Main Menu

Friday, June 29th, 2018

 

ज्येष्ठ नागरिकलाई विशेष भत्ता

असार १५, काठमाडौँ काठमाडौँ महानगरपालिकाले १३ नं वडाका ज्येष्ठ नागरिकलाई आज विशेष भत्ता प्रदान गरेको छ । विशेष भत्ता पाउनेमा ७५ वर्ष उमेर पूरा भएका महिला ३८४ र ८० वर्ष उमेर पूरा भएका पुरुष २०२ जना छन् । चार सय ८३ एकल महिला, १९ आंशिक अपांगतायुक्त र २५ पूर्ण अपांगतायुक्तले वडाबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको छ । यीमध्ये महानगर विशेष भत्ता भने ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुषले मात्र प्राप्त गर्नुहुनेछ । विशेष भत्तासँगै उहाँहरुको निःशुल्क स्वास्थ्य परीक्षण पनि हुने गरेको छ । सामाजिक सुरक्षाका लागि वडाले पहिलो चौमासिकमा रु ६१ लाख ५५पूरा पढ्नुहोस्


सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

असार १५, काठमाडौँ मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उहाँ क्रियाशील हुनुहुन्छ । मानव बेचबिखनविरुद्ध सक्रिय यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्य गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमापूरा पढ्नुहोस्


संक्रमणकालीन न्यायः पीडित भन्छन्, ‘द्वन्द्वको घाउ मेटाउने गरी न्याय चाहियो’

असार १५, काठमाडौँ “बाल्यकालमै जनमुक्ति सेना भएर युद्धमा होमिनु पर्यो, कलिलो शरीरमा धेरै गोली लागे, गोलीको त्यो पीडाले अहिलेसम्म छोडेको छैन”– द्वन्द्वपीडित शोभा तामाङले सुनाउनुभयो । तामाङको टाउको र खुट्टामा लागेको गोलीका कारण अहिले पनि पीडामै बाँच्नुपरेको छ । द्वन्द्वको समयमा ओखलढुंगा, भोजपुरलगायतका जिल्लामा युद्वका क्रममा लागेको गोलीले अहिलेसम्म उहाँलाई पीडा दिएको छ । “त्यो बेला के थाहा युद्वमा जानुपर्यो, तर दुःख लाग्छ पार्टीले उपचारका लागि एक रुपैयाँ पनि दिएन, दुई सन्तानलाई हुर्काउन पनि मलाई निकै कष्ट छ ”–उहाँले आफूले काम गर्न नसक्दा र पार्टीले सहयोग नगर्दा दुई छोरालाई पढाउन नसकेको गुनासो सुनाउनुभयो । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपणपूरा पढ्नुहोस्


तोकियो विरोध गर्न पाउने स्थान

असार १५, ललितपुर जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लाका छ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । महानगरपालिकामा च्यासलको खेल मैदान, भैँसेपाटी छयासीकोट नजिकैको खाली ठाउँ र धोबीघाट नजिक मलपोखरीको खुल्ला स्थानलाई समितिले विरोध गर्न पाउने स्थानका रुपमा तोकेको छ । जिल्लाकै गोदावरीको बसपार्क नजिकको खाली ठाउँ, बज्रबाराही मन्दिर ढोका नजिकको खुला ठाउँ र लुभुस्थित सशम्भु चौरमा मात्रै विरोध गर्न पाउने निर्णय भएको परिषरले जनाएको छ । उहाँ भन्नुहुन्छ, “यीबाहेक अरुतिर गर्दा नियमानुसार कारबाहीपूरा पढ्नुहोस्


एक लाख ३३ हजार बिरुवा रोपण

असार १५, काठमाडौँ वन तथा वातावरण मन्त्रालयको तत्वावधानमा विभिन्न प्रजातिका एक लाख ३३ हजार ९३८ बिरुवा रोपण गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा विभिन्न ५३ जिल्ला वन कार्यालयले एकैदिन विभिन्न कार्यक्रम गरी उक्त बिरुवा रोपण गरेको मन्त्रालयले जनाएको छ । वन कार्यालयले चाप, रुद्राक्ष, गोब्रेसल्ला, नरिवल, आप, जामुन, सिसौँ, अमला, ओखर, कोइरालो, तेजपात, धुपी, बाँस, अशोक, टिमुर, कपुर, बकाइनो, अमृसोलगायत प्रजातिका बिरुवा रोपेको हो ।


जनप्रतिनिधिलाई पारदर्शी बन्न सूचनाको हकले सहयोग गर्ने

असार १५, ललितपुर जनप्रतिनिधिलाई पारदर्शी बन्नका लागि सूचनाको हकले सहयोग गर्ने सरकारी अधिकारी, जनप्रतिनिधि, पत्रकारलगायतको धारणा रहेको छ । नेपाल पत्रकार महासंघ ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले सूचनाको अधिकारको सही प्रयोगमा जोड दिएका हुन् । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सार्वजनिक कार्यालयले गरेका काम सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिले माग्दा मात्रै सूचना दिने होइन, कार्यालयले आफैँ गरेका काम सार्वजनिक गर्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नागरिकले प्रक्रिया पु¥याएर सूचना माग्दा नपाएमा उजुरी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आफूले प्रक्रिया नपु¥याएर सूचना पाइन भन्नु गलत हो ।” नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मीपूरा पढ्नुहोस्


दोषी उम्कन पाउँदैन, कारबाही हुन्छ–शिक्षामन्त्री

असार १५, भक्तपुर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन् ।” एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिप्रति मन्त्री पोखरेलले परीक्षाका विषयलाई गोप्य राख्नुपर्नेमा यसो हुन नसकेको उल्लेख गर्दै गोप्यता भंग गर्ने र गल्ती गर्नेले कारबाहीको भागिदार बन्नुपर्छ बताउनुभयो । छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिनेछ, उहाँले भन्नुभयो–“एसइईको नतिजाको त्रुटिमा प्राविधिक गल्ती भनेर पन्छिन् पाइदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुने गरी कुनै पनि काम गर्न पाइदैन ।” मन्त्री पोखरेललेपूरा पढ्नुहोस्


भीमदतनगरका छाडा चौपायालाई ट्याग लगाइँदै

असार १५, कञ्चनपुर भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाको पुनःस्थापनका लागि घरपालुवा चौपायमा ट्याग लगाउने कार्यलाई तीव्रता दिएको छ । छाडा चौपायालाई गौशालामा पुनःस्थापन गर्न ट्याग लगाउन थालिएको हो । उक्त नगरपालिकाले पहिलो चरणमा वडा नं १, ३, ४, ५, ६, ७,८, ९, १० र ११ गरी १० वटा वडाका घरपालुवा चौपायामा ट्याग लगाइसकेको छ । आजदेखि वडा नं १२ देखि १९ सम्मका घरपालुवा चौपायामा ट्याग लगाउने तयारी गरिएको कार्यबाहक नगरप्रमुख सुशीला चन्द सिंहले बताउनुभयो । “केही दिनभित्र गौशालामा लगेर छाडा पशु चौपाया स्थापना गरिन्छ” उहाँले भन्नुभयो, “घरपालुवामा ट्याग लगाउन सकिएपछि सडकमा छाडिएका पशुलाई गौशालामा स्थापन गर्छाै ।” निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसारपूरा पढ्नुहोस्


विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

असार १५, सुरुङ्गा, झापा विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् । जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कचनकवल गाउँपालिकामा सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे नौजना बिरामी परेका छन् । उनीहरुकोपूरा पढ्नुहोस्


राजमार्ग अवरुद्ध

असार १५, बाजुरा साँफे–मार्तडी सडक खण्डअन्र्तगत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ । वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभएको छ । उहाँले बाटो खुलाउनका लागि सडक निर्माण गरिरहेको पीएस कम्पनीलाई जेसीबी पठाएर तत्काल पहिरो पन्छाउन आग्रह गरिएको बताउनुभयो । यसैगरी बुढीगंगा नगरपालिकामा रहेको साँफे–मार्तडी सडकसँग जोडिएको गुईगाड खोला आएपछि यातायात बन्द भएका छन् । खोलाको पुल निर्माण भएपछि वर्षायाममा खोलाबाट यातायातका साधन सञ्चालन हुँदै आए पनि वर्षाका कारण सवारी साधन चल्न नसकेको प्रहरीको भनाई छ । वर्षालेपूरा पढ्नुहोस्