्यालय बाहिर रहेकामा तीन हजार ७११ जना बालबालिका जिल्लामा विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रममार्फत विद्यालयमा भर्ना भएकाले सात हजार ५९२ बालबालिकालाई विद्यालयसम्म ल्याउने चुनौती बाँकी छ । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक दिनेशकुमार श्रेष्ठले भने पर्सामा २१ हजार ५१४ जनापूरा पढ्नुहोस्


गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर -अध्ययन

 वैशाख  ६, काठमाडौँ सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये राष्ट्रिय औसत सबै विषयको ५०० निर्धारण गरी तुलना गरिएको सो नजितामा नेपाली विषयमा सामान्य सुधार देखिए पनि गणित र विज्ञानमा सिकाइस्तरमा ह्रास आएको छ । केन्द्रले सन् २०१३ मा गरेको परीक्षणमा नेपाली विषयमा ४९५ औसत सिकाइ उपलब्धि रहेकामापूरा पढ्नुहोस्


जग्गाधनीद्वारा मुआब्जा माग

वैशाख ६, दमक झापाको दमक नगरपालिकासहित कमल गाउँपालिकाको दुईवटा वडामा निर्माण हुने भनिएको औद्योगिक पार्कका लागि १९४ स्थानीय जग्गाधनीले मुआब्जाको माग दाबी गरेका छन् । औद्योगिक पार्क स्थापनाका लागि दमक नगरपालिका–१० र कमल गाउँपालिका–७ का बासिन्दाले औद्योगिक व्यवस्थापन लिमिटेडसँग मुआब्जाको माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले गत फागुन १४ गते सार्वजनिक सूचना प्रकाशित गरी माग दाबीसहितको दर्खास्त आह्वान गरेको थियो । दमकस्थित औद्योगिक पार्क जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयका मुख्य सम्पर्क अधिकृत सन्देश थापाले मुआब्जाका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । सो क्षेत्रको ३६७ बिगाह जग्गा प्राप्तिका लागि ४३० जग्गाधनीको नाममा सूचना प्रकाशित गरिएको थियो । औद्योगिक क्षेत्र स्थापनाकापूरा पढ्नुहोस्


शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन

 वैशाख ६, भीमदत्तनगर, कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ । निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइरहेको जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी हुने उनको भनाइ छ । यसअघिको रेकर्डअनुसार शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार ३०० को संख्यामा बाह्रसिंगाको झुण्ड देख्न पाइने गरेको छ । निकुञ्जकै मुख्य आकर्षणका रुपमा रहेको बाह्रसिंगाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट २४ किलोमिटरकोपूरा पढ्नुहोस्


बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

६ वैशाष, बेँशीशहर, लमजुङ बेलायतबाट आएको १ टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बता‍ए । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उनको भनाइ छ । “हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ” गुरुङले भने । टोलीमा लमजुङ,पूरा पढ्नुहोस्


अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन – मन्त्री विष्ट

वैशाख ६, गुल्मी  श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताएका छन् । विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नयाँ ढंगले काम गर्नुपर्ने बताए । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उनले भए, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उनले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथापूरा पढ्नुहोस्


मेक्सिकोमा भएको गोली हानाहानमा १६ को मृत्यु

६ वैशाष, मेक्सिको सिटी मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा १० जना अपराधीक समूहका र ६ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेक्सिकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गर्नु भएको बताएका  छन् । ड्युटीमा खटिएका प्रहरीलाई अपराधीक समूहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३०पूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको तयारी

६ वैशाष, बागलुङ गलकोट नगरपालिका–५, टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला चलाउन पूर्वाधार तयारीको काम अघि बढाएको छ । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशाला यसै वर्ष गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बता‍ए । मूर्तिकलाका कृतिको संग्रहालय बनाउन कार्यशाला गर्न लागिएको हो । कार्यशाला स्थलमा जग्गा व्यवस्थापन, सडक र शौचालय निर्माणको काम भइसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्य झङ्कबहादुर बस्नेतले ७ रोपनी जग्गा प्रतिष्ठानलाई निःशुल्क प्रदान गरेका छन् । अन्य निजी र सार्वजनिक गरी २५ रोपनी जग्गा प्रतिष्ठानको नाममा ल्याउन प्रक्रिया शुरु भएको छ । पूर्वाधार र बजेटको जोहो हुनासाथ कार्यशालापूरा पढ्नुहोस्


भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर – गृहमन्त्री थापा

वैशाख ६, रत्ननगर, चितवन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।” यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उनले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्को भनाइ थियो । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी भएका उनले साँझ भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राखेपूरा पढ्नुहोस्