Main Menu

Thursday, June 14th, 2018

 

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ-उपप्रधानमन्त्री पोखरेल

जेठ ३१, इटहरी नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपालपूरा पढ्नुहोस्


स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

जेठ ३१, नुवाकोट यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो । गत आवमा अध्ययन गरिएका ३० वटा र यो आवमा थप भएका पाँच स्वास्थ्य संस्थामा अध्ययन भएकामा तलाखु स्वास्थ्य चौकीबाहेक बाँकी स्वास्थ्य चौकीको सेवामा व्यापक सुधार गर्नुपर्ने पाइएको सामाजिक परीक्षक अमित गजुरेलले बताउनुभयो । “स्थलगत अध्ययन, प्रश्नावली, सामूहिक छलफल लगायतका आधारमा तयार गरेको प्रतिवेदनमा गत वर्षको परीक्षणमा देखिएका त्रुटि सुधार गर्न दिएको सुझावसमेत अझैपूरा पढ्नुहोस्


जिल्लामा अझै पनि २१ जना कमलरी

जेठ ३१, दाङ जिल्लामा अहिले पनि २१ जना बालिका कमलरीका रुपमा जीवन बाँच्न बाध्य भएका छन् । त्यसमध्ये ११ जना १६ वर्षमुनिका बालिका रहेको अध्ययनले देखाएको छ । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको मुक्त कमलरी विकास मञ्चले जानकारी दिएकोछ । सरकारले २०७० असार १३ गते कमलरी मुक्त राष्ट्रको घोषणा गरेको थियो । सरकारले राष्ट्रलाई नै कमलरी मुक्त घोषणा गरेपनि कमलरी प्रथाको भने अन्त्य हुन सकेको छैन । कमलरी मुक्त राष्ट्र घोषणा गरेपश्चात् पनि ६१ जना बालिका कमलरी बस्न शुरु गरेका छन् । जसमध्ये दाङका नौजना बालिका रहेका छन् ।पूरा पढ्नुहोस्


आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

जेठ ३१, नुवाकोट जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । दुई जिल्लाको अतिविपन्नता, मानव बेचबिखन, घरेलु हिंसा, आर्थिक अवस्था कमजोर भएका एवं विद्यालयको पहुँच बाहिर रहेकाको जीवनस्तर सुधारगरी उनीहरुलाई प्रतिस्पर्धाको दायरामा सामावेश गर्न कार्ययोजनासहितको नयाँ कार्यक्रम शुरु गरेको शक्ति समूहका अध्यक्ष बलकुमारी रानाले जानकारी दिनुभयो । “दुई जिल्लाका साविक दश–दश वटा गाविसका १२ हजार ५०० भन्दा बढी लक्षित समुदायसमक्ष पुग्ने योजना बनाएका छौँ ।” रानाले भन्नुभयो, “यहाँको घ्याङफेदी, गाउँखर्क, राउतबँेशी, बेतिनी, बालकुमारी, समुन्द्रटार, शिखरबेँशी, रालुकादेवी,पूरा पढ्नुहोस्


स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

जेठ ३१, नवलपरासी पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्याप्त शान्ति सुरक्षाको अभावमा स्थानीय तहमा प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । विगत केही समययता जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्षलाई आपराधिक मानसिकता बोकेकापूरा पढ्नुहोस्


बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

जेठ ३१, गाईघाट, उदयपुर गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ । अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि गरेका छन् । रौतामाई गाउँपालिका फोक्सिङ्टारका हर्कसेर राई व्यापारीले चाउचाउको मूल्य प्रति प्याकेट रु २० बाट बढाएर रु ३५ तथा प्रति प्याकेट तेलको मूल्य रु ७० बाट बढाएर रु ९० भन्दाबढी गरेको बताउनुहुन्छ । दिप्रुङ गाउँपालिका लिच्की राम्चेका सुदर्शन सापकोटापूरा पढ्नुहोस्


खर्च घटाउन पाँच सांसदको आग्रह

जेठ ३१, काठमाडौँ विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उहाँहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणाधीन विमानस्थलको समयावधि र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताउनुभयो । सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गर्नुभयो । उहाँले विश्व सम्पदासूचीमा सूचीकृतपूरा पढ्नुहोस्


हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

जेठ ३१, दाङ गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पुर्याएकोछ । तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पुर्याएको बताएकोछ । फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा क्षति पुर्याएको केसीले बताउनुभयो । उहाँले हावाहुरी र पानीले घर र फार्ममा गरी करीब रु १० लाख बराबरको क्षति पुर्याएको बताउनुभयो । “एकाएक आएको हावाहुरीले फार्म र घरको छानो उडायो, माहुरीका घारमा सामान्य क्षति पुगेको छ, अन्य सामान भने सवै पुरिएकाछन्” केसीले भन्नुभयो ।


रुप्सेमा २९ जना ज्येष्ठ नागरिक सम्मानित

जेठ ३१, रामपुर, पाल्पा माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं २ रुप्सेले वडाभित्र रहेका २९ जना ज्येष्ठ नागरिकलाई एक÷एक सेट कम्बल प्रदान गर्दै स्वास्थ्य परीक्षण गरेको हो । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले पछिल्ला दिनमा परिवार तथा समाजबाट नै वृद्धवृद्धा अपहेलितपूरा पढ्नुहोस्


समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ

जेठ ३१, बनेपा ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो । चौलागाईले २०७३ वैशाख २० गते योजना सम्झौता गरेका थिए । २०७४ वैशाख १९ सम्पन्न गर्ने गरी सम्झौता गरेको उक्त काम ६० प्रतिशत मात्रै सम्पन्न गराई काम अगाडि नबढाएका कारण आवश्यक सोधपुछका लागि बुधबार कात्तिके देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकपूरा पढ्नुहोस्