Main Menu

Monday, June 4th, 2018

 

सगरमाथा आरोही पत्रकार महर्जन र शेर्पा सम्मानित

जेठ २१, काठमाडाैँ सगरमाथा आरोही महिला पत्रकार कल्पना महर्जन तथा अर्की आरोही छोकी शेर्पा सम्मानित हुनुभएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) द्वारा आज यहाँ आयोजित सगरमाथा आरोहण –२०१८ टिमलाई बधाई तथा सम्मान कार्यक्रममा महर्जन सम्मानित हुुनुभएको हो । सम्मान कार्यक्रममा महर्जनले भन्नुभयो, “सगरमाथा चढ्न पाउनु आफैँमा गर्वको विषय हो र यसले भविष्यमा पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउन ऊर्जा मिलेको छ ।” सगरमाथा अहिले काठमाडौँभन्दा पनि दुर्गन्धित हुन पुगेकामा उहाँले दुःख व्यक्त गर्नुभयो । नाटोजकी कोषाध्यक्षसमेत रहनुभएकी उहाँले सगरमाथाको सरसफाइका लागि संघले सन् २०१९ लाई सगरमाथा सरसफाइ वर्षका रुपमा मनाउनसमेत पहल गर्ने बताउनुभयो । सगरमाथाको आरोहणका क्रममा स्वास्थ्यमा समस्यापूरा पढ्नुहोस्


क्यान छात्रवृत्ति

जेठ २१, काठमाडौँ सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने\गराउने कलेजको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिका विषयमा अध्यापन गर्दै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा ‘नेशनल आइसिटी स्कलरसिप २०७५’ अन्तर्गत ४९ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ । सातै प्रदेशबाट कम्तीमा एक छात्रालाई अनिवार्य प्रदान गर्ने गरी क्यान र फाउण्डेशनका बीच आज सहमतिपत्र आदानप्रदान भएको छ । सो सहमतिपत्रमा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र फाउण्डेशनका अध्यक्ष पंकज जलानबीच हस्ताक्षर भएको छ । सो छात्रवृत्तिको रकम रु एक करोड ८३ लाख ३६ हजार छ । छात्रवृत्ति प्राप्तपूरा पढ्नुहोस्


दोस्रो चरणको भर्ना अभियान शुरु

जेठ २१, भक्तपुर सरकारले आजदेखि दोस्रो चरणको भर्ना अभियान शुरु गरेको छ । गत वैशाख २ गतेदेखि सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालय भर्ना हुनबाट छुटेका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले सरकारले दोस्रो चरणको भर्ना अभियान शुरु गरेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । सरकारले आव २०७५\७६ का लागि सार्वजनिक गरेको बजेटमा ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान’ उल्लेख गरेको छ । महानिर्देशक पौडेलले भन्नुभयो, “विद्यालय बाहिर रहेका तीन लाख १३ हजार २९८ बालबालिकामध्ये पहिलो चरणको भर्ना अभियानमा दुई लाख ५६ हजार ५५६ विद्यार्थी भर्ना भए । अब विद्यालय भर्ना हुनबाट छुटेका ५९ हजार ७३३ बालबालिकालाई विद्यालय भर्नापूरा पढ्नुहोस्


पूँजीगत लाभकर बढाइएकामा विरोध

जेठ २१, काठमाडौँ सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरे । सरकारले आजैदेखि लागू हुने गरी बोनस तथा हकप्रद शेयरमा पूँजीगत लाभकर लगाउने व्यवस्था गरेको शेयर लगानीकर्ताको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत साउदले भने लगानीकर्ताले गराएको ध्यानकर्षणका बारेमा सम्बद्ध निकायलाई जानकारी गराएर समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको थियो । यस्तै शेयर लगानीकर्ताले आजै नेपाल धितोपत्र बोर्डमा समेत ध्यानाकर्षण गराएका छन् । उनीहरुले बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र प्रवक्ता नीरज गिरीलगायतपूरा पढ्नुहोस्


लुम्बिनी प्रवेश मार्गमा सिमेन्ट उद्योगप्रति आपत्ति

जेठ २१, बुटवल प्रदेश ५ मा उद्योग, पर्यटन, वन तथा वातावरण सम्बन्धि आगामी वर्षका लागि नीति निर्माण र सहकार्यका लागि आजदेखि यहाँ दुईदिने प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको गोष्ठीमा मन्त्रालयलाई आगामी वर्षका लागि छुट्याइएको बजेट सीमामा रहेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण क्षेत्रका मुख्य प्राथमिकता पहिचान गरी योजना तर्जुमा गरिनेछ । कार्यक्रमको उद्घाटन गर्र्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने भनिए पनि राज्यका निकायबीच एकआपसमा समन्वयबिना काम हुँदा समस्या देखिएको बताउँदै भन्नुभयो, “विश्वसम्पदा सूचीमापूरा पढ्नुहोस्


नेपाल स्वच्छ वातावरण महाअभियान चलाइने

जेठ २१, काठमाडौँ सरकारले विश्व वातावरण दिवसका अवसरमा मंगलबार नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५ सम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्ने भएको छ । यहाँ आज आयोजित साक्षात्कारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र विकास गरी जनताको जीवनस्तर उठाइने र यस वर्ष एक लाखलाई रोजगारी दिलाइने योजना रहेको बताउनुभयो । सरकारले अब काठ आयात गर्ने परिस्थितिको अन्त्य गरी काठ निर्यात गर्ने तहमा प्रवेश गर्ने तथा बेतबाँस, सल्लो आदिमा आधारित जडीबुटीको उद्योग तथा प्रशोधनमा ध्यान दिइने तथा एक वर्षभित्र हरियाली प्रवद्र्धन तथा स्वच्छ वातावरण निर्माण गरी काठमाडौँलाई धुलो र धुवाँमुक्त बनाइने दृढता व्यक्त गर्नुभयो ।


गुणस्तरीय स्वास्थ्य सेवासँगै स्वास्थ्य चेतना स्थानीय तहसम्म पुर्याइने

जेठ २१, काठमाडौँ उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कर्मचारी व्यवस्थापन निर्णय परिवर्तन गरी सबैले प्रदेशमा गई काम गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य सेवा विभागका कर्मचारीसँगको भेटघाटमा नवनियुक्त स्वास्थ्यमन्त्री यादवले प्रदेशस्तरमा सहसचिवलाई प्रमुख बनाएर पठाउँदा त्यसभन्दा माथिका कर्मचारीलाई मातहतमा बसेर काम गर्न समस्या भएकाले त्यसमा हेरफेर गरी सबैलाई प्रदेश र स्थानीय तहमा गई काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउँदै भन्नुभयो, “संघीयता कार्यान्वयनको शुरुआती चरणमा भएकाले कर्मचारी समायोजन, व्यवस्थापन, बजेट बाँडफाँट, अधिकार बाँडफाँटमा अप्ठ्यारा आएका छन्, हामीलाई लयमा जान समय लाग्छ, काम गर्दै सुध्रिँदै जानुपर्नेछ ।” गुणस्तरीय स्वास्थ्य सेवासँगै स्वास्थ्य चेतनालाई पनि स्थानीय तहसम्म पु¥याउने लक्ष्यका साथ अघि बढ्ने बताउँदैपूरा पढ्नुहोस्


छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छ-गृहमन्त्री

जेठ २१, काठमाडौँ गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान सङ्घ (एड्वान), जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित, ‘जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानको उपाय’ विषयको अन्तक्र्रियामा मन्त्री थापाले भन्नुभयो, “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नेबारे सरकारले देशव्यापी अभियान नै चलाउँदै छ, जातीय आधारमा छुवाछूत वा विभेद भएको बारे मलाई जानकारी दिनुहोस्, म सरकारको तर्फबाट हदैसम्मको कारवाही गर्नेछु ।”पूरा पढ्नुहोस्


नियमावली संशोधनपछि तरकारी बिक्रीकोे एकाधिकार सकिने

जेठ २१, काठमाडौँ तरकारी बिक्री वितरणमा बिचौलियाको मनोमानी र व्यापारीको एकाधिकारले उपभोक्ता चरम मारमा परेको भन्दै सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारको आज अनुगमन गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सरकारबाट सञ्चालित निकाय भए पनि त्यहाँ झन्डै दुई दशकदेखि सञ्चालनमा आएको पसल कवल सञ्चालनको एकाधिकार भने अन्त्य भएको छैन । समितिको स्थापना २०५५ सालमा भएको हो । सोही समयदेखि सीमित व्यापारीले मनोमानी रुपमा तरकारी बजार सञ्चालन गर्दै आएका छन् । समितिले स्थानीय व्यवसायीलाई ६०१ बिक्री कक्ष उपलब्ध गराएको छ । तिनमा १० फलपूmल, १८ माछा, १५ कृषक समूहका कार्यालय, ७० आलुप्याज र बाहिरी बिक्री कक्ष ७०पूरा पढ्नुहोस्


विखण्डनकारी र हिंसा भड्काउनेलाई कारवाही

जेठ २१, हेटौँडा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा सरकारले कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैसरकारमा नरहेका पार्टीलाई पनि राष्ट्रको मूल प्रवाहमा ल्याई दिगो शान्ति र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराइने बताउनुभयो । उहाँले छिमेकी भारत र चीनसँग परिपक्व कूटनीतिक सम्बन्ध राख्दै केही वर्षभित्रै भारतको रक्सौल तथा चीनको केरुङबाट काठमाडौँ जोड्ने रेल्वे र पानीजहाज चलाउने कार्यक्रमलाई दृढताका साथ कार्यान्वयनपूरा पढ्नुहोस्