Main Menu

Sunday, June 10th, 2018

 

कृषक पुरस्कृत

जेठ २७, बाबियाचौर, म्याग्दी बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो । फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारीको बीउमा कृष्णबहादुर पाइजा, पशुपालनमा भवीन पाइजा, बेमौसमी आलुखेतीमा इन्द्रदेवी गर्बुजा र ताजा तरकारीखेतीमा मोतीलाल रोकालाई पुरस्कृत गरिएको वडा सचिव तिलक पौडेलले जानकारी दिनुभयो । कृषि व्यवसायतर्फ आकर्षित तथा प्रोत्साहित गर्ने उद्देश्यले शुरुवात गरिएको यो कार्यक्रमलाई आगामी वार्ष निरन्तरता दिने कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताउनुभयो ।


सुख्खा बन्दरगाह भन्सारमा राजश्व वृद्धी

जेठ २७, पर्सा रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु १७ अर्ब ७३ करोड ३४ लाख राजश्व संकलन गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा करिब २२ प्रतिशत राजश्व बढी संकलन भएको कार्याय प्रमुख सूर्य सेढाईंले जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा रु तीन अर्ब ८६ करोडपूरा पढ्नुहोस्


गैरीबजारमा बाढी पस्दा लाखौँको क्षति

जेठ २७, सल्यान सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा बाढी पसेको छ । आइतबार बिहान ३ बजे बजारमा बाढी पस्दा स्थानीय व्यापारीको करोडौंको सरसामान डुबेको छ । सल्लीबजारको गैरीबजारमा रहेका ४० घरमा रहेका पसलमा पानी पसेपछि लाखाैँको सामानमा क्षति पुगेको हो । मानवीय क्षति नभए पनि स्थानीयवासीको घरमा पानी पस्दा घरका सम्पूर्ण माल सामानमा क्षति पुगेको छ । सामान्य किराना पसल, थोक तथा फुटकर पसलमा पूर्णरुपमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय, सल्लीबजारले जनाएको छ । बाढीका कारण खगेश्वर शर्माको पसल, दांगाली फोटो स्टुडियो, मनि फर्निचर, बेम्बो कटेज, पूर्णिमा होटल, बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगायतपूरा पढ्नुहोस्


शान्ति सुरक्षा सकारात्मक दिशामा ‍-गृहमन्त्री थापा

जेठ २७, काठमाडौँ गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताउनुभयो । उहाँले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबीन गर्न समिति बनाएर अगाडि बढाइएको जानकारी दिँदै उहाँले त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रुपमा रहेको संगठितपूरा पढ्नुहोस्


चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु

जेठ २७, काठमाडौँ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव विष्णु सापकोटा दुई जनाको समिति गठन गर्ने निर्णय गरेको छ । समितिले चाँडै नै कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउने छ । यसैगरी, एकता प्रक्रिया टुंग्याउनका लागि आवश्यक सुझाव लिनका लागि दुबै संगठनको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । जेठ ३१ गते प्रेस चौतारी र असार १ गते प्रेस सेन्टरको बैठक बोलाइएको प्रेसपूरा पढ्नुहोस्