गहुँ उत्पादनमा वृद्धि
बैशाख २२, लहान
सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।
जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराको
प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ ।
(Visited 203 times, 1 visits today)
टिप्पणी
« अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा (Previous News)
(Next News) कार्ल मार्क्सको दुई सय वर्ष »