Main Menu

Sunday, June 17th, 2018

 

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार ३, काठमाडौँ नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो । प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई\दुई रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।


असार आठ र नौमा राष्ट्रिय खाद्य सम्मेलन २०१८ हुने

असार ३, काठमाडौं ‘खाद्य–पोषण सुरक्षा तथा कृषि उद्यमशीलता विकासका लागि खाद्य विज्ञान र प्रविधि’को नारा सहित आउँदो असार ८ र ९ गते राजधानीमा आठौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ । खाद्य गुण तथा नियन्त्रण विभाग, बबरमहलमा आज आयोजित एक पत्रकार सम्मेलनमा सो जानकारी सार्वजनिक गरिएको हो । सो पत्रकार सम्मेलनमा आयोजक समितिको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै सम्मेलनका विज्ञापन तथा प्रचार प्रसार उपसमितिका संंयोजक मानबहादुर श्रेष्ठले आउँदो असार ८ र ९ गते हुने सो खाद्य सम्मेलनको उद्घाटन होटेल अन्नपूर्णमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङबाट हुने बताउनुभयो । उहाँले सो सम्मेलनमा सम्बन्धित क्षेत्रका अनुसन्धानकर्ताहरु, प्राज्ञहरु, व्यवसायीहरु, खाद्य पेशामापूरा पढ्नुहोस्


सर्पको बिगबिगी, ४२ को उपचार

असार ३, बर्दिवास प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिवास–१ की एक चार वर्षीया बालिकाको भने मृत्यु भएको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । सर्प र बिच्छीको खानी नै रहेको भनिने बर्दिवास क्षेत्रमा सर्पदंशका घटनाले मानवीय क्षति बढ्दै गएपछि गौरीडाँडामै रहेको नेपाली सेनाको गुल्मले छजनापूरा पढ्नुहोस्


‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

असार ३, चितवन नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ । यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । चिनियाँ अधिकारीले खोर बनाउन भनेपछि गैँडालाई राखेर पठाइने चार थानपूरा पढ्नुहोस्


मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

असार ३, फलेवास, पर्वत मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले र्याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यस वर्ष बर्सातको समय छिटो शुरु भएका कारण र्याफ्टिङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय र्याफ्टिङ व्यवसायी होमबहादुर पुनले जानकारी दिनुभयो । “अघिल्लो वर्ष जुन महिनाको १५ सम्म र्याफ्टिङ गर्न सकेका थियौँ”, उहाँले भन्नुभयोे, “यस वर्ष जुन महिनामापूरा पढ्नुहोस्


सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

असार ३, बाबियाचौर, म्याग्दी म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो । २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्टेन्थ डेभलपर्स प्रा.लिले स्थलगत अध्ययन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र प्रा.लिबीच रु चार लाख ९४ हजारमा सम्झौता भएको छ । असार १६ गतेभित्र अध्ययन प्रतिवेदन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । भूगर्वविद्कोपूरा पढ्नुहोस्


त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

असार ३, हेटौँडा त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ । पालुङबाट डोजर र प्राविधिकहरु सडक खुलाउन बिहानै त्यसतर्फ पठाइसकिएको र आज अपराह्न सम्ममा यातायात सञ्चालनमा ल्याई सकिने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभयो । पहिरो गई त्यसको सूचना समयमा नै नपाउँदा काठमाडौँबाट हेटौँडातर्फ जाने त्रिभुवन राजपथ र भीमफेदी कुलेखानीपूरा पढ्नुहोस्


प्रदेश नं ४ मा एक स्थानीय तह, एक औद्योगिक ग्राम

असार ३, पोखरा प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार प्रस्तुत गर्नुभएको आव २०७५\७६ को बजेट बक्तव्यमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्न रु १२ करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी पोखरा औद्योगिक क्षेत्रको सडक सहितको पूर्वाधार विकासका लागि थप दुई करोड विनियोजन गरिएको छ । सरकारले औद्योगिक विकासका लागि लगानी मैत्री वातावरण सृजना गरिने उल्लेख गर्दै मन्त्री गुरुङले वक्तव्यमा प्रदेशमा लगानी बढाउन संवत् २०७५ चैत मसान्तसम्म प्रदेश राजधानीमा लगानी सम्मलेन गरिने व्यवस्था मिलाइएकोपूरा पढ्नुहोस्


कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत्

असार ३, सुर्खेत कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५\७६ को बजेटमा सडक र विद्युतलाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युतलाई ठहर गर्दै यसमा प्राथमिकता दिएको हो । प्रत्येक सार्वजनिक कार्यक्रममा कर्णालीका गाउँगाउँसम्म सडक नपुर्याउन्जेल नागरिकले विकासको अनुभूति गर्न नसक्ने अभिव्यक्ति दिँदै आउनुभएका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति, कार्यक्रम तथा बजेटमा पनि सडक र विद्युत्मा प्राथमिकता दिइएको बताउनुभयो । ‘गाउँ गाउँमा सिंहदरबार, घरघरमा प्रदेश सरकार’ भन्ने नारालाई मूलमन्त्र बनाएर सरकारले पूर्वाधार भित्रको सडकलाई प्रधानता दिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । प्रदेश सरकारको अर्थतन्त्रमा सघाउ पुगोस् भन्ने हेतुले सरकारलेपूरा पढ्नुहोस्


दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

असार ३, दाङ जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि स्थानीय निकायहरुको सहकार्यमा परियोजना शुरु गरेको जनाएकोछ । सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउन तथा सन् २०२० सम्म उपचारबाट घटाउन सक्ने न्यून दृष्टियुक्त व्यक्ति निवारणका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा दृष्टिदोषको उपचारसेवा शुरु गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनुभयो । जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकापूरा पढ्नुहोस्