Main Menu

जनप्रतिनिधिलाई पारदर्शी बन्न सूचनाको हकले सहयोग गर्ने

असार १५, ललितपुर

जनप्रतिनिधिलाई पारदर्शी बन्नका लागि सूचनाको हकले सहयोग गर्ने सरकारी अधिकारी, जनप्रतिनिधि, पत्रकारलगायतको धारणा रहेको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले सूचनाको अधिकारको सही प्रयोगमा जोड दिएका हुन् ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सार्वजनिक कार्यालयले गरेका काम सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिले माग्दा मात्रै सूचना दिने होइन, कार्यालयले आफैँ गरेका काम सार्वजनिक गर्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नागरिकले प्रक्रिया पु¥याएर सूचना माग्दा नपाएमा उजुरी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आफूले प्रक्रिया नपु¥याएर सूचना पाइन भन्नु गलत हो ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले सूचनाको हक पत्रकारका लागि मात्रै नभएर सबै नागरिकका लागि लागि भएको स्पष्ट गर्नुभयो ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले पत्रकार र सरकारी निकायका बीचमा सुमधुर सम्बन्ध हुँदा जिल्लाको विकासमा टेवा पुग्ने औँल्याउनुभयो ।

(Visited 71 times, 1 visits today)

टिप्पणी

comments