Main Menu

Sunday, April 8th, 2018

 

प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको परराष्ट्रमन्त्रीको दबी

चैत २५, नयाँदिल्ली  प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । राष्ट्रिय समाचार समितिलगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरेका हुन्। सन् २००६ देखि नेपालमा शुरु भएको राजनीतिक परिवर्तनको श्रृङ्खला नयाँ उचाइमा पुगेको, स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमापूरा पढ्नुहोस्