Main Menu

Friday, June 1st, 2018

 

‘समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक’

जेठ ,१८, काठमाडौँ राष्ट्रियसभामा आव २०७५\७६ र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ४९ जना सदस्यले भाग लिनुभएको छ । राष्ट्रियसभामा आज बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले निकै बहस र छलफल भएर समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नेपाली काँग्रेसको सहमतिमा ल्याएको स्मरण गराउँदै बहुदलीय प्रतिस्पर्धाका आधारमा शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक छ भन्नुभयो । “निजी क्षेत्रप्रतिको दृष्टिकोण गलत छ, आयोजनाको प्राथमिकीकरण स्पष्ट छैन, आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्ने सम्भावना देखिन्न ”, उहाँले भन्नुभयो । नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले पुराना र नयाँ योजना सम्पन्न गर्नुपर्ने बीचको ढङ्गबाट बजेट आएको बताउनुभयो । “आर्थिकपूरा पढ्नुहोस्


अनुदानमा कृषि औजार वितरण

जेठ १८, बाबियाचौर, म्याग्दी कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विकास कार्यक्रमअन्तर्गत औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख नीरञ्जन तिवारीले बताउनुभयो । बीसवटा मिनीटेलर हलो, पाँचवटा मकै छोडाउने मेसिन, ६० वटा बीउ सुकाउने त्रिपाल, ४० वटा पलास्टिक टनेल, १५ वटा स्प्रे टंकी (विषादी राखेर छर्कने भाँडा) र दुईवटा चेप कटर वितरण गरिएको हो । मंगलाको कुहुँ, बाबियाचौर, बरंजापूरा पढ्नुहोस्


खानेपानी लिमिटेडले पैसा नतिर्दा उपभोक्ता गुणस्तरीय पानीबाट वञ्चित

जेठ १८, काठमाडौँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कानून बमोजिम तिर्नुपर्ने वार्षिक आयको २ प्रतिशतले हुने रु तीन करोड ३१ लाख ७८ हजार नतिर्दा उपभोक्ता गुणस्तरीय पानी पाउनबाट वञ्चित भएका छन् । खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ मा पानी व्यवस्थापनका लागि स्थापना हुने कम्पनीले वार्षिक आयको दुई प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ । यसरी बुझाइएको रकम उपयोग गरेर आयोगलाई खानेपानी संरचनाको अनुगमन, नमूना संकलन र प्रयोगशाला परीक्षण गरी गुणस्तरीय सेवा दिन निर्देशन दिने अधिकार दिइएको छ । आयोगलाई यस्तो अधिकार दिइए पनि स्रोत र जनशक्तिको अभावमा काम गर्न नसकिएको अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताउनुभयो । लिमिटेडले आर्थिक वर्ष २०७२\७३ सम्म गरेको लेखापरीक्षणकापूरा पढ्नुहोस्


‘एक घर, दुई बिरुवा’ अभियान शुरु

जेठ १८, काठमाडौँ वन तथा वातावरण मन्त्रालयले विभिन्न प्रजातिका ७०० बिरुवा वितरण गरेर ‘एक घर, दुई बिरुवा’ अभियान शुरु गरेको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत आज तेस्रो दिन वन विभागले निजी घरमा वृक्षरोपणका लागि काठमाडौँको बुद्धनगरका स्थानीयवासीलाई सो बिरुवा वितरण गरेको हो । विभागले बुद्धनगर टोलसुधार समितिमार्फत धुपी, तेजपात, अम्बा, काइयोलगायत प्रजातिका बिरुवा वितरण गरेको विभागले जनाएको छ । सो अवसरमा विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको भन्दै यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक यज्ञनाथ दाहालले यस अभियानले हरियाली प्रवद्र्धन भई स्वच्छ वातावरणपूरा पढ्नुहोस्


सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छ-राज्मन्त्री बाँस्कोटा

जेठ १८, बनेपा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेडद्वारा आज बनेपामा आयोजित ‘स्थानीय विकासमा सहकारीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सहकारी आर्थिक हिसाबले समाजको पक्षपोषण गरेको बताउनुभयो । राज्यमन्त्री बाँस्कोटाले भन्नुभयो, “सहकारी आन्दोलन समाजवादी दिशाको किल्ला हो, यो देश निर्माणको कामसित गाँसेको छ, यसका लागि उद्योगको विकास र छरिएको पूँजीको संरक्षण गर्न सहकारी आन्दोलनमा लाग्नेहरु सामूहिक भावनाले काम गर्न सक्नुपर्दछ ।” मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय पूँजीको विकास र अर्थतन्त्रको विकास गर्न आवश्यक रहेकोछ, उहाँले भन्नुभयो, “तीव्रपूरा पढ्नुहोस्