Main Menu

Wednesday, June 20th, 2018

 

प्रदेश १ मा कृषि क्षेत्रलाई रु दुई अर्ब ८५ करोड बजेट

असार ६, विराटनगर प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । यस प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार १२४ अमेरिकी डलर रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५\७६ को वार्षिक बजेटमा उल्लेख छ । प्रदेशको कृषि उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउने र अन्य प्रदेशमा आपूर्ति गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५\७६ का लागि कृषि क्षेत्रमा रु दुई अर्ब ८५ करोड रकम विनियोजन गरिएको छ । प्रदेशमा कृषि उत्पादनको उचित भण्डारणका लागि तीनवटा शीत भण्डार निर्माण गरिने भएको छ । प्रदेशकोपूरा पढ्नुहोस्


चप्पल उद्योग सङ्कटमा

असार ६, वीरगन्ज भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । यसका साथै सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल भित्रिने क्रममा समेत वृद्धि भएपछि स्वदेशी चप्पल उद्योग थप सङ्कटमा परेका हुन् । चप्पल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ (रबरजन्य पदार्थ) को चर्को मूल्य र बढ्दो भन्सार महसुललाई जोडेर पुराना प्रविधिबाट आफ्नो उत्पादन बजारमा ल्याउँदा भारतीय र चिनियाँ चप्पल उद्योगसँग मूल्य र आकर्षणमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ । चप्पल उद्योगको संरक्षणकापूरा पढ्नुहोस्


सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर

असार ६, विराटनगर स्थानीय निकायको निर्वाचन नहुँदा लामो समय जनप्रतिनिधिविहीन रहेको विराटनगर महानगरपालिकाले अहिले निर्वाचित जनप्रतिनिधिको सक्रियताका कारण नगरवासीले अनुभूति गर्ने किसिमको सेवा पाउन थालेका छन् । स्थानीयवासीका अनुसार महानगरभित्र सडक, ढल, खानेपानीको सेवालगायतको पूर्वाधार निर्माणमा मात्र होइन सामाजिक सुरक्षा र नगरको सौन्दर्यकरणमा पनि अनुकरणीय कार्य भइरहेका छन् । औद्योगिक नगरीको उपमा पाएको नेपालकै पुरानो शहर विराटनगर महानगरपालिका जनसंख्याका दृष्टिले नेपालको दोस्रो ठूलो शहर हो । विसं १९७१ मा मोरङको पूर्वी दक्षिणी क्षेत्र रंगेली सदरमुकामबाट विराटनगर स्थानान्तरित यो सहर स्थापनाको १०० वर्ष पुगिसकेको छ । विसं २००८ मा नगरपालिका, २०५२ सालमा उपमहानगरपालिकामा विकसित हँुदै २०७४ सालमा महानगरपालिका बनेको विराटनगर ७७पूरा पढ्नुहोस्


करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

असार ६, काठमाडौँ चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको हो । एकैपटक यति ठूलो क्षमताको आयोजना निर्माणमा सम्झौता भएसँगै सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारा सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीको सहकार्यमा निर्माण हुन लागेको ६०० मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना सम्झौता भएकामध्ये सबैभन्दा ठूलो परियोजनापूरा पढ्नुहोस्


बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

असार ६, रुकुम रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो । बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँ कार्यपालिका सदस्य एवं दलित अगुवा मनबहादुर बादीले बताउनुभयो । यसका साथै गैरदलित र दलितबीच पनि वैवाहिक सम्बन्ध हुने गरेको र सबैका चुलो, घरआँगनमा पनि आवतजावत हुने गरेको सद्भावयुक्त गाउँपालिका घोषणापूरा पढ्नुहोस्


पूर्वखोलाको जल्पामा गुफा फेला

असार ६, रामपुर, पाल्पा पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा आश्चर्यजनक प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो । आश्चर्यजनक रुपमा आकर्षक चित्र आकारमा प्राकृतिक उपहारको रुपमा गुफा भेटिएको स्थानीय पत्रकार दिल्लीराज पंगेनीले जानकारी दिनुभयो ।  विभिन्न प्राकृतिक दृश्य, जंगली जनावर, पशुपक्षीको आकृति एवं कलकल छाँगाको आकृति तथा रेसा भएको आश्चर्यजनक गुफालाई आन्तरिक एवं बाह्य पर्यटकीय विकास गर्न प्रारम्भिक अध्ययनका लागि जनप्रतिनिधिको टोलीले अध्ययन अवलोकन गरेको छ ।  पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष निरबहादुर सारुसहितको टोलीले स्थलगत अध्ययन अवलोकन गरेको छ । टोलीले अध्ययनको प्रतिवेदन गाउँपालिकामा पेशपूरा पढ्नुहोस्


छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने-प्रधानमन्त्री

असार ६, बेइजिङ चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताउनुभएको छ । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताउनुभएको हो । विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको जनाउनुभयो । “अलिकति भिन्न र उन्नत परिवेशमा भएको मेरो दोस्रोेपूरा पढ्नुहोस्


शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

असार ६, रोल्पा दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा कार्य सम्पन्न गरेको खडग दल गण, रोल्पाका गणपति अजय गुरुङले जानकारी दिनुभयो । विभिन्न खण्डमा गरी ७०० मिटरभन्दा बढी कडा चट्टान फोडेर सडक चौडा गरिएको गणले जनाएको छ । सडकपूरा पढ्नुहोस्


पोखरेबगरमा किसानलाई औजार हस्तान्तरण

असार ६, बेनी, म्याग्दी अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानलाई अतिआवश्यकीय सामग्री वितरण गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले किसानलाई त्रिपाल, जुकाको औषधि र विभिन्न किसिमका मेशिन उपलब्ध गराउनुभएको हो । गाउँपालिका पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार रायले पाँच थान खसी पार्ने मेशिन, २५ बाह्य परजीवी नियन्त्रण इन्जेक्सन, ५० थान सिरिन्ज, २४ थान चर्मिन महमल, १० थान ड्रेन्चिङ गल, २५ थान सोलार टुकी, ३० थान त्रिपाल र २० ग्यालिन जुकाको औषधि वितरण गरिएको जानकारी दिनुभयो । कालीगण्डकी क्षेत्रकोपूरा पढ्नुहोस्


दुर्घटना न्यूनीकरण गर्न रोड सेफ्टी फर्निचर

असार ६, दमौली, तनहुँ पृथ्वी राजमार्गको पूर्वको मुग्लिनदेखि पश्चिमको कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । उक्त राजमार्गको ७२ किमी सडकखण्डमा त्यस्तो फर्निचर राख्ने तयारी भइरहेको हो । मुग्लिनदेखि कोत्रेसम्मको सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । वर्षा शुरु भएपछि उक्त राजमार्गमा दुर्घटनाको संख्या बढेपछि प्रहरीले त्यसलाई रोक्ने उपाय निकालेको हो, क्षेत्रीले भन्नुभयो । विगतको तुलनामा जेठ र असार महिनामा दुर्घटना बढेका छन् त्यसलाई रोक्न आफूहरु हरतरहको प्रयासमा लागिरहेको क्षेत्रीले बताउनुभयो । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सडक छेउछाउमा सेफ्टीपूरा पढ्नुहोस्