Main Menu

Wednesday, June 13th, 2018

 

बिचार/विश्लेषण

शक्तिशाली पार्टीको पितृसत्ता

पञ्चायतकालको अन्तिमतिर वाम आन्दोलनमा पोखरा र देशैभरि बारम्बार सुनिइने एउटा नाम थियो– लक्ष्मी कार्की। पृथ्वीनारायण क्याम्पसकी तत्कालीन माले अखिलकी नेता कार्कीको नाम, उनले पुलिस र प्रशासनबाट पाएको यातना र पुलिससँगको उनको प्रतिरोधको कथा किंवदन्तीजस्तो लाग्थ्यो। पञ्चायती प्रशासन र पुलिसलाई हावाकावा पार्ने उनी प्रजातन्त्र पुनस्र्थापनापछि गुमनाम भइन्। त्यो बेलाका उनका पुरुष सहयोद्धाहरूको राजनीतिमा सक्रियता त्यसपछि भने झन् बढ्यो। उनीसँग काम गरेका धेरै पुरुष सहकर्मीहरू सरकार र पार्टीका विभिन्न उच्च तहमा पुग्दा उनको नाम राजनीतिक वृत्तमा कतै सुनिँदैन। गुल्मीकी सरस्वती ज्ञवाली सक्रिय राजनीतिक कार्यकर्ता थिइन्। पढ्न र राजनीति गर्न भनी परिवारसँग विद्रोह गरेर उनले बिहे पनि पार्टी कार्यकर्तासँगै गरिन्। ‘घरबाट बिहे गर्नपूरा पढ्नुहोस्


रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान

जेठ ३०, काठमाडौँ गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र कञ्चन पुडासैनीलाई मधुपर्क सम्मान प्रदान गरिएको छ । रिसाललाई पद्य र पुडासैनीलाई गद्यतर्फ सो सम्मान दिइएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभयो । सम्मानसहित जनही रु २५ हजार राशि छ । विसं २०२५ देखि निरन्तर प्रकाशन हुँदै आएको ‘मधुपर्क’मा प्रारम्भिक अंकदेखि नै सिर्जना प्रकाशन भएका र विधागत रूपमा नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याई निरन्तर साहित्य साधनामा लागिरहेका स्रष्टामध्ये दुई जना छनोट गरी सो सम्मान वार्षिक रुपमा प्रदान गरिँदै आएको छ । यस पटक सम्मानित दुवैपूरा पढ्नुहोस्


बजेट निर्माणका लागि विज्ञसंँग छलफल

जेठ ३०, चितवन भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ । अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आवबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ । महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । “गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उहाँले भन्नुभयो । न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरीपूरा पढ्नुहोस्


वातावरणमैत्री चुल्होको प्रयोग बढ्दो

जेठ ३०, नवलपरासी पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ । नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । गैँडाकोट नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा लोकतान्त्रिक सचेतना केन्द्र गैंँडाकोट– १४ नगरटाँडीले धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरिरहेको छ । स्वास्थ्यमा कम असर गर्ने तथा समयको बचत हुने भएकाले वातावरणमैत्री चुल्हो प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । “तालीम पश्चात महिलाले चुल्हो बनाएर प्रयोग गर्न थालेका छन्,” लोकतान्त्रिक सचेतना केन्द्र गैँडाकोट, नगरटाँडीका अध्यक्ष फूलमाया तामाङले भन्नुभयो । चाम्रो माटो, फलामको रड, तार, बाबियोकापूरा पढ्नुहोस्


मुसहरजातिको सामूहिक चर्पी

जेठ ३०, गाईघाट, उदयपुर चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ । घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँडिया, जोगीदहलगायत विभिन्न क्षेत्रमा मुसहर जातिले घरमा संयुक्त चर्पी प्रयोग नगरेको हँडियाका स्थानीयवासी कृष्ण चौधरी बताउनुहुन्छ । दुई वर्षयतादेखि विभिन्न सामाजिक अभियानकर्मीको प्रयास र मुसहर जातिका घरघरमा सामूहिक चर्पी प्रयोग गर्ने अभियान र जनचेतना फैलाउने काम व्यापक रुपमा हुन थालेपछि अहिले ससुरा, बुहारी, छोराछोरी सबैले सामूहिक चर्पी प्रयोग गर्न थालेको हँडियापूरा पढ्नुहोस्


वर्तमान सरकार ५ वर्ष टिक्छ-दाहाल

जेठ ३०, चितवन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उहांँले भन्नुभयो, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।” स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।


हिमवत्खण्ड कला साहित्य सम्मिलन-२०५ सदस्यीय मूल समिति

जेठ ३०, काठमाडौँ दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ हुने ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ का लागि प्रा डा राजेन्द्र सुवेदीका संयोजकत्वमा २०५ सदस्यीय मूल समिति गठन गरिएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा भानुभक्त आचार्यप्रतिको दृष्टिकोण, नेपालका भाषाको साहित्यिक अवस्था, सम्पर्क भाषाका रुपमा नेपाली भाषाको राष्ट्रिय अन्तर्राष्ट्रिय भूमिका तथा नेपाली भाषाको वर्तमान अवस्था र यसको महत्व विषयमा कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृतिक कार्यक्रम पनि हुने छ । तीनदिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ । प्रतिष्ठानका अध्यक्ष सांसदपूरा पढ्नुहोस्


सप्तरीमा ट्रक चालकको मृत्यु

जेठ ३०, राजविराज पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । दुर्घटनमा परेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


गरिबी निवारणमा कोषको २० करोड लगानी

जेठ ३०, रोल्पा आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ । गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने गर्दछ भने सामुदायिक संस्थाले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने गर्दछन् । सदस्यको मागका आधारमा तरकारीखेती, बाख्रापालन, भैँसीपालन, कुखुरापालन, च्याउखेती, सिलाइकटाइ, खुद्रा पसलजस्ता शीर्षकमा ऋण दिने गरेको गरिबी निवारण कोषले जनाएको छ । जिल्लामा गठन भएका ६१४ सामुदायिक संस्थामा आयआर्जनका लागि रु २० करोड दुई लाख बढी रकम गएको गरिबी निवारण कोष रोल्पा प्यूठानका कार्यप्रबन्धक वेगम घर्तीले जानकारी दिनुभयो । सामुदायिकपूरा पढ्नुहोस्


तरकारी खेतीले फेरिएको मुहार

जेठ ३०, काठमाडौँ दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित हुनुहुन्थ्यो । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उहाँको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन । सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै उहाँको आधा जीवन बित्यो । आफ्नो पर्याप्त जग्गा नभएकाले अर्काको जग्गा अधियाँमा कमाएर र ज्याला मजदुरीबाट घरको गुजारा चलाउन उहाँलाई हम्मेहम्मे पर्दथ्यो । रातपछि बिहान भएजस्तै उनको जीवनमा पनि घाम उदायो । दुई वर्षअघिसम्म गरिब परिवारकी गृहिणीको रुपमा रहेकी उहाँको एक्कासी परिचय सफलपूरा पढ्नुहोस्