Main Menu

एक लाख ३३ हजार बिरुवा रोपण

असार १५, काठमाडौँ

वन तथा वातावरण मन्त्रालयको तत्वावधानमा विभिन्न प्रजातिका एक लाख ३३ हजार ९३८ बिरुवा रोपण गरेका छन् ।

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा विभिन्न ५३ जिल्ला वन कार्यालयले एकैदिन विभिन्न कार्यक्रम गरी उक्त बिरुवा रोपण गरेको मन्त्रालयले जनाएको छ ।

वन कार्यालयले चाप, रुद्राक्ष, गोब्रेसल्ला, नरिवल, आप, जामुन, सिसौँ, अमला, ओखर, कोइरालो, तेजपात, धुपी, बाँस, अशोक, टिमुर, कपुर, बकाइनो, अमृसोलगायत प्रजातिका बिरुवा रोपेको हो ।

(Visited 365 times, 1 visits today)

टिप्पणी

comments