Main Menu

Tuesday, February 28th, 2017

 

स्थानीय निकायको सङ्ख्यामा मधेसी मोर्चाको माग सम्वोधन हुने

फागुन १७, काठमाडौँ । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ । सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो । स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्ख्या थप्न सरकार सकारात्मक भए पनि संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा जान मोर्चा तयार भएको छैन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन पारित हुने सम्भावनापूरा पढ्नुहोस्


सरकार संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा

फागुन १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालका लागि भारतीय राजदूत रणजित रायले आज बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुवै भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा वार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राजदूत युसँगको भेटमा नेपाल र चीनबीच सम्पर्क विस्तार, पूर्वाधार विकास र पूर्व सम्झौताको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए । सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको र यसमा चीनको सकारात्मक सहयोग रहने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । उगले एक क्षेत्र एक मार्गअन्तर्गत विकासका कार्यक्रमपूरा पढ्नुहोस्


स्ववियु निर्वाचन अनिश्चित बन्दै

फागुन १६, काठमाडौं । भोलि छाडी पर्सी फागुन १८ गते त्रिविवि अन्तर्गत देशभरका क्याम्पसहरुमा हुन गइरहेको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को चुनाव मुखैमा आएर ठाउँठाउँमा तालाबन्दी, बिवाद आदिका कारणले अनिश्चित बन्न पुगेको छ । खासगरी नेपाली कांग्रेसभित्र रहेका बिभिन्न नेताहरुका गुट र उपगुट निकट नेबिसंघका नेताहरु बीचको आपसी द्वन्द्वले गर्दा अहिले बिभिन्न क्याम्पसहरुमा तालाबन्दी तथा झडपहरु भएका छन् । बिद्यार्थी स्रोतका अनुसार अधिकांश क्याम्पसहरुमा नेबिसंघको संस्थापन पक्षबिरुद्ध समानान्तर प्यानलहरु बन्दै गएको र माउ पार्टी नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबाटै समस्याको समाधान निकालिनुको साटो अन्तरविरोध बढाउँदै गएपछि नेबिसंघभित्रको कलह झनै बढ्दै गएको हो । यही क्रममा आजपूरा पढ्नुहोस्