Main Menu

नेपाल स्वच्छ वातावरण महाअभियान चलाइने

जेठ २१, काठमाडौँ

सरकारले विश्व वातावरण दिवसका अवसरमा मंगलबार नेपाल स्वच्छ वातावरण महाअभियान–२०७५ सम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्ने भएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र विकास गरी जनताको जीवनस्तर उठाइने र यस वर्ष एक लाखलाई रोजगारी दिलाइने योजना रहेको बताउनुभयो । सरकारले अब काठ आयात गर्ने परिस्थितिको अन्त्य गरी काठ निर्यात गर्ने तहमा प्रवेश गर्ने तथा बेतबाँस, सल्लो आदिमा आधारित जडीबुटीको उद्योग तथा प्रशोधनमा ध्यान दिइने तथा एक वर्षभित्र हरियाली प्रवद्र्धन तथा स्वच्छ वातावरण निर्माण गरी काठमाडौँलाई धुलो र धुवाँमुक्त बनाइने दृढता व्यक्त गर्नुभयो ।

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments