Main Menu

वातावरण संरक्षण, संवद्र्धन र उपयोग महत्वपूर्ण-मन्त्री पोखरेल

जेठ २२, बुटवल

प्रदेश नं. ५ का मुख्यमन्त्री शंखर पोखरेलले वातावरणको संरक्षण, संवद्र्धन र उपयोग महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “वातावरण प्रदुषणका धेरै कारणमध्ये प्लाष्टिक जलाउँदा निस्कने धुवाँ सबैभन्दा घातक हुने भएकाले यसको प्रयोग र नष्ट गर्ने प्रक्रियामा सबैजना संचेत हुनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले वातावरण संरक्षणका लागि वृक्षारोपण नै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले रुपन्देहीको लुम्विनीबाट फलपूmलका विरुवा र पाल्पाको दोभानबाट बहुगुणकारी विरुवा रोप्ने कार्यको थालनी गरेको जानकारी दिनुभयो ।

यो प्रदेशस्थित नगरपालिकालाई विरुवा रोपेमा अनुदान र विरुवा हुर्काएमा बोनस दिने घोषणा गर्दै उहाँले नदीमाथि हुने अनियन्त्रित दोहन नियन्त्रण गर्न प्रदेश सरकारले ठोस कदम चाल्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले राजनीतिक अधिकारको संघर्ष सकिएकाले अव वातावरण, विकास र मानवअधिकार जस्ता विषय देशको एजेन्डा हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सहकार्यमा भएको कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष यानेन्द्र जिसी, वतावरण पत्रकारिता पुरस्कारका संस्थापक नारायण सापकोटा, पत्रकार लक्ष्मण पोख्रेल लगायतले वातावरण संरक्षणका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

वातावरण पत्रकारिता पुरस्कारबाट पोख्रेल पुरस्कृत

यसैबीच वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार लक्ष्मण पोख्रेल पुरस्कृत हुनुभएको छ ।

वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई हरेक वर्ष प्रदान गरिने पुरस्कारबाट पोख्रेल पुरस्कृत हुनुभएको हो ।

पुरस्कार राशि रु २५ हजार रहेको छ ।

(Visited 292 times, 1 visits today)

टिप्पणी

comments