Main Menu

Saturday, June 30th, 2018

 

माछापालनमा वैकल्पिक स्रोतको आवश्यकता

असार १६, काठमाडौँ कृषि र पशुपालन क्षेत्रलाई व्यवस्थित र आत्मनिर्भर हुन संसद्ले ऐन र मन्त्रालयले नीति, नियमावली, निर्देशिका, कार्यविधि र रणनीति बनाएको छ । त्यसो भए किन कृषि र पशुपालन क्षेत्रमा मुलुक आत्मनिर्भर हुन सकेन त ! भन्दा कार्यान्वयन नभएकाले हुनुपर्छ भन्ने कुरा पढेपछि अनुमान लगाउन सकिन्छ । कृषि र पशुपालनका क्षेत्रमा कृषिको उत्पादन घट्नुमा दोषी को होला ? जवाफमा सुनिन्छ– ऐन भएन, नीति बनाउनुपर्ने वा कार्यविधि बनाएर लागू गर्नुपर्ने आवाज कृषिविज्ञले नसुनाएका होइनन् । अन्तमा एकले अर्कालाई दोष थुपारेर पन्छिने अदालतले नेपालको कृषि प्रणलीको पुनःसंरचना नै गर्नुपर्ने देखिन्छ । संसद्ले कृषि र पशुपालन क्षेत्रलाई व्यवस्थित गर्न १६ वटा ऐन,पूरा पढ्नुहोस्


ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

असार १६, काठमाडौँ सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो । ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपछि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । जनसम्पर्क अधिकृत अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालकोपूरा पढ्नुहोस्


ग्रामीण भेगमा अवैध औषधि पसलले सर्वसाधारण ठग्दै

असार १६, गाईघाट, उदयपुर उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठग्ने कार्य गर्न थालेका छन् । जिल्लाको रौतामाई गाउँपालिकाको मुर्कुची बजार, सल्ले, फोक्सिङटार, भुटार, रसुवा, उदयपुरगढी गाउँपालिकाको पञ्चावती तथा नेपालटार बजार र कटारी नगरपालिकाको घुर्मी क्षेत्रमा अहिले कृतिम औषधि पसल सञ्चालक तथा क्लिनिक सञ्चालकले लुट मच्चाइरहेको आम स्थानीयवासी बताउन थालेका छन् । रसुवाघाट बजार क्षेत्रमा अहिले लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको रसुवाघाटका सुजन मगरले बताउनुभयो । रौतामाई गाउँपालिकाकै चिसापानी बजार क्षेत्रमा अवैध औषधिपूरा पढ्नुहोस्


मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

असार १६, काठमाडौँ मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको हो । मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अझै एक÷दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खासपूरा पढ्नुहोस्


सडक सुधारको माग गर्र्दै स्थानीयवासीद्वारा उजुरी

असार १६, धनकुटा आवतजावतमा समस्या उत्पन्न भएपछि सडक सुधारको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरी गरेका छन् । मध्यपहाडी लोकमार्ग पूर्वीखण्ड सुधारको माग गर्दै धनकुटाको हिलेदेखि पाख्रिबाससम्मका ४९८ स्थानीयवासीले बिहीबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयसँगै सडक डिभिजन कार्यालय धनकुटा, पाख्रिबास नगरपालिका र जिल्ला समन्वय समिति एवं सडक निर्माण डिकुरे साइडको कार्यालयमासमेत उजुरी दिएको जनाएको छ । सडक निर्माणको कार्य छिटोभन्दा छिटो सुचारु नभए र गाडी आवतजावत गर्न बाधा पुगेको खण्डमा वाध्य भएर आन्दोलन गर्नुपर्ने उजुरी पत्रमा उल्लेख छ । मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेदेखि पाख्रिबाससम्म पाँच किलोमिटर सडकखण्ड हिलाम्ये हुँदा सवारीसाधनपूरा पढ्नुहोस्


बाह्र सय टेलिफोन अवरुद्ध

असार १६, बनियानी, झापा झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।¬¬ बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनियर सुधिरकुमार शर्माले जानकारी दिनुभयो । उहाँ अनुसार तीन ठाउँमा प्राइमरी केवल चुँडिदा एक हजार २०० सय लाण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको हो । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ’, उहाँले भन्नुभयो, “मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौँ ।” टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएकोपूरा पढ्नुहोस्


ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

असार १६, लहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहटको देवाही गोनाई नगरपालिका–३ निवासी ३० वर्षीय राजकिशोर जैसवालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका जैसवाललाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सर्लाहीको घोराही नगरपालिका–६ निवासी २५ वर्षीय सरोजकुमार चौधरी गम्भीर घाइते भएको र उहाँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेकोपूरा पढ्नुहोस्


दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष

असार १६, चितवन भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ । अस्पतालले यस वर्षको ११ महिनामा १४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालले चितवन, बारा, पर्सा, मकवानपुर, नवलपुर, तनहुँ, गोर्खा र धादिङका विद्यालयमा आँखा परीक्षण गर्दा ती बालबालिकामा दृष्टिदोष (आँखा कम देख्ने) समस्या पाइएको हो । निःशुल्क शिविरपछि उनीहरुलाई निःशुल्क चस्मा पनि वितरण गरिएको घिमिरेले बताउनुभयो । यो तथ्याङ्कलाई हेर्दा थाहै नपाई दृष्टिदोष भएर बस्ने बच्चाको प्रतिशत २ दशमलव ९ हुन आउने घिमिरेले बताउनुभयो । अस्पतालले सोझैपूरा पढ्नुहोस्


पर्यटन पत्रकार संघ प्रदेश नं ४ मा बाँस्तोला

असार १६, पोखरा नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीनवर्षीय कार्यकाल रहेको सो कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना वर्षा, महासचिवमा घनश्याम पाण्डे, सचिवमा विजय राना, समावेशी सचिवमा कमला राना र कोषाध्यक्षमा रोहित बस्नेत तथा सदस्यमा सन्तोष गौतम, राजन उपाध्याय, सुशील सुवेदी, रत्ना गुरुङ, रोहितराज पराजुली र भूपाल गुरुङ रहनुभएको छ । मुलुकका ६१ जिल्लामा संघका शाखा गठन गरिएको छ । अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले बिट पत्रकारितालाई स्थापित गर्ने उद्देश्यले संघको स्थापना गरिएको बताउँदै प्रदेश नं ४पूरा पढ्नुहोस्


कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने

असार १६, सुर्खेत कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । आज बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । बैठकले गैरसरकारी संस्थाद्वारा आयोजित कुनै पनि कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरु सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता केसीले जानकारी दिनुभयो । त्यस्तै बैठकले कर्णाली प्रदेशका हरेक मन्त्रालयले आफ्नो मन्त्रालयको खर्चको विवरण प्रत्येक महिना समाप्त भएको तीन दिनभित्र वेबसाइडमा सार्वजनिक गर्ने, कर्णालीका मन्त्रीहरु जिल्लापूरा पढ्नुहोस्