Main Menu

Friday, April 6th, 2018

 

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत पुगे

२३ चैत, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरे । नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि मिति तय भएको थियो ।  प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट आजपूरा पढ्नुहोस्