Main Menu

Saturday, April 14th, 2018

 

समाचार विश्लेषण

अमेरिकी नेतृत्वको साम्राज्यवादी गठबन्धनले सिरियामा भिषण आक्रमण

वैशाख १, २०७५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गए राति सिरियामा हमला गर्न आदेश दिएपछि अमेरिकी सेनाले त्यहाँ फ्रान्सेली र बेलायती सैन्य बललाई समेत समेटी गोलाबारी गरिरहेका छन् । सिरियामा अमेरिकी हमलालाई साथ दिइरहेका फ्रान्सेली र बेलायती सैन्य बललाई अमेरिकाले विश्वभरि नै कुटनीटिक सहयोग गरिरहेको छ । राजधानी डमास्कस क्षेत्र र त्यस वरपरका सिरियाली भूमि यसअघि नै पानी जहाजबाट प्रक्षेपित क्रूज क्षेप्यास्त्र आक्रमण र हवाई बमवर्षाको चपेटामा परिसकेका छन् । सिरियामाथि अमेरिकी गठबन्धनको भयानक आक्रमणको सुरुवात अवैधानिक हमला हो । ट्रम्प प्रशासन, फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोन र बेलायती प्रधानमन्त्री थेरेसा मे ले अर्को एउटा भयानक साम्राज्यवादी युद्ध अपराध गर्न गइरहेका छन्पूरा पढ्नुहोस्


पोखरामा आन्तरिक पर्यटकको लर्को

वैशाख  १, पोखरा  ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरेछ पोखरा त साँचिको नै पोखरा पो रैछ’(प्रेमप्रकाश मल्ल) नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । “नयाँ वर्षका अवसरमा विशेष गरी आन्तरिक पर्यटक नै बढी आउने गरेका छन्”, लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्म पन्थीले भने, “नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल संघले आयोजना गरेको ‍फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिकापूरा पढ्नुहोस्


लोपोन्मुख मगही भाषा बचाउन पहल

 वैशाख १, महेन्द्रनगर, धनुषा, मगही भाषा बचाउन राष्ट्रिय भाषा आयोगले पहल शुरु गरेको छ । आयोगले धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा एकदिने कार्यशाला आयोजना गरी लोपोन्मुख मगही भाषाको वर्ण निर्धारण र शब्द संकलन गरेको छ । नेपाल पिछडा वर्ग महासंघ नेपालका राष्ट्रिय अध्यक्ष भरतप्रसाद महतोको अध्यक्षतामा भएको कार्यक्रममा मगही भाषाका शब्द पहिचान गरिएको छ । मधेशका २२ वटै जिल्लाबाट आएका मगही भाषाविद्सँग छलफल गरी भाषाको पहिचान गरेर शब्द संकलन गरिएको हो । कार्यक्रममा भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेल र आयोगका सचिव रामशरण सापकोटाले मगही भाषासम्बन्धी वर्ण निर्धारणका लागि भाषाविद्सँग छलफल गरी शब्द संकलन गरेका थिए । भाषाशास्त्री वीरबहादुर महतो र डापूरा पढ्नुहोस्


हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई

वैशाख १,  काठमाडौँ साहित्य सदन नेपालले गत वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ आख्यानकार इस्मालीलाई दिने भएको छ । सदनका उपाध्यक्ष हेमनाथ पौडेलको संयोजकत्वमा विदुर चालिसे, मित्रलाल पंज्ञानी, सीता शर्मा र सीता भट्टराई सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई सदनको कार्यसमितिले अनुमोदन गरेको थियो । चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील इस्मालीका दुई उपन्यास र चार कथासंग्रहलगायत कृति प्रकाशित छन् । हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही वैशाख ८ गते प्रदान गरिने जनाइएको छ ।


नमूना बस्ती बन्दै सोझे

वैशाख १, काठमाण्डाै शंखरापुर–३ सोझेका ७१ वर्षीय धनबहादुर वाइवा आफ्नो भूकम्पप्रतिरोधी नयाँ घर निर्माण हुँदै गर्दा दंग छन् । विसं २०७२ को भूकम्पका कारण बस्नै नमिल्ने गरी घर भत्किएपछि छाप्रामा गुजारा चलाउँदै आएका धनबहादुरलाई लुमन्ती आवासका लागि सहयोग समूहको प्राविधिक सहयोग र स्थानीयवासीको श्रमदानबाट दुई कोठाको घर निर्माण शुरु गर्दै गर्दा खुशीको अनुभूति भएको छ । करीब १६ वर्ष पहिले श्रीमती गुमाउनु पर्दाको पीडा सुनाउँदै धनबहादुरले भने, “दुई बहिनी छोरी थिए, तिनको पनि विवाह भयो, अहिले एक्लै पकाउने खाने गर्छु, भएको घर पनि भूकम्पले लडायो, नयाँ घर बनाइदिने भनेर जग शुरु गरेका छन्, खुशी लागेको छ ।” धनबहादुरको घर निर्माणमापूरा पढ्नुहोस्


महान सर्वहारा साँस्कृतिक क्रान्तिको शिक्षालाई हामीले ग्रहण गर्नु जरुरी छ-निनु चापागाईं

(जीवन, समाज, राज्य र राजनीतिमा बेथिति भइरहेछ भने त्यसबारे सम्बन्धितहरुलाई सचेत गराउने काम बौद्धिकहरुको हो । किनभने, तुलनात्मक रुपमा अरुमा भन्दा बढी बुद्धि हुने र काम पनि बुद्धिकै गरिरहने भएकोले सही र गलत छुट्याउने बढी क्षमता उनीहरुमा हुने बिश्वास गरिन्छ । तर, वर्तमानमा बुद्धिजीबीहरुले त्यस्तो गरिरहेछन् या छैनन् भन्ने सवालमा नेपाली समाजमा आममानिसहरु माझ प्रश्न उठिरहेको छ । यस विषयमा मार्क्सवादी चिन्तक एवं समालोचक निनु चापागाईंले गत फागुन १ गते साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकालको स्मृतिमा पोखरामा भएको प्रवचन गोष्ठीमा महत्वपूर्ण बिचार दिए । उनको सो प्रवचनलाई सम्पादन गरी त्यसको पहिलो खण्ड हामीले गत चैतपूरा पढ्नुहोस्


मूल्याङ्कन अनलाइनको शुभकामना

विगत डेढ दशकको वरपरबाट चलेको अनलाइन पोर्टलहरु अब लगभग आम मिडियाको रुपमा विकसित भइसकेका छन् । खासगरी युवा पुस्ता त अहिले पढ्ने लेख्ने र आफ्ना भावना पोख्ने कुरा अब कपि र कलमको मसी खर्च नगरी सामाजिक सञ्जालहरु नै प्रयोग गर्नमा अभ्यस्त भइसके । त्यसैले युवा पुस्ताको हकमा पत्रपत्रिका पढ्ने, लेखरचना पढ्ने र प्रतिक्रिया जनाउने सबै कुरा अब अनलाइन मिडियामा भइसकेको छ । शहरमा मात्र होइन इन्टरनेटको सञ्जाल त अब गाउँको हरेक कुनाकाप्चामा पुगिसकेको छ । मोटर गुड्ने बाटोघाटोको सुविधा नपुगेको दुर्गम गाउँहरुमा पनि मोबाइल फोनको पहुँच पुगेको छ । मोबाइलमै डाटाबाट इन्टरनेट चलाउन सक्ने भएकोले अनलाइन मिडिया अब नपुग्ने स्थानपूरा पढ्नुहोस्